Greater Nepal Badminton Tournament 2026 को टाई–शीट र नियम सार्वजनिक
पूर्णपुष्टि सम्वाददाता
दक्षिण कोरिया, साउन २९ ।
नेपाली ब्याडमिन्टन कमिटी दक्षिण कोरियाको आयोजनामा हुने Greater Nepal Badminton Tournament 2026 को विभिन्न विधा तथा लेभलका टाई–शीट र प्रतियोगिताका नियमहरू सार्वजनिक गरिएको छ।
आयोजकका अनुसार सार्वजनिक गरिएको टाई–शीटमा खेलाडीहरूको नाम, जोडी, समूह तथा खेल समयलगायतका विवरण समावेश छन्। प्रतियोगितामा सहभागी सबै खेलाडीलाई आफ्नो नाम, जोडी, समूह र खेल समय ध्यानपूर्वक जाँच गरी आवश्यक तयारी गर्न अनुरोध गरिएको छ।
त्यसैगरी, प्रतियोगितालाई व्यवस्थित, मर्यादित र निष्पक्ष रूपमा सञ्चालन गर्न तयार पारिएका नीति तथा नियमहरू पनि सार्वजनिक गरिएको आयोजकले जनाएको छ। खेलाडीहरूले प्रतियोगितामा सहभागी हुनुअघि ती नियमहरू ध्यानपूर्वक अध्ययन गर्न आग्रह गरिएको छ।
टाई–शीट तयार गर्ने क्रममा नाम, समय, जोडी, समूह वा अन्य विवरणमा अनजाने रूपमा कुनै त्रुटि वा प्राविधिक ...









