चाैदण्डिगढी ब्याड्मिन्टन प्रतियाेगिता सम्पन्न, विजयी टिमहरु पुरस्कृत
पूर्णपुष्टि/उदयपुर, कार्तिक ३० ।
तेस्रो चौदण्डीगढी जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिताकाे पुरुष डबल्स (बि डिभिजन)तर्फकाे विजेता बेलका नगरपालिकाका नेपालधन राई र जैयन राईको जोडी भएकाे छ ।
आज भएकाे फाईनलमा बसहाका आदिप मगर र सौरभ राईको जोडीलाई २१–१७, २१–२३ र १६–२१ के सेटमा पराजित गर्दै बिजेता बनेकाे हो । उपाधीसंगै उनीहरुले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र समेत प्राप्त गरेका छन् । यस्तै उपविजेता भएका आदिप मगर र सौरभ राईको जोडीले नगद ८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । तेस्रो स्थानमा दिपक किराँती र खडेन्द्र कुमार वल तथा गणेश विष्ट र काजीमान राईको जोडीले नगद ६ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र समेत प्राप्त गरेका छन् ।
त्यस्तै वि डिभिजन जिल्ला स्त्तरीय महिला डवल्सको उपाधी निताशा रैका मगर र शिला राईको जोडीले प्राप्त गरेका छन् । उनीहरुले यशोद...









