गोर्खा व्वाईज क्लव सेमिफाईनलमा प्रवेश
उदयपुर, असार ३ गते ।
छैटौँ उदयपुर रमपम गोल्डकपका मंगलबारको खेलमा गोर्खा व्वाईज कल्व सेमिफाईनलमा प्रवेश गरेको छ । गोर्खा व्वाईज क्लव रुपन्देहीले २–१ ले सङ्कटा क्लव काठमाण्डौँ लाई पछि पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
प्रतिस्प्रधात्मक खेलको ५१ औँ मिटनमा गोर्खा व्वाईज क्लवका जर्सी नम्बर ७ को फोफानाले गोल गर्दै आफ्नो टिमको खाता खोलको थियो । लगातार अर्को गोल ६५ औँ मिनटमा जर्सी नम्बर ९ का डेनिलले गरेको थियो । भने ८९ औँ मिनटमा सङ्कटा क्लवका जर्सी नम्बर ६ को अमित तामाङ्ले गोल गर्दै आफ्नो टिमको खाता खोलेको थियो ।
आक्रमक रुपमा खेल मैदानमा उत्रेका दुवै टिमका खेलाडीहरुले गोल गर्ने प्रयास गरेपनि हाप समयसम्म गोल हुन सकेको थिएन । उत्कृष्ट खेलाडी गोर्खा व्वाईज क्लवका जर्सी नम्बर ७ को फोफाना घोषित गरे भने नगद सात हजार, म्यडल प्रदान गरेको थियो ।
दौड र बल नियन्त्रमा खेलाडीहरुले रा...









