संघीय संसदको संयुक्त बैठकमा २०७७ साल जेठ १५ गते बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नु भएकोआर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यको पूर्णपाठ पढ्नुहोस् :
संघीय संसदको संयुक्त बैठकमा २०७७ साल जेठ १५ गते बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नु भएकोआर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यको पूर्णपाठ :
नेपाल सरकार
अर्थ मन्त्रालय
२०७७
प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय,
राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय,
1. संघीय गणतन्त्र नेपालको यस गरिमामय संसदको दुवै सदनको संयुक्त बैठकमा नेपाल सरकारको अर्थमन्त्रीको रूपमा विद्यमान विषम परिस्थिति बीच आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्न उभिएको छु। यस घडीमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि बिभिन्न समयमा भएको आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरू तथा निरंकुशताको विरुद्ध जीवन पर्यन्त संघर्ष गर्नु हुने दिवङ्गत नेताहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको रक्षा ...









