गरिबको मुहारमा खुसी बाँड्न चाहन्छु : अध्यक्ष राई
भोजपुरको एउटा विकट तर थुप्रै सम्भावना बोकेको पालिका हो “आमचौक गाउँपालिका” । स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले यसको मुहार फेर्ने प्रयास गरिरहेका छन् । जनप्रतिनिधिहरुको तर्फबाट पालिकाको नेतृत्व एक प्रभावशील युवा नेता अशोक राईले गरिरहेका छन् । नेकपा केन्द्रको तर्फबाट जीतेका अध्यक्ष राई, आफुलाई राजनीतिक दलको कार्यकर्ता भन्दा पनि सम्पूर्ण आमचौकबासी नागरिकहरुको नेतृत्व (जनप्रतिनिधि) हो भन्ने हेतुले काम गरिरहेको दावी गर्छन् । पालिका र पालिकाबासीको विकास र समृद्धिका लागि थुप्रै योजनाहरु बनाई सकारात्मक पहल, प्रयासका साथ विकासे कदम पनि अगाडि सारिरहेको पाइएको छ । जहाँ इमान्दारिता त्यहाँ विकास भन्ने मान्यता राख्ने अध्यक्ष राई विकास र उन्नतीले पछि परेका, विकट अनि ग्रामिण भेगका आफ्नो पालिकाबासीको निम्न स्तरलाई माथि उकास्न चाहन्छन् । १ नंं प्रदेश मध्ये मै सबैभन्दा बढि पूजीगत खर्च गर्न ...






