Saturday, March 7News That Matters

मनोरञ्जन

राजाबासमा जम्यो लोकनृत्य, सुनौलो पाईला प्रथम

राजाबासमा जम्यो लोकनृत्य, सुनौलो पाईला प्रथम

मनोरञ्जन
रामबाबु राई राजाबास (उदयपुर)–उदयपुरे युवाको सान, कला संस्कृतिको पहिचान भन्ने नाराका साथ शनिबार यहाँ आयोजित सांस्कृतिक प्रतियोगितामा उत्कृष्ट नृत्य प्रस्तुत गर्दै सुनौलो पाईला समुह, श्रीपुरले प्रथम स्थान हाँसिल गरेको छ । प्रथम स्थान हाँसिल गरेसंगै उसले १० हजार ५ सय ५ रुपैया नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको छ । ताल डान्स हाउस गाईघाट दोस्रो हाँसिल गरेर ७ हजार ५ सय ५ रुपैया नगद पुरस्कारसहित प्रमाण पत्र प्राप्त गरेका छ भने राम जानकी माध्यामिक विद्यालय मोतिगडा तेस्रो स्थानका साथ ५ हजार ५ सय ५ रुपैया नगद पुरस्का तथा प्रमाण पत्र हात पारेको छ । सुनौलो बिहानी युवा समुह रातमाटेले १ हजार ५ रुपैयासहितको सान्त्वना पुरस्कार पाएको छ । सचेत युवा नेपालको आयोजनामा भएको कार्यक्रममा विभिन्न १४ समुहले भाग लिएका थिए । त्रियुगा नगरपालिकाकी उपमेयर देबी चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा...
प्रवासमा पनि खोजिदै प्रतिभा

प्रवासमा पनि खोजिदै प्रतिभा

मनोरञ्जन, संसार
काठमाडौ – नेपालमा गायनका तेजिला प्रतिभा खोज्न “नेपाल आइडल” चलिरहेको बेला प्रवासमा पनि नयाँ गायन प्रतिभाको खोजी भईरहेको छ । बेलायतमा इ मिडिया हब युकेद्वारा आयोजित “भ्वाईस अफ नेपाली डायस्पोरा एभरेष्ट आइडल” कार्यक्रमबाट प्रवासी गायन प्रतिभाको खोजी भईरहेको हो । नेपालमा “नेपाल आइडल”ले चर्चाको शिखर चुम्दै गर्दा “एभरेष्ट आइडल”ले बेलायतमा लोकप्रियता हाँसिल गर्दैगरेको छ । १६ सेप्टेम्बर (भदौ ३१ ) मा बेलायतको आस्फोर्डको नर्टोन नाचबुल स्कूलमा भएको सेमीफाईनल राउण्डबाट एभरेष्ट आइटलका लागि उत्कृष्ट १४ फाईनलिष्ट चुनिएका छन् । फाईनलिष्टहरुमा सोनाहाङ राई, मिरु चन्द, निमन तामाङ, दिपप्रकाश राई, किरन गुरुङ, प्रवेश राई, मार्गरेट लिम्बु, आइती गुरुङ, सुमी राई, लच्छु शेर्पा, काशी राई, सकुन सुनुवार, नन्दिका राई र मनोज गुरुङ रहेका छन् । आगामी २८ अक्टोबर (कार्तिक ११) मा फाईनल राउण्ड हुने प्रतियोगितामा कस्ल...