‘तीज आयो बरी लै’ छायांकन सम्पन्न
पूर्णपुष्टि / भदौ ८, उदयपुर
गाईघाट । कायाकल्प उदयपुरले हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर निर्माण गरिएको गीत ‘तीज आयो बरी लै’ को म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ ।
कृष्ण कल्प दुलालको छायांकनमा तयार भएको भिडियोमा एमजे मिथुनको कोरियोग्राफी र विरसबाबु शाहीको निर्देशन रहेको भिडियोको परिकल्पना टिकटक स्टार गोपाल कृतिले गरेका छन् ।
तीज पर्वको सांस्कृतिक मौलिकता, महिला दिदीबहिनीको उत्साह तथा मनोरञ्जनलाई केन्द्रमा राखेर भिडियो निर्माण गरिएको निर्माण पक्षको भनाइ छ । भिडियोले तीजको सांस्कृतिक पक्षसँगै स्थानीय कला र कलाकारलाई समेत प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।
सुनिता रेग्मी राई, दीपा खडका, सबु थापा, नमू न्यौपाने, पुनम मगर, सुनिता तिम्सिना, इसा आले लगायताका तीन दर्जनभन्दा बढी कलाकार उदयपुर जुम्बा टोलीको सहभागितामा उदयपुर सदरमुकाम गाईघाटमा भिडियोको छायांकन गरिएको हो ...








