Saturday, May 16News That Matters

मनोरञ्जन

प्रवासमा पनि खोजिदै प्रतिभा: अक्टोबर २८ मा ‘एभरेष्ट आईडल युके’ को ग्राण्ड फिनाले

प्रवासमा पनि खोजिदै प्रतिभा: अक्टोबर २८ मा ‘एभरेष्ट आईडल युके’ को ग्राण्ड फिनाले

Breaking News 1, मनोरञ्जन
लन्डन -प्रवासमा पनि नयाँ गायन प्रतिभाको खोजी भईरहेको छ । बेलायतमा इ मिडिया हब युकेद्वारा आयोजित “भ्वाईस अफ नेपाली डायस्पोरा एभरेष्ट आइडल” कार्यक्रमबाट प्रवासी गायन प्रतिभाको खोजी भईरहेको हो । युकेको बहुप्रतिक्षित गायन प्रतियोगिता “एभरेष्ट आईडल युके २०१७” को ग्राण्ड फिनाले  अल्डरसटको एम्पाएर हलमा आगामी २८ अक्टोबर साँझ आयोजना हुने भएको छ । “एभरेष्ट आइडल”ले बेलायतमा लोकप्रियता हाँसिल गर्दैगरेको छ । १६ सेप्टेम्बर (भदौ ३१ ) मा बेलायतको आस्फोर्डको नर्टोन नाचबुल स्कूलमा भएको सेमीफाईनल राउण्डबाट एभरेष्ट आइटलका लागि उत्कृष्ट १४ फाईनलिष्ट चुनिएका छन् । फाईनलिष्टहरुमा सोनाहाङ राई, मिरु चन्द, निमन तामाङ, दिपप्रकाश राई, किरन गुरुङ, प्रवेश राई, मार्गरेट लिम्बु, आइती गुरुङ, सुमी राई, लच्छु शेर्पा, काशी राई, सकुन सुनुवार, नन्दिका राई र मनोज गुरुङ रहेका छन् । आगामी २८ अक्टोबर (कार्तिक ११) मा फाईनल र...
जनप्रेमीको तिहार विशेष कार्यक्रम सम्पन्न, दर्शने र मनमायाले हसाउनसम्म हसाए

जनप्रेमीको तिहार विशेष कार्यक्रम सम्पन्न, दर्शने र मनमायाले हसाउनसम्म हसाए

मनोरञ्जन
पूर्णपुष्टि, कात्तिक २ गते । गाईघाट–जनप्रेमी युवा मञ्च, उदयपुरद्वारा आयोजित तिहार विशेष सांगितिक कार्यक्रम बुधबार साँझ भब्यरुपले सम्पन्न भयो । कार्यक्रममा मेरी बास्सैबाट चर्चामा आएका अहिलेका लोकप्रिय हाँस्य कलाका सुरेश थापा “दर्शने” र उनकै कमेडी जोडी मनमायाको विशेष प्रस्तुती रहेको थियो । कमेडी जोडी दर्शने र मनमायाले दर्शकलाई पेट मिचिमिचि हाँस्ने बनाए । “हो अब, दर्शने हो, दर्शनेले गर्छ । दर्शनेले के गर्छ ? दर्शकलाई दर्शन गर्ने काम गर्छ ।” भन्ने आप्mनो परिचयात्मक शैलीबाट हँसाउन सुरु गरेका दर्शनेलाई श्रीमतीको भूमिकामा मनमायाले साथ दिएकी थिईन् । उनीहरुले सामाजिक विकृति विसंगतीलाई चोटिलो व्यांग्य गर्दै, सामाजिक एकता, जातीय सद्भावमा जोड दिन सन्देश दिएका थिए । अहिलेको फेसबुक कुलत र सामाजिक सञ्जालको दुरुपयोगलाई ख्यालठट्टाबाटै प्रस्तुत गर्दै कमेडी जोडीले नयाँपुस्ताले लागूऔषध दुब्र्य...
संजय दत्तकी छोरी कति बोल्ड ? यस्तो छ उनको सपना ?

संजय दत्तकी छोरी कति बोल्ड ? यस्तो छ उनको सपना ?

मनोरञ्जन
बलिउडका चर्चित नायक संजय दत्तकी छोरी त्रिशाला दत्तले केही दिन अघि बोल्ड तस्बिर सेयर गरेकी छिन् । उक्त तस्विरहरुबारे सामाजिक सञ्जालमा निकै चर्चा भईरहेको छ । त्रिशालाले यी फोटो आफ्नो इन्स्टाग्राममा सेयर गरेकी हुन् । फोटोमा विभिन्न ह्यासट्याग गरी आफू दुब्लाएको भनी जानकारी दिएकी छिन् । संजय दत्त र उनकी पहिलो श्रीमती ऋचा शर्माकी छोरी त्रिशाला अहिले फेसन जगतमा संघर्षरत छिन् । सन् २०१४ मा उनले आफ्नो पहिलो ड्रिम ट्रेसेज एक्सटेन्सन लाइन सुरु गरेकी थिइन् । उनले न्यूयार्कको जोन जे कलेजमा क्रिमिनल जस्टिसबाट कानूनमा ग्रेजुएशन पनि गरिसकेकी छिन् । सन् १९८८ मात्रिशालाको जन्म भएको थियो । ऋचालाई ब्रेन ट्युमर थियो जसका कारण उनको डिसेम्बर १० तारिख सन् १९९६ मा मृत्यु भयो । आमाको मृत्युपछि त्रिशाला न्यूयोर्कमा आफ्नी फूपू एनासँग बस्दै आईरहेकी छिन् ।...
रेडियोभित्र गीत गाउने मान्छे खोज्दा बाजेको रामधुलाई खाँए : गायक भुवन सुप्तिहाङ राई/कुराकानी

रेडियोभित्र गीत गाउने मान्छे खोज्दा बाजेको रामधुलाई खाँए : गायक भुवन सुप्तिहाङ राई/कुराकानी

मनोरञ्जन
अहिले के मा व्यस्त हुनुहुन्छ ? अहिले म मेरो एल्बम सम्मान मेरो को प्रमोशनमा लागिरेको छु । यो दशैं, तिहार, छठ पर्वको उल्लासमय माहौलसंगै एल्बमको प्रमोशनमा छु । एल्मब सम्मान मेरो को प्रमोसनका लागि के के गर्दै हुनुहुन्छ ? काठमाठौंमा त निकै नै यसको प्रचार प्रसारका काम भए, यो उल्लसमय पर्वको माहौलमा पूर्वी भेगमा गरौं भन्ने हो । तसर्थ विभिन्न ठाउँमा कन्सर्टहरु रहेका छन्, मिडियामा भेटघाट, कुराकानी, जस्तै की आज हजुरसंग भयो । अनि अन्य पम्प्लेटिङ, पोष्टरिङ लगायत छन् । सम्मान मेरो कस्तो खालको एल्बम हो ? अहिले एक अर्कामा सम्मान गर्ने परिपाटी हराउदै गएको छ । चेलाले गुरुलाई गर्ने सम्मान, नयाँपुस्ताले अग्रजलाई गर्ने सम्मान, सानाले ठूलालाई गर्ने सम्मानमा कमी आएकको छ । कला, प्रतिभा, सिर्जनाका लागि हुनुपर्ने सम्मानमा कमी आएको छ । त्यसैले अहिलेको समय र अवस्थालाई मध्येनजर गरेर ल्याएको एल्बम हो । स...
गाईघाटमा गायक फिरोजले नचाए

गाईघाटमा गायक फिरोजले नचाए

मनोरञ्जन
पूर्णपुष्टि, असोज १३ गते । गाईघाटमा दशैँ बिषेश कन्सर्ट सम्पन्न भएको छ । युनिक इभेन्ट म्यानेजमेन्टको आयोजना तथा स्पिड डिउ, यु.एन मोटरसाईकल, परी कलेक्सन लगायतको सहयोगमा बिहिबार कन्सर्ट आयोजना गरिएको हो । बडा दशैँ, तिहार र छठ पर्वको स्वागत तथा शुभकामना आदान प्रदान गर्दै चाँडपर्वलाई सभ्य र भब्य तरिकाले मनाउन सन्देश बाड्ने उदेश्यका साथ कन्सर्टको आयोजना गरिएको हो । कन्सर्टमा राष्ट्रिय तथा स्थानीय स्तरका कलकारहरुले कला प्रस्तुत गरेका थिए । उनीहरुले नृत्य र गायन प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन दिलाए । गायक फिरोज बस्नेतले आफ्ना चर्चित गीतहरु गाएर दर्शक नचाए । त्यस्तै स्थानीय कलकारहरु निरोज बिक, आयुष राई, लगायतले पनि कन्सर्टको सो बढाएका थिए । युनिट डि थ्रीले नृत्य प्रदर्शन गरेको थियो ।...
राजाबासमा जम्यो लोकनृत्य, सुनौलो पाईला प्रथम

राजाबासमा जम्यो लोकनृत्य, सुनौलो पाईला प्रथम

मनोरञ्जन
रामबाबु राई राजाबास (उदयपुर)–उदयपुरे युवाको सान, कला संस्कृतिको पहिचान भन्ने नाराका साथ शनिबार यहाँ आयोजित सांस्कृतिक प्रतियोगितामा उत्कृष्ट नृत्य प्रस्तुत गर्दै सुनौलो पाईला समुह, श्रीपुरले प्रथम स्थान हाँसिल गरेको छ । प्रथम स्थान हाँसिल गरेसंगै उसले १० हजार ५ सय ५ रुपैया नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको छ । ताल डान्स हाउस गाईघाट दोस्रो हाँसिल गरेर ७ हजार ५ सय ५ रुपैया नगद पुरस्कारसहित प्रमाण पत्र प्राप्त गरेका छ भने राम जानकी माध्यामिक विद्यालय मोतिगडा तेस्रो स्थानका साथ ५ हजार ५ सय ५ रुपैया नगद पुरस्का तथा प्रमाण पत्र हात पारेको छ । सुनौलो बिहानी युवा समुह रातमाटेले १ हजार ५ रुपैयासहितको सान्त्वना पुरस्कार पाएको छ । सचेत युवा नेपालको आयोजनामा भएको कार्यक्रममा विभिन्न १४ समुहले भाग लिएका थिए । त्रियुगा नगरपालिकाकी उपमेयर देबी चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा...
प्रवासमा पनि खोजिदै प्रतिभा

प्रवासमा पनि खोजिदै प्रतिभा

मनोरञ्जन, संसार
काठमाडौ – नेपालमा गायनका तेजिला प्रतिभा खोज्न “नेपाल आइडल” चलिरहेको बेला प्रवासमा पनि नयाँ गायन प्रतिभाको खोजी भईरहेको छ । बेलायतमा इ मिडिया हब युकेद्वारा आयोजित “भ्वाईस अफ नेपाली डायस्पोरा एभरेष्ट आइडल” कार्यक्रमबाट प्रवासी गायन प्रतिभाको खोजी भईरहेको हो । नेपालमा “नेपाल आइडल”ले चर्चाको शिखर चुम्दै गर्दा “एभरेष्ट आइडल”ले बेलायतमा लोकप्रियता हाँसिल गर्दैगरेको छ । १६ सेप्टेम्बर (भदौ ३१ ) मा बेलायतको आस्फोर्डको नर्टोन नाचबुल स्कूलमा भएको सेमीफाईनल राउण्डबाट एभरेष्ट आइटलका लागि उत्कृष्ट १४ फाईनलिष्ट चुनिएका छन् । फाईनलिष्टहरुमा सोनाहाङ राई, मिरु चन्द, निमन तामाङ, दिपप्रकाश राई, किरन गुरुङ, प्रवेश राई, मार्गरेट लिम्बु, आइती गुरुङ, सुमी राई, लच्छु शेर्पा, काशी राई, सकुन सुनुवार, नन्दिका राई र मनोज गुरुङ रहेका छन् । आगामी २८ अक्टोबर (कार्तिक ११) मा फाईनल राउण्ड हुने प्रतियोगितामा कस्ल...