Saturday, August 15News That Matters

शिक्षा

विद्यालयको परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न पालिकाहरुको निर्देशन

विद्यालयको परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न पालिकाहरुको निर्देशन

शिक्षा, समाचार
पूर्णपुष्टि, जेष्ठ ५ कोरोना भाइरस कोभिड–१९ बाट अति प्रभावित भएका स्थानीय तहहरुले आन्तरिक मूल्यांकन गरेर नतिजा सार्वजनिक गर्न विद्यालयहरुलाई निर्देशन दिन थालेका छन् । कोरोनाका कारण विद्यालय तहको वार्षिक परीक्षा भौतिक रुपमा सञ्चालन गर्न सम्भव नहुने भएपछि स्थानीय तहहरुले यस्तो निर्देशन दिन थालेका हुन् । बढ्दो कोरोना संक्रमणका कारण भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने सम्भावना कम हुँदै गएपछि स्थानीय तहहरुले आफ्नो अधिकार प्रयोग गर्दै कक्षा ८ बाहेकका विद्यार्थीको आन्तरिक मूल्यांकनबाटै नतिजा प्रकाशन गर्न निर्देशन दिएका हुन् । आइतबार काठमाडौं महानगरपालिका, सोमबार इलाम नगरपालिकाले र मंगलबार पोखरा महानगरपालिका पाठ्यक्रमले व्यवस्था गरे बमोजिम विद्यालय अनुकूल उपयुक्त मूल्यांकन प्रक्रिया अपनाइ जेठ मसान्तसम्म नतिजा प्रकाशन गर्न निर्देशन दिएका छन् । काठमाडौं महानगरपालिकाको शिक्षा महाशाखाले जार...
एसईई र कक्षा १२ को परीक्षा स्थगित

एसईई र कक्षा १२ को परीक्षा स्थगित

शिक्षा, समाचार
पूर्णपुष्टि,वैशाख २७ विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९को कारणले एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय भएको छ । महामारीको बेला परीक्षा सञ्चालन गर्न नसकिने भएकाले अर्को सूचना जारी नहुँदासम्म परीक्षा स्थगित गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डकाले जनाएको छ । परीक्षा कसरी सञ्चालन गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको परीक्षा बोर्डले जनाएको छ । बोर्डले जेठ १३ गतदेखि एसईई र जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको थियो ।...
३ साता बाँकी एसईई परिक्षा अझै अन्योलमा

३ साता बाँकी एसईई परिक्षा अझै अन्योलमा

शिक्षा, समाचार
पूर्णपुष्टि, बैशाख २३ कोरोना संक्रमणको उच्च जोखिमका कारण एसईई परिक्षा अन्योलमा परेको छ । कोभिड–१९ को दोस्रो लहरको लहरो झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको अन्योल थपिएको छ । २०७७ सालको एसईई सञ्चालन हुन अब मुस्किलले तीन साता बाँकी छ । कोरोना संक्रमण दोस्रो सिजन बिचमा आए सँगै कक्षा १० को सबै पाठहरु पनि नसकिएको शिक्षाविद् नारायण गौतमकले बताउनुभयो । शिक्षाविद्हरुले एसईई तथा कक्षा १२ बाहेकका अन्य कक्षाको परीक्षा नलिइकनै कक्षा चढाउनुपर्ने सुझाव दिएका छन् र शिक्षा निकाय पनि त्यही दिशातर्फ अगाडि बढेको बुझिएको छ । गौतमका अनुसार विद्यार्थीहरु निकै मारमा परेको बताउँदै सम्बन्धित निकायको मौनताका कारण परीक्षालाई लिएर यतिबेला विद्यार्थी, अभिभावक तथा शिक्षक निकै तनावमा रहेको बताउनुभयो । गत २०७७ साल वैशाख २ गतेबाट कक्षा १० को पठनपाठन सुरु हुनुपर्नेमा बन्दाबन्द...
उदयपुरमा कोरोनाप्रति कडाई, सम्पूर्ण विद्याल बन्द गर्ने निर्णय

उदयपुरमा कोरोनाप्रति कडाई, सम्पूर्ण विद्याल बन्द गर्ने निर्णय

शिक्षा, समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख १४ जिल्ला प्रशासन कार्यालयमा आज (मङ्गलबार) बसेको बैठमा जिल्लाका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईको अध्यक्षतामा बसिएको बैठकमा जिल्ला भित्र सञ्चालन हुने परिक्षा छिटो गराई पठनपाठको कार्यलाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्ने निर्णय भएको छ । कोरोना भाइरस कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएकोमा २०७८ वैशाख १३ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार अर्को निर्णय नआउनजेल सम्मका लागि जिल्ला भित्रका सम्पूर्ण विद्यालय तथा शिक्षालयहरुका पठनपाठ तथा परिक्षा कार्यक्रम हाललाई स्थगित गर्न निर्णय गरिएको हो । त्यसैगरी जिल्ला भित्रका शंकास्पद बिरामीहरुको स्वाव परिक्षण र एन्टिजेन टेस्ट परिक्षण गर्ने कार्य जिल्ला स्वास्थ्य कार्यालयको समन्वयन तथा प्राविधिक सहयोगमा सवै पालिकाले तत्काल सुरु गर्न निर्णय गरिएको जिल्ला समन्वयन समितिका प्रमुख खड्ग बह...
सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

शिक्षा, समाचार
बैशाख ६  सरकारले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार सहरी क्षेत्रका विद्यालय वैशाख महिनाभरि भौतिक रुपमा बन्द गर्ने निर्णय गरेको हो ।  विद्यालय बन्द गरी भर्चुअल रुपमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ । कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेको काठमाण्डौ उपत्यका, पोखरा, विराटनगर, भरतपुर, नेपालगञ्जलगायत सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बालबालिका उच्च जोखिममा परेपछि आजको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन नदिने पनि निर्णय गरेको छ । त्यस्तै, रात्रिकालीन व्यवसाय पनि बन्द गर्ने निर्णय गरेको जनाईएको छ । रातिको समयमा डान्सब...
विद्यालय र कलेजहरु तीन सातासम्म बन्द गर्न प्रस्तावगरेपछि शिक्षा मन्त्रालयले छलफलका लागि बोलायो

विद्यालय र कलेजहरु तीन सातासम्म बन्द गर्न प्रस्तावगरेपछि शिक्षा मन्त्रालयले छलफलका लागि बोलायो

शिक्षा
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालनबारे छलफल गर्न सरोकारवाला निकायहरुलाई बोलाएको छ । कोरोना भाइरसको नयाँ स्वरुप (युके भेरियन्ट)को संक्रमण उच्च देखिएपछि सरकारले सरोकारवालालाई सोमबार विहान ८ बजे छलफलको लागि बोलाएको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरु कम्तीमा तीन सातासम्म बन्द गर्न प्रस्ताव आएपछि मन्त्रालयले छलफलका लागि सरोकारवाला निकायहरुलाई बोलाएको हो ।...
वायु प्रदूषणले विद्यालय ४ दिन बन्द

वायु प्रदूषणले विद्यालय ४ दिन बन्द

शिक्षा, समाचार
पूर्णपुष्टि, चैत १७ वायु प्रदूषण तिव्र रुपले बढ्दै गएपछि आजदेखि देशभरका विद्यालय चार दिन बन्द भएका छन् । तिव्र रुपले वायु प्रदूषण बढेपछि देशभरिका सवै विद्यालय चार दिन बन्द गर्ने सरकारले निर्णय गरेको हो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो वायु प्रदूषणबाट विद्यार्थीलाई थप जोखिम रहेको भन्दै आजदेखि शुक्रवारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । सरकारको यो निर्णयपछि केही निजी विद्यालयले भने अनलाइनमार्फत पठनपाठन गराउने तयारी गरेका छन् । विद्यालय चार दिन बन्द भए पनि पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा भने सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।...
११ को ग्रेडवृद्धि नतिजा सार्वजनिक

११ को ग्रेडवृद्धि नतिजा सार्वजनिक

शिक्षा, समाचार
पूर्णपुष्टि, चैत ५ कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ । आंशिक अक्षराङ्कनतर्फ एक लाख ५६ हजार नौ सय ६३ र आंशिक अङ्काङ्कनतर्फ १० हजार दुई सय ७८ विद्यार्थीको नतिजा सार्वजनिक भएको हो । नतिजा राष्ट्रिय परीक्षाको बोर्डको वेबसाइट www.neb.gov.np, neb.ntc.net.np वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार हेर्न सकिने बोर्डले जनाएको छ ।...
एसईई परीक्षाको तालिका सार्वजनिक

एसईई परीक्षाको तालिका सार्वजनिक

शिक्षा, समाचार
पूर्णपुष्टि, फागुन २६ राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ । एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सन्चालन हुने परीक्षाको तालिका बोर्डले सार्वजनिक गरेको हो । जेठ १३ गते पहिलो दिन अनिवार्य अँग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य सँस्कृत भाषा र साहित्य÷अनिवार्य अँग्रेजी विषयको पनि परीक्षा हुने छ । जेठ १४ गते अनिवार्य नेपालीको परीक्षा हुने छ । जेठ १६ गते अनिवार्य गणित र जेठ १७ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जेठ १८ गते सामाजिक र जेठ १९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा हुने छ । २० गते ऐच्छिक गणितको परीक्षा हुने छ । सो दिन ऐच्छिक पहिलो पत्रका सबै विषयहरुको परीक्षा हुने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म स...
१२ को परीक्षा तालिका सार्वजनिक

१२ को परीक्षा तालिका सार्वजनिक

शिक्षा, समाचार
पूर्णपुष्टि, फागुन २६ आगामी जेठ २६ गतेदेखि हुने कक्षा १२ को परीक्षा तालिका राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ । तालिकाअनुसार पहिलो दिन अनिवार्य अँग्रेजी विषयको परीक्षा हुने छ । जेठ २७ गते ऐच्छिक नेपाली, भूगोल, कम्प्युटर साइन्सलगायतका विषयको परीक्षा हुने छ । फिजिक्स, पोलिटिकल साइन्स, होम साइन्स, होटल म्यानेजमेन्टलगायतका विषयको परीक्षा जेठ २८ गते हुने राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको परीक्षा तालिकामा उल्लेख छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा आगामी जेठ २६ देखि असार ४ गतेसम्म सन्चालन गर्ने निर्णय गरेको थियो । परीक्षा तालिका...