Wednesday, July 8News That Matters

समाचार

ट्याक्टरले किल्चेर एक जनाको मृत्यु

समाचार
मोरङ, साउन ९ गते । मोरङको जहदामा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिएर किल्चदा एक जनाको मृत्यु भएको छ । जहदा गाउँपालिका – १ मा खेत जोत्ने क्रममा को २ त ९०४६ नम्बरको ट्याक्टर पल्टिदा ट्याक्टरले किल्चेर ट्याक्टर धनी दिपक सरबरियाको मृत्यु भएको हो । विहान करिब ११ बजे खेत जोत्ने क्रममा ट्याक्टर अनियन्त्रित भई पल्टिएर ४१ वर्षीय सरबरिया मृत्यु भएको प्रहरीले जनाएको छ ।...
ग्याङफाईटमा एक को मृत्यु दुई घाईते

ग्याङफाईटमा एक को मृत्यु दुई घाईते

समाचार
झापा, साउन ९ गते । झापाको दमकमा ग्याङफाईट हुदा एक जनाको ज्यान गएको छ भने दुई जना घाईते भएका छन् । दमक नगरपालिका – १ दुर्गा मन्दिर पछाडी भएको ग्याङफाईटमा स्थानिय १८ वर्षीय बिक्रम लिम्बुको मृत्यु भएको हो । पुरानो रिसिकीको कारण दिउँसो करिब ४ बजे ग्याङ फाईटमा छुरा हानाहान हुदा छुरा प्रहारबाट गम्भिर घाईते भएका लिम्बुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट घाईते भएका लिम्बुको लाईफ लाईन अस्पताल दामकमा उपचारको क्रममा भएको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट सुजन भुजेल र सरोज भण्डारी घाईते भएका छन् । भुजेलको लाईफ लाईन अस्पतालमा उपचार भईरहेको छ भने भण्डारीको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ग्याङ फाईटमा संलग्न ९ जना प्रहरीले पक्रउ गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
एक युवा मृत अवस्थामा फेला

एक युवा मृत अवस्थामा फेला

समाचार
मोरङ, साउन ९ गते ।  मोरङको नुनसरी खोला र बक्रा खोलाको दोभानमा एक युवा मृत अवस्थामा फेला परेको छ । मिक्लाजुङ गाउँपालिका – ६ को खोला दोभानमा स्थानिय २० वर्षीय अनिष कार्की मृत अवस्थामा फेला परेको हो । गत ४ गते घरबाट मधुमल्ला बजार जाने भनि हिडेका कार्की घर नफर्कीएपछि आफन्तले खोजतलास गर्ने क्रममा बुधबार दिउँसो ५ बजे खोला किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृत अवस्थामा फेला परेको कार्कीको शवलाई ईलाका प्रहरी कार्यालय मुधमल्लाले कानुनी प्रक्रिया पुरा गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
तास खालबाट ६ जना पक्राउ

तास खालबाट ६ जना पक्राउ

समाचार
सुनसरी, साउन ९ गते ।  सुनसरीको हलगढाबाट तास खेल्दै गरको ६ जना पक्राउ परेका छन् । ईटहरी उपमहानगरपालिका–२ स्थित हलगढाको सुर्यदय होटलबाट तास खेल्दै गरेका ६ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको हुन् । होटलमा पैसाको बाजी राखेर अवैध जुवा तास खेलिरहेको गोप्य सुचनाको आधारमा प्रहरी टोलिले ईटहरी उपमहानगरपालिका – २ निबासी ४८ वर्षीय डोमी चौधरी, ४५ वर्षीय झलकबहादुर कार्की, ३७ वर्षीय अनिल तामाङ, ५८ वर्षीय गोपाल निरौला, ईउमनपा – ४ निबासी ३६ वर्षीय बिदुर मिश्र र ईउमनपा – ५ निबासी २६ वर्षीय मुकुन्द काफ्ले तास खेल्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले तास खेलेको ठाउबाट नगद ३५ हजार ८ सय ८० रुपैया, क्याल्कुलेटर १ थान, तास १६२ पत्ती बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका ६ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीमा  राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
हेलीले राहत ताप्लि पुर्यायो

हेलीले राहत ताप्लि पुर्यायो

समाचार
उदयपुर, साउन ९ गते । १ नं. प्रदेश सरकारले राहतस्वरुप उपलब्ध गराएको खाद्यन्न ताप्ली गाउँपालिका पुर्याईएको छ । लिम्चुङबुङ लैजाने भनिएको खाद्यन्न लिम्चुङबुङमा मौसम गडबढीका कारण ताप्ली लगिएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले बताए । नेपाली सेनाको हेलीकेप्टरमा लगिएको खाद्यान्न ताप्लीको रुपाटारमा राखिएको थियो । एकलटमा चामल २ हजार १० केजी, दाल १ सय ८० केजी, नुन १ सय ५० केजी र १ सय २० लिटर पुर्याएको हो । उदयपुरका दुई दुर्गम पालिकाहरु लिम्चुङबुङ र ताप्ली गाउँपालिकालाई प्रदेश सरकारले राहतस्वरुप खाद्यन्न उपलब्ध गराएको छ । लिम्चुङबुङका लागि ७ सय क्विन्टल र ताप्लीका लागि ६ सय क्विन्टल चामल उपलब्ध गराएको छ । दाल, नुन र तेल पनि उपलब्ध गराएको छ । एकपटकमा २५ क्विन्टल चामल बोक्ने हेलिकेप्टरले आज दुईपटक लिम्चुङबुङ र दुईपटक ताप्लीमा ओसार्ने बताइएको छ । प्राप्त राहतलाई पालिकाले पिडितलाई नि...
लिम्चुङबुङ अध्यक्ष राहत लिएर पालिकातर्फ उडे

लिम्चुङबुङ अध्यक्ष राहत लिएर पालिकातर्फ उडे

समाचार
उदयपुर, साउन ९ गते । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई आज विराटनगरदेखि हेलिकेप्टरमा राहत लिएर उडेका छन् । प्रदेश सरकारले उपलब्ध गराएको राहत चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न लिएर अध्यक्ष राई १२ : ४० बजेमा पालिकातर्फ उडेका हुन् । अध्यक्ष राईका अनुसार  सेनाको हेलिकेप्टरले राहत ढुवानी गरेको हो । उदयपुरका दुई दुर्गम पालिकाहरु लिम्चुङबुङ र ताप्ली गाउँपालिकालाई प्रदेश सरकारले राहतस्वरुप खाद्यन्न उपलब्ध गराएको छ । लिम्चुङबुङका लागि ७ सय क्विन्टल र ताप्लीका लागि ६ सय क्विन्टल चामल उपलब्ध गराएको छ । दाल, नुन र तेल पनि उपलब्ध गराएको छ । एकपटकमा २५ क्विन्टल चामल बोक्ने हेलिकेप्टरले आज दुईपटक लिम्चुङबुङ र दुईपटक ताप्लीमा ओसार्ने बताइएको छ । प्राप्त राहतलाई पालिकाले पिडितलाई निःशुल्क उपलब्ध गराउने जनाएको छ ।...
सांसद राईकोे पिडितलाई राहत र पुनस्र्थापनाको माग

सांसद राईकोे पिडितलाई राहत र पुनस्र्थापनाको माग

समाचार
उदयपुर, साउन ८ गते ।  उदयपुरका संघीय सांसद सुरेशकुमार राईले उदयपुृर लगायतका बाढी पहिरो पिडित तथा प्रभावितहरुलाई राहत र पुनस्र्थापनाका लागि माग गरेका छन् । आज सांसद बैंठकमा बोल्दै सांसद राईले पिडित र प्रभावितका लागि राहत तथा पुनस्र्थापनाको माग गरेका हुन् । पहाडी गाउँपालिकाहरुका सडकहरु तहसनहस भएकाले खाद्यान्न ढुवानी र आवतजावतमा समस्या भएको भन्दै तत्काल खाद्यान्न संकट टार्न हेलिबाट ढुवानीको व्यवस्थाको माग गरे ।...
लिम्चुङबुङ र ताप्लीमा हेलिबाट खाद्यान्न ढुवानी हुने

लिम्चुङबुङ र ताप्लीमा हेलिबाट खाद्यान्न ढुवानी हुने

समाचार
उदयपुर, साउन ८ गते । प्रदेश विपद व्यवस्थापन समितिको बुधबार बसेको बैंठकले उदयपुरको कणाली पालिकाहरु लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा खाद्यान्न संकट टार्न हेलिकप्टरबाट ढुवानीको प्रवन्ध मिलाउने निर्णय गरेको छ ।  समितिका अध्यक्ष एवं आन्तरिक मामिला तथा कानुन मञ्त्रालयका मन्त्री हिक्मतकुमार कार्कीको अध्यक्ष्तामा बसेको बैंठकले यस्तो निर्णय गरेको लिम्चुङबुङका अध्यक्ष मेजरकुमार राईले बताए । राहतस्वरुप प्रदेश सरकारले खाद्यान्न उपलब्ध गराउने र ढुवानीका लागि हेलिमार्फत नेपाल सरकार गृह मञ्त्रालयको सहयोग रहने उनले बताए ।  पालिकाहरुमा अबरुद्ध बाटो प्रदेश भौतिक पूर्वाधार विकास मञ्त्रालय र संघीय भौतिक पूर्वाधार मञ्त्रालयको समन्वयमा ममंत सम्भारको कार्य तत्काल अघि बढाउने निर्णय भएको पनि उनले बताए । निर्णय पत्र  ...
संयुक्त हवाई गस्तीमा कोरिया र जापानको विरोध

संयुक्त हवाई गस्तीमा कोरिया र जापानको विरोध

समाचार, संसार
एसिया प्रशान्त क्षेत्रमा रुस र चीन मिलेर पहिलो पटक गरेको हवाई गस्ति प्रति दक्षिण कोरिया र जापानले विरोध गरेको छ । आफ्नो क्षेत्रमा रुसी र चीनको विमानहरु प्रवेश गरेपछि दक्षिण कोरिया र जापानले पनि आफ्ना विमानहरु पठाएका थिए । अहिले सम्मकै लामो दूरीको हवाई गस्ती गरेको छ । लडाकु विमानहरूको साथमा चारवटा बम खसाल्ने जहाजले जापानी समुद्र र इस्ट चाइना सीमा क्षेत्रमा गस्ती गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । भने पूर्व योजना अनुसार तोकिएको हवाई मार्गमा मात्रै गस्ति गरिएको जनाएको छ ।...

एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

समाचार
मोरङ, साउन ८ गते । मोरङको गोग्राहा चौकमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । विराटनगरन महानगरपालिका–३ को गोग्राहा चौकमा एम्बुलेन्सको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको हो । पैदल यात्री राजविराज नगरपालिका – ६ निबासी ५५ वर्षीय उर्मिलादेवी झालाई विहान ७ बजे ज १ च ११९५ नम्बरको एम्बुलेन्सले ठक्कर दिएर मृत्यु भएको प्रहरीले जनाएको छ । एम्बुलेन्सको ठक्करबाट गम्भिर घाईते भएकी झालाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर लगी उपचारको क्रममा साढे सात बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने एम्बुलेन्स र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई राखिएको प्रहरीले जनाएको छ ।...