पुर्खोउली थातथलो खोज्दै दिखुवाछाहरु खोटाङमा
बुद्धि चामलिङ
उदयपुर , असार १९ गते ।
उदयपुरका दिखुवाछा पाछाहरु दिखुवाछाको पुर्खोउली जन्मथलो, उत्पती स्थल र दिखुवाछाहरुको जनगणना गर्न बुधबार खोटाङ पुगेको छ ।
दिखुवाछा चामलिङ सेवा समाज को गत असार १२ गते बिहिबार बसेको समितिको दोस्रो बैठकको निर्णय अनुसार दिखुवाछाहरुको इतिहास खोज्न समितिका प्रतिनिधी खोटाङ जिल्लाको बिभिन्न दिखुवाछा चामलिङ हरु बसोबास गर्ने ठाउ हरुमा जाने निर्णय भयको समितिका अध्यछ बिष्णु दिखुवाछा चामलिङ राइले बताए । बुधबार समितिको अध्यछ बिष्णु दिखुवाछा चामलिङ राइको नेतृत्व मा ७ सदस्यीय अध्ययन टोलि खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउ पालिका वडा नम्बर – ३ छोरम्बु को बुइखा पुगेको हो ।
अध्ययन टोलि मा कार्यसमिती उपाध्यछ लिल बहादुर दिखुवाछा कार्यसमिती सदस्यहरु गणेश दिखुवाछा, भगत दिखुवाछा, साधरण सदस्य थमान दिखुवाछा, नरेश दिखुवाछा र अशोक दिखुवाछा रहेका छन । अध्ययन टो...









