अन्र्तर जातिय दुई जोडीलाई सम्मान
अनिसा थापामगर /प्रशिक्षार्थी पत्रकार
ताम्लिछा, असार १३ गते ।
लिम्चुङ्बुङमा अन्तर जातिय विवाह गरेका दुई जोडीलाई सम्मान गरिएको छ । बाराहाको रोताबास निबासी ५१ वर्षीय रत्न विक, ५२ वर्षीया हिरा राई (विक) र ३९ वर्षीय कमल परियार, ३५ वर्षीया सम्झना तामाङलाई सम्मान गरिएको हो ।
जातिय छुवाछुत अन्यका लागि सचेतना कार्यक्रममा उक्त जोडीलाई सम्मान गरिएको थियो । सम्मानीत भएका जोडीहरुको आ–आफ्नै पिडा र व्याथा छन् । अन्तर जातिय विवाह गरेकै कारण माईती र आफन्त ईस्ट मित्र समेत त्यो बेला गुमाउनु परेको उनीहरु बताउँछन् ।
एउटै गाउँ भएका विक र राईको सानै उमेरमा प्रेम बसेको थियो । घास, दाउरा, मेलापतमा भोट हुने दुवैले २०५१ सालमा भोगेर विवाह गरको उनीहरुले बताएका छन् ।
अन्तर जातिय विवाह गरेकै कारण गाउँमा बस्ने स्थिति नरहेकाले गाउँ छाडेर ईन्डिया जानु परेको विकले बताए । घर परिवारले समेत ठुला जातको केटी विवाह...








