Wednesday, July 8News That Matters

समाचार

अपाङ्गताहरुको पारा खेलकुद सुरु, फुटबलमा सुनसरी विजयी

खेलकुद, समाचार
उदयपुर, असार २० गते । पहिलो पटक आयोजना गरिएको प्रदेश स्तरीय पारा खेलकुद अन्र्तगत फुटवल प्रतियोगिताको उद्घाटन खेलमा सुनसरीले तिज हातपारको छ । शारिरीक अपाङ्गता भएका मानिसहरुको सहभागितामा भएको प्रतियोगिताका उद्घाटन खेलमा  सुनसरीले धनकुटालाई ५–० ले पछि पार्दै जित हात पारेको हो । सुरुवाती खेलदेखिनै आक्रमक रुपमा प्रस्तु भएका सुनसरीले १० र २१ औँ मिनेटमा उज्वल राईले गोल गरेको थियो । त्यसै गरि १७ औँ मिनेटमा कुसुम बुढाथोकीले थप १ गोल गरेको थियो । ५० मिनट निर्धारित समय रहेको खेलको दोस्रो हाफको ५ औँ र १० औँ मिनेटमा कप्तान रोहन खड्का र सुजन यायोख्खाले १÷१ गोल गरी टिमलाई ५ गोलको अग्रताले विजय बनाएका थिए । प्रतियोगिताको दुबै टिमतर्फ वहिरा खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगिता अन्र्तगत शनिबार बिहान हुने पहिलो खेलमा उदयपुरले मोरङ्गको सामना गर्नेछ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको...
पक्षघात बिरामीलाई नयाँ जीवन

पक्षघात बिरामीलाई नयाँ जीवन

समाचार, स्वास्थ्य
अस्ट्रेलियाको एक शल्य चिकित्सकको टोलीले पक्षघात भएका मानिसको शरीरमा नसालाई पून जोडी हात र खुट्टाका औँलाहरू चल्नसक्ने बनाएका छन् । पून नसा जोडेपछि पक्षघात भएका बिरामीहरूले आफैँ खान सक्ने, ढोकाको ताल्चा खोल्न सक्ने, श्रृङ्गार गर्न सक्ने र कम्प्यूटरमा टाइप समेत गर्न सक्ने टोलीले बताएका हुन् । ब्रिसबेनका शल्य चिकित्सक ३६ वर्षीय पल रोबिनसनले यस नयाँ शल्यक्रिया पत्ता लगाई आफुले नसोचेको स्वतन्त्रता पाएको बताएका छन् । विरामीको शल्यक्रियापछि सामान्य मान्छे जस्तो शरिर नभएपनि बिरामीमो सुधार आई जीवन बदल्ने खालको भएको बताएका छन् ।  ...
अमेरिकामा शक्तिशाली भूकम्प

अमेरिकामा शक्तिशाली भूकम्प

समाचार, संसार
अमेरिकाको साउदर्न क्यालिफोर्नियामा शक्तिशाली भुकम्प गएको छ । क्यालिफोर्नियामा शुक्रबार गएको ६.४ म्याग्नेच्यूडको भुकम्प दुई दशक यताकै शक्तिशाली भुकम्प मानिएको हो । अमेरिकी स्वतन्त्रता दिवसको दिन आएको भूकम्पले रिजक्रेस्टमा सवै भन्दा धेरै क्षती गरेको संचारमाध्यमहरुले जनाएको छ । रिजक्रेस्टको क्षेत्रीय अस्पतालबाट बिरामीलाई बाहिर निकालिएको छ भने अस्पतालमा करिब दुई दर्जन मानिसको सामान्य उपचार गराईरहेको छ । उक्त सहरमा अहिले संकटकालको घोषणा गरिएको सहरको मयेर पेगी व्रिडेनले जनाएका छ । मानिसहरु सामान्य घाईते भएको छ भने ग्यास लाइनका पाईपहरु फुटेका व्रिडेनले जनाएको छ ।...
हातहतियार सहित १ जना पक्राउ

हातहतियार सहित १ जना पक्राउ

समाचार
संखुवासभा असार २० गते । संखुवासभाको सिलिचोङबाट हातहतियार सहित एक जना पक्राउ गरेको छ । सिलिचोङ गाउँपालिक – १ बाट ओखलढुंगा चिशंखुगढी गाउँपालिका – ७  निबासी निम दोर्जी तामाङलाई हातहतियार र गोलिगठ्ठा सहति प्रहरीले पक्राउ पक्राउ गरेको हो । गत सोमबार विहान करिब ९ ः ५५ बजे होयङ्लामा जिल्ला प्रहरी कार्यालय संखुसभाबाट गस्तिमा खटेका प्रहरी टोलीलाई लक्षीत गर्दै तामाङ सहितको टोलीले गोली चालाएका थिए । प्रहरी माथी गोली चालाएपछि आत्मारक्षाको लागि जवाफी फायर गर्दै अनुसन्धान तथा खोजी कार्यको क्रममा मंगलबार तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । पक्राउ पर्ने तामाङको साथबाट एस्एलआर एक थान त्यसमा प्रयोग हुने ६५ राउण्ड गोली, म्यागजिन एक थान, १३ थान खोका, एलएमजी राईफलमा प्रयोग हुने २० राउण्ड गोली, एक थान म्यागजिन, बिष्फोटन गराउन प्रयोग गरिने रातो रंगको ३४ फिट तार, डेडकर्ड र...
पुर्खोउली थातथलो खोज्दै दिखुवाछाहरु खोटाङमा

पुर्खोउली थातथलो खोज्दै दिखुवाछाहरु खोटाङमा

समाचार
बुद्धि  चामलिङ उदयपुर , असार १९ गते ।    उदयपुरका दिखुवाछा पाछाहरु दिखुवाछाको पुर्खोउली जन्मथलो, उत्पती स्थल र दिखुवाछाहरुको जनगणना गर्न बुधबार खोटाङ पुगेको छ । दिखुवाछा चामलिङ सेवा समाज को  गत असार १२ गते  बिहिबार बसेको समितिको दोस्रो बैठकको निर्णय अनुसार दिखुवाछाहरुको इतिहास खोज्न समितिका प्रतिनिधी खोटाङ जिल्लाको बिभिन्न दिखुवाछा चामलिङ हरु बसोबास गर्ने ठाउ हरुमा जाने निर्णय भयको समितिका अध्यछ बिष्णु दिखुवाछा चामलिङ राइले बताए । बुधबार समितिको अध्यछ बिष्णु दिखुवाछा चामलिङ राइको नेतृत्व मा ७ सदस्यीय अध्ययन टोलि खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउ पालिका वडा नम्बर – ३ छोरम्बु को बुइखा पुगेको हो । अध्ययन टोलि मा कार्यसमिती उपाध्यछ लिल बहादुर दिखुवाछा कार्यसमिती सदस्यहरु गणेश दिखुवाछा,  भगत दिखुवाछा, साधरण सदस्य थमान दिखुवाछा,  नरेश दिखुवाछा र अशोक दिखुवाछा रहेका छन ।  अध्ययन टो...
कटारी नगरपालिकाले पु¥यो थुपारेका फोहोर

कटारी नगरपालिकाले पु¥यो थुपारेका फोहोर

समाचार
कटारी असार १९ गते ।  उदयपुरको कटारी नगरपालिकाले डम्पिङ साईडको फोहोर व्यवस्थापन गर्न थालेको छ । गाउँ छेउमा डम्पिङ बनाए थुपारीएका फोहोरको दुर्गन्धले गाउँनै दुर्गन्धित बन्नेपछी पालिकाले व्यवस्थापनको काम थालेको हो । कटारी नजिकै बजारको फोहोर १ किलोमिटरको दुरीमा रहेको कटारी नगरपालिका – ३ राजावासमा थुपार्दा फोहरको दुर्गन्धले स्थानीयहरू आजित भएका थिए । फोहोर संकलन केन्द्रमा नगरपालिकाको जेसिबी लगाएर फोहोर पुर्ने काम भईरहेको नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए । बजार र गाउँ नजिकै रहेको फोहोर फाल्ने डम्पिङ्ग साईटलाई निकट भविष्यमा अन्यत्र सारेर व्यवस्थित गरिने उनले बताए । कटारी बजारबाट निस्किने फोहोर डम्पिङ्ग साइट गाउँ नजिकै भएपछि गाउँमा दुर्गन्ध फैलिने गरेको स्थानीयको गुनासो आएको थियो । डम्पिङ्ग साइट अन्यत्र सार्न पटक पटक नगरपालिकामा कुरा राख्यौँ तर सुनुवाइ नभएपछि निवेदन पनि दिइयो तर...
विषदी युक्त तरकारीको चेक जाँचमा भारतको आपत्ति

विषदी युक्त तरकारीको चेक जाँचमा भारतको आपत्ति

आर्थिक, समाचार
असार १९ गते ।  नेपाल सरकारले विषदीयुक्त तकारी र फलफुल रोक्नलाई चालेको कदम प्रति भारतले आपत्ति जनाएको छ । छिमेकी देशहरुबाट आयात हुने विषादीयुक्त तरकारी र फलफूल रोक्नका लागि सीमा नाकामा चेक जाँच कडाइ गरेपछि भारतले आपत्ति जनाएको हो । सरकारले ल्याएको विषादीयुक्त तरकारी र फलफूल जाँच्न गर्ने नयाँ व्यवस्था हटाउन भारतले दबाब दिएको विभिन्न सचार माध्यमबाट समाचार बाहिर आएको छ । भारत लगायत तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूल विषादीयुक्त भएकाले सिमा नाकामा जाँच गर्न थालेपछि काठमाडौं स्थित भारतीय दूतावासले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर आपत्ति जनाएको हो । मन्त्रालयमा पठाएका दूतावासको पत्रमा भारतबाट निर्वाध रूपमा नेपालमा खाद्य लगायतका सामग्री भित्रिन पाउनु पर्नेमा चेक जाँच प्रति आपत्ति जनाइएको छ । दुताबासको केहि अधिकारीहरुले मन्त्री र मन्त्रालयका उच्च कर्मचारीलाई भेटे...
फरार प्रतिबादी पक्राउ

फरार प्रतिबादी पक्राउ

समाचार
उदयपुर, असार १८ गते ।  जिल्ला अदालत उदयपुरबाट जबरजस्ति करणी गरेको आरोपमा दुई वर्ष ११ महिना २१ दिन कैद फैला भएका फरार प्रतिबादी पक्राउ परेको छ । फरार प्रतिबादी त्रियुगा नगरपालिका – १० बोक्से निबासी २७ वर्षीय महेश शाहीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । पक्राउ परेका शाहीलाई अदालतमा हाजिर गराएर कारागार चलना गरेको प्रहरीले जनाएको छ ।...
स्थानीय तहमा ४ लाख ४० हजारको आवेदन

स्थानीय तहमा ४ लाख ४० हजारको आवेदन

समाचार
असार १८ गते । लोकसेवा आयोगले स्थानीय तहको लागी खुलाईएका विज्ञापनमा चार लाख ४० हजार एक सय ६३ जनाले आवेदन दिएका छन् । स्थानिय तहमा रिक्त रहेका कर्मचारी पद पुर्ती गर्नका लागि जेठ १५ गते लोकसेवाले विभिन्न पदमा विज्ञापन खोलेको थियो । पाँच सय १५ वटा स्थानीय तहमा रक्त रहेका कर्मचारी पद पूर्तीका लागि विभिन्न पदमा लोकसेवाले करिब ९ हजारको संख्यामा विज्ञापन खुलाएको थियो । अत्याधिक मात्रामा समावेशी कोटामा आवेदन परेको लोकसेवा कार्यालयले जनाएको छ । जस मध्ये महिला तर्फ दुई लाख ९४ हजार पाँच सय ८० जना, आदीवासी जनजाती तर्फ एक लाख ३६ हजार एक सय ५३ जना, मधेशी तर्फ एक लाख दुई जार दुई सय ३६ जना, दलित तर्फ २१ हजार दुई सय २८ जनाले समावेशी कोटामा आवेदन दिएको लोकसेवा कार्यालयले जनाएको छ । लोक सेवा आयोगले खुलाएको विज्ञापनको आवेदन दर्ता गर्ने समयअवधि मंगलबारबाट सकिएको हो ।...
चारतल्लाबाट खसेर मेरुदण्ड भाँचिएको प्रदिपलाई उपचार खर्चको चरम अभाव

चारतल्लाबाट खसेर मेरुदण्ड भाँचिएको प्रदिपलाई उपचार खर्चको चरम अभाव

समाचार
भोटराज राई/उदयपुर, असार १७ ।  गरिबीको कारण मजदुरी गर्न काठमाडौं पुगेका थिए प्रदिप रोका । तर, त्यहाँ पैसा कमाउनुको साटो चारतल्लाबाट खसेर ढाडको मेरुदण्ड भाँचियो । यो घटना भएको ११ वर्ष वित्यो तर, पिडा अझैपनि ज्यूका त्यूँ छ उनको जीवनमा । उनले पिडादायी र कष्टपूर्ण जीवन बाँचिरहेका छन् । उदयपुरको रौतामाइ गाउँपालिका–४ मालबासेका २९ वर्षीय प्रदिप अहिले जोरपाटी (काठमाडौं)को अर्थपेटिक हस्पिटलमा भर्ना भएका छन् । तर, उपचार खर्चको अभावले उनी भौतारिरहेको उनका भान्जा उमेश बर्मशाखाले बताए । भान्जा उमेशका अनुसार गरिबीका कारण उपचारखर्च जुटाउन नसक्दा राम्रो उपचार गराउन सकेका छैनन् । दिनानुदिन उनलाई व्यथाले च्याप्दै गएको छ । पिडासहदै घरमै बस्दै आएका प्रदिप ब्याथाले पछिल्लो समय बढि नै च्यापेपछि अस्पतालमा गएका हुन् । प्रदिपको भिडियो कथा : https://www.youtube.com/watch?v=_7_5YzMTpgM विवाह गरेको तीन महि...