प्लाष्टिकको वैकल्पिक झोला बारे अन्तरक्रिया कार्याक्रम
उदयपुर, असार १७ गते ।
प्लाष्टिकका झोलाको विकल्पको रुपमा वैकाल्पिक झोला प्रयोगलाई प्रर्वद्धन तथा प्रदुषण नियन्ण सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम भएको छ ।
हाम्रो सहयात्रा मञ्च ईनरुवा सुनसरीको आयोजना र १ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा मंगलबार एक दिने अन्तरक्रिया कार्यक्रम भएको हो ।
“नेपाल स्वच्छ वातावरण महाअभियान – २०७५” भन्ने मुल नाराको साथ १ न.प्रदेशको तीन वटा जिल्लामा प्लाष्टिक झोला फोहोर मैला नियन्त्रण र प्लाष्टिक झोलाको साटो वैकल्पिक झोलाको प्रयोगलाई प्रवद्र्धन तथा प्रदुषण नियन्त्र सम्बन्धि कार्यक्रम संचालन गरेको आयोजक हाम्रो सहयात्रा मञ्च ईनरुवा सुनसरीका अध्यक्ष विनिता दाहालले बताईन् ।
प्लाष्टिक जन्य वस्तुले खोला, नाला, सडक, वन, जंगल, सार्वाजनिक स्थलहरु प्रदुषीत बनाएकाले यसले प्राकृतिक प्रकोप समेत निम्त्याउने भएकाले यसको न्युनिकर...









