महिला भेलाको १४ बुदे घोषणा पत्र जारी
उदयपुर, जेष्ठ १५ गते ।
श्रम र पहिचानमा महिलाको अधिकार, गणतान्त्रिक नेपालको मूल आधार भन्ने मूल नाराका साथ प्रथम उदयपुर महिला जिल्ला भेलाले १४ बुदे घोषण पत्र जारी गरेको छ ।
मूल आयोजक समितिको आयोजनामा भएका दुई दिने भेलाले उक्त घोषणा पत्र जारी गरेको मंलबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।
दुई दिने भेलामा जिल्लाका आठै स्थानीय तहका महिला जनप्रतिनिधी र मानव तथा महिला अभियानकर्मी महिलाहरुको भेलाले घोषणा पत्र जारी गरको मुल आयोजक समितिले जनाएको छ ।
स्थानिय सरकारका सबै सरचनाहरुमा लैँगिक समानता नीति बनाई लागु गर्ने लैँगिक मैत्री कार्ययोजना तथा लैँगिक उत्तरदायी बजेट विनियोजन तथा कार्यन्वयनका लागि पहल गर्ने । लैँगिक हिंसा निवारण कोष, मानव बेचविखन राहत कोष, एकल महिला सुरक्षा कोष, बाल संरक्षण कोष, जेष्ठ नागरिकको स्वास्थ्य विमा कुराहरुलाई समन्वयात्मक रुपमा स्थानिय तहमा कोष स्थापना, व...







