दुर्गम गाउँमा आलु चिप्सको तालिम
शैलेन्द्र विष्ट
रौतामाई, बैशाख ३१ गते ।
उदयपुरका रौतामाईको डहरमा ५ दिने आलु चिप्स आधारभूत तालिम बुधबार सम्पन्न भएको छ । रौतामाइ गाउँपालिका–१ का वडा स्तरीय महिला संजाल समितिको आयोजना र वडा पालिकाको सहयोगमा तालिम सम्पन्न भएको हो ।
लक्षीत वर्गका महिला दिदी बहिनीलाई रोजगारी तथा आर्थीक स्तर उकास्ने उद्देश्यले तालिमको आयोजा गरिएको आयेजककी उपाअध्यक्ष झनक माया विष्टले बताईन् । तालिममा वडाका विभिन्न गाउँबाट १८ जनाले सहभागिता जनाएको थियो । तालिमको प्रशिक्षक शान्ति राईले आलु चिप्स, निम्कीको समेत तालिम प्रदान गरेकी थिईन् ।
आलु चिप्सको काम घरमै बसेर गर्न सकिन्छ । भने व्यावसायीक रुपले काम गर्दा आय स्रोतमा सुधार समेत आउने आशा लिएको आयोजकले जनाएको छ । घरमा खान पनि प्रयोग गर्न सकिने र थोरै लागानीमै राम्रो आम्दानी गर्न सकिने विष्टले बताईन् ।
बाह्रैमास आलु हुने ठाउँ भएकाले खन्दा चोट लाग...








