Wednesday, July 8News That Matters

समाचार

आफ्नो गाउँ आफै बनाऔँ भन्दै लागी परे युवाहरु

आफ्नो गाउँ आफै बनाऔँ भन्दै लागी परे युवाहरु

समाचार
  साल्थुम्की/असार, १ त्रियुगा नगरपालिका वडा नं १५ साल्थुकीका युवाहरु आफ्नो गाउँ विकासमा जुटेका छन् । आफ्नो गाउँ आफै बनाऔँ भन्दै उनिहरुले विकासका गतिबिधिहरुलाई समेटेर सकरात्मक सामाज र गाउँको निर्माण गर्ने तर्फ लागेको हो । नयाँ संरचना र स्थानीय सरकार पश्चात गाउँघरमा विकासको लहर सँगै विनास पनि बढ्ने गरेको छ । बिभिन्न बटो घाटो र विकासको काम गर्दा विनास र क्षती भएपछि गाउँघरका स्थानीयहरुलाई समस्या परेको छ । सरकारले गरेको बढ्दो विकास सँगै भएको विनासमा पनि उत्तिकै छिटो छरितोेले चासो दिदा गाउँघरको विकासमा सहजता आउने र विकसित गाउँ वस्ति बन्ने अभियान्ता तथा अग्रज स्थानीय युवा यम कुमार राईले बताए । हिउँदमा खनेको बाटोले बर्खामा फेरी समस्या निम्त्याउने विकास गाउँघरको समस्या हो । राईले भने, यसलाई तत्काल पूनःनिर्माण गर्न सके गाउँघरको विकासमा स्थानीयले राहत पाउने पनि  उनको भनाई छ । स...
लिम्चुङ्बुङको मगर होमस्टेमा अर्गानिक खाना लोकप्रिय

लिम्चुङ्बुङको मगर होमस्टेमा अर्गानिक खाना लोकप्रिय

आर्थिक, पर्यटन, समाचार
अनिसा थापा मगर / प्रशिक्षार्थी पत्रकार ताम्लिछा, असार १ गते । उदयपुरको लिम्चुङ्बुङमा संचालित मगर होमस्टेमा स्थानीय अर्गानिक खाना तथा परिकार लोकप्रिय बनेको छ । गत वर्षदेखि संचालनमा आएको होमस्टेमा पाहुनाहरुले स्थानीय अर्गानिक खाना तथा परिकारहरु मन पराएपछि लोकप्रिय बन्दै गएको हो । लिम्चुङ्बुङ गाउँपालिका – २ ताम्लिछा डाँडागाउँमा गत वर्षको फागुनदेखि होमस्टे संचालन भएको थियो । मगर जातीको बाहुल्यता भएको सो गाउँमा १० घर होमस्टे संचालित छन् । होमस्टेमा मगर जाती विशेष तथा स्थानिय परिकारको स्वाद लिन सकिने र मगर जातीको पहिचान झल्काउने सास्कतिक कार्यक्रम पनि हुने गरेको संचालक कृष्ण दलार्मी मगरले बताए । स्थानीय स्तरमा उत्पादन भएको अर्गानीक खाना तथा परिकारमा कोदोको सेलरोटी, भुटेको मकै भटमास, गुन्द्रूकको अचार, सिस्नु, कोदोको ढिडो, स्थानीय जातका दाल, लोकल कुखुराको मासु, बंगुरको मासु लगायतका खान...
खास स्टाईकरलाई विपक्षीले छेकेकाले पराजय : टिम मेनेजर सन्जिब

खास स्टाईकरलाई विपक्षीले छेकेकाले पराजय : टिम मेनेजर सन्जिब

खेलकुद, समाचार
उदयपुर, जेठ ३२ गते । शनिबारबाट सुरु छैठौं रमपम उदयपुर गोल्डकपको उद्घाटन खेलमा बलियो टिम भएर राम्रै खेलेपनि न्यूस्टार क्लव सुनसरीले हराजय व्यहोर्नु परेको छ । टिमको एक विदेशी खेलाडी ३ नं. स्टाईकरलाई विपक्षीले छेक्ने रणनीति अपनाएपछि पराजित ब्यहोर्नु परेको विश्लेषण छ । तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको सो क्लव २ को विरुद्ध १ गोल मात्र गरेर पराजय भोगेको हो । खेलमा हार र जीत स्वभाविक रहेको भन्दै न्यूस्टारका टिम मेनेजर सन्जिब बस्नेतले सशस्त्रको टिम सधै खेल्ने सेटमा रहेको र आप्mनो खेलाडी संकलन गरिएकाले पनि खेल मिलाउन नसक्दा पराजय भोग्नु परेको बताए । पहिलो हालसम्म बराबरी रहेको दुबै टिमको रोचक र प्रतिष्पर्धात्मक खेल जमिरहेको बेला दोस्रो हाफको १३ औं मिखेनेटमा सशस्त्रका ९ नंं प्रविन स्यान्ताङले पहिलो गोल गरेर अग्रता गरेको थियो । २८ औं मिनेटमा न्यूस्टारको तर्फबाट ८ नं. विदेशी खेलाडी अउरेल...
विपक्षीको ३ नं. विदेशी खेलाडीलाई छेक्ने सशस्त्रको रणनीति सफल : कोच सुदिप

विपक्षीको ३ नं. विदेशी खेलाडीलाई छेक्ने सशस्त्रको रणनीति सफल : कोच सुदिप

खेलकुद, समाचार
उदयपुर, जेठ ३२ गते छैठौं रमपम उदयपुर गोल्डकपमा विपक्षी टिम सशक्त हुँदाहुँदै पनि नेपाल सशस्त्र प्रहरी क्लवले शनिबार जीत हात पारेको छ । २–१ को अन्तरले क्लवले जीत हात पारेको हो । तीनजना विदेशी खेलाडी रहेको न्यूस्टार क्लव सुनसरीलाई पराजित गरेर खेलयात्रा तय गरेको हो । सुरुदेखि नै बललाई नियन्त्रणबाहिर जान नदिनु, विपक्षी टिमको विदेशी खेलाडी ३ नं. स्ट्राईकरलाई चल्न नदिने रणनीति लिनु र खेलाडीको मेहनतको परिणाम स्वरुप जीत हात परेको टिम कोच सुदिप श्रेष्ठले बताए । ३ नं. स्ट्राईकर यनिक वोनालाई चल्न नदिएपछि गोल हान्न नसकेको उनले बताए ।  बीचमा डिफेन्समा कमजोरी देखिएको क्लवले विपक्षीको एक गोल ब्यहोर्नु पर्यो । “डिफेन्सको खटपटका कारण गोल खानु पर्यो” उनले भने । विपक्षी टिम एडिभिजन खेल्ने भएकोले कमजोर ठानिएको थिएन । पूर्वको टिमलाई कमजोर नठानेको उनले बताए । विदेशी खेलाडी दुईजनासम्मलाई खासै समस्याको रु...
गोल्डकपमा उत्साहजनक दर्शक

गोल्डकपमा उत्साहजनक दर्शक

खेलकुद, समाचार
  उदयपुर/ जेष्ट, ३२ उदयपुरमा सूरु छैटौँ रमपम उदयपुर गोल्डकपको पहिलो दिन उत्साहजनक दर्शकको सहभागीता रह्यो । विगतको दाँजोमा यसपटक प्रचारप्रसार कम भएता पनि पहिलो दिन दर्शकको उत्साहजनक सहभागीता रहेको मूल आयोजक समितिका अध्यक्ष रमाकान्त चौधरीले बताए । पहिलो दिनमै साधारण टिकट ८ सय  र भिआइपी टिकट ७ सयको हाराहारीमा विक्री भएको चौधरीले बताए । दर्शकको उत्साहजनक सहभागीताले खेलको शोभा बढेको छ भने खेलाडीहरुलाई हौसाला र उत्साह बढाएको उनले बताए । खेल मनोरन्जक र रोचक बनेको दर्शहरुको प्रतिक्रिया छ । “पहिलो दिनको खेल राम्रो टिमहरुबीच रहेकाले राम्रो हेर्न पाईयो ।” गाईघाटका कृष्ण मगरले भने । गोल्डकपको मुख्य सहयोगकीको रुपमा दर्शकलाई लिएको आयोजकले आगामी दिनमा अझ थपिने आशा गरेको छ । गोल्डकपमो मुख्य प्रायोजक उदयपुर सिमेन्ट उद्योग रहेको छ ।...
हडियामा ग्लोबल आइएमइको शाखारहित सेवा सुरु

हडियामा ग्लोबल आइएमइको शाखारहित सेवा सुरु

आर्थिक, समाचार
उदयपुर, जेठ ३२ गते । ग्लोबल आइएमई बंैक लिमिटेड गाईघाट शाखाले चौदण्डीगढी नगरपालिका ९ हडियामा शाखा रहित बैंकिङ्ग सेवा शनिबारदेखि संचालनमा ल्याएको छ । ग्राहकहरुलाई अत्याधुनिक प्रविधिको प्रयोग गर्दै व्यवसायिक प्रतिनिधिहरुको माध्यमबाट सहज किसिमले वित्तीय पहुंच पु¥याउने उद्देश्यका साथ १४५ औ शाखा रहित बैंकिङ्ग सेवा संचालन गरिएको हो । चौदण्डीगढीका मेयर खगेन्द्र राई, उपप्रमुख रिता चौधरी, उद्योग वाणिज्य संघका अध्यक्ष पवन कार्की लगायतले सेवाको संयुक्त उद्घाटन गरेका थिए । शाखा प्रबन्धक रविनराज दाहालका अनुसार ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३७ शाखा, १४२ एटिएम, २५ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४५ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । साथै देश बाहिर ३ प्रतिनिधि/सम्र्पक कार्यालयमाफर्त आफ्ना १० लाख भन्दा बढि तिनिधि÷सम्र्पक कार्य...
छैठौं रमपम उदयपुर गोल्डकपमा सशस्त्रको जीत सुरुवात

छैठौं रमपम उदयपुर गोल्डकपमा सशस्त्रको जीत सुरुवात

खेलकुद, समाचार
उदयपुर, जेठ ३२ गते ।  छैठौं रमपम उदयपुर गोल्डकपको पहिलोदिनको खेलमा न्यूस्टार फुटबल क्लव (सुनसरी)लाई १ को विरुद्ध २ गोल गर्दै सशस्त्र प्रहरी क्लवले जीतको सुरुवाती गरेको छ । उद्घाटन खेलको पहिलो हाफ दुबैटिमबाट विनागोल सकिएपछि दोस्रो हाफको १३ औं मिनेटमा सशस्त्रको जर्सी नं. ९ का  प्रविन स्यान्ताङले पहिलो गोल गर्न सफल भए । २८ औं मिनेटमा न्यूस्टारको तर्फबाट जर्सी नं. ८ का विदेशी खेलाडी अउरेल इनामेले १ गोल फर्काएका थिए । खेल बराबरी भएको ९ मिनेटमै अर्थात ३७ औं मिनेटमा सशस्त्रको तर्फबाट जर्सी नं. ११ का नविन लामाले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । अन्ततः उनकै गोल निर्णायक बन्न पुगेपछि पहिलो चरणको खेलबाट सशस्त्र प्रतियोगितामा अगाडी बढेको छ । पहिलो खेलको म्यान अफ दि म्याच सशस्त्रका नविन लामा म्यान अफ दि म्याच घोषित घोषित भए । उनलाई प्रदेश सांसद सुनिता चौधरीले सात हजार नगदसहित मेडलले पुर...
उदयपुरमा चट्याङबाट ठूलो क्षती

उदयपुरमा चट्याङबाट ठूलो क्षती

समाचार
उदयपुर, जेष्ठ ३२ गते ।  शनिबार विहान चट्याङ्बाट उदयपुरमा करिब १६ लाख बढीको क्षती भएकोे छ । चौपाय र घर गोठमा क्षती भई उक्त परिणामको क्षती भएको हो । उदयपुरका प्रहरी प्रमुख (एसपी) वीरबहादुर बुढामगरका अनुसार बेलका नगरपालिका – २ त्रिवेणी टोलका चार घरमा क्षती भएको हो । जोगेन्द्र उराऊको खरको छानो भएको काठेघरमा चट्याङपछि भएको आग्लागीले  अन्नपात, लत्ताकपडा, भाँडाकुडा, कागजपत्र, पाँच वटा हाँस र १५ वटा कुखुरा जलेर नष्ट भएको छ । जसबाट उनको १० लाख बराबरको क्षतीको प्रारम्भिक अनुमान छ । मानबहादुर कार्कीको काठको टाढे घरमा आग्लागी भई अन्नपात, लत्ताकपडा, भाडाँवर्तन जलेर नष्ट हुदा पाँच लाख बराबारको क्षती भएको अनुमान छ । त्यसतै सोहि ठाउँका मनकुमार राईको एक भैँसी र एक राँगा चट्याङ् लागेर मरेको छ, जसबाट एक लाख १० हजार बराबरको क्षती भएको बताईएको छ । सोहि ठाउँमा दिपा राईको सय वाटको सोलार जलेर नष्ट भएको प...
जलजलेमा सनराईजको शाखारहित बैंकिङ सेवा

जलजलेमा सनराईजको शाखारहित बैंकिङ सेवा

आर्थिक, समाचार
उदयपुर, जेठ ३२ गते । उदयपुर सिमेन्ट उद्योग जलजलेसंगै रहेको सनराईज बैंक, शाखाले  सर्बसाधारणलाई सुविधा दिन जलजलेबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको छ । बैंकले शनिबार विहान एक समारोहकाबीच उद्घाटन गरी सेवा सुरु गरेको हो । शाखा प्रबन्धक उमेशप्रसाद कुसहवाले सर्बसाधारणलाई नजिकमा सहजरुपले सुविधा पुगोस् भन्ने उद्देश्यले सेवा सुरु गरेको बताए । स्थानीय जनप्रतिनिधी, समाजसेवी, नागरिक समाज तथा सर्बसाधारणको ब्यापक उपस्थितिकाबीच सेवाको उद्घाटन भएको हो । सेवाको उद्घाटन गाईघाट उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतले गरेका थिए ।...
त्रियुगा मेयरकप सुरु

त्रियुगा मेयरकप सुरु

समाचार
उदयपुर, जेठ ३१ गते । उदयपुरको त्रियुगा नगरपालिका मेयर कप शुक्रबारदेखि बोक्सेस्थित कवर्डहलमा सञ्चालन भएको छ । नगरपालिकसातेक्वको प्रायोजनमा सितोरियो कराँते डो तथा गाईघाट तेक्वान्दो डोजाङको आयोजनामा मेयर कप सञ्चालन भएको हो । खेल प्रशिक्षक पार्वती राईका अनुसार मेयरकप अन्तर्गत सितोरियो कराँते, तेक्वान्दो र कबड्डी खेल प्रतियोगिता सञ्चालन भएका छन् । प्रतियोगिता भोलीसम्म सन्चालन हुने कराँते प्रशिक्षक प्रकाशराम राईले बताए । प्रतियोगितामा तिनै खेलका खेलाडीहरु जिल्ला विभिन्न डोजोबाट सहभागि बनेका छन् । मेयरकपको उद्घाटन त्रियुगा मेयर बलदेव चौधरीले गरेका छन् ।...