उदयपुरमा खानेपानीको हाहाकारले गाउँ रित्तिदै
उदयपुर, बैशाख २३ गते ।
समयमा वर्षात नभएको र अन्य हिसावले पनि पानीको व्यवस्था हुन नसकेपछि उदयपुरको ग्रामीण भेगका बासिन्दाहरुले तिव्र रुपमा गाउँ छोड्न थालेका छन् । रौतामाई गाउँपालिकाको पहाडी ग्रामीण भेगका बासिन्दाहरुले धमाधम गाउँ छाड्न थालेका हुन् ।
पर्याप्त वर्षात नहुदा अन्नबाली लगाउन नपाउने र खानेपानीकोसमेत व्यवस्था हुन नसकेपछि हाहाकार मच्चिएर पानीको श्रोत भएको ठाउँ खोज्दै गाउँ छाड्ने क्रम बढेको स्थानीय चन्द्रबहादुर भुजेलले बताए ।
खानेपानीको समस्या र अन्नबाली उब्जाउ हुन छाडेपछि यहि वर्ष १० घर परिवारले गाउँ छाडेको स्थानियबासीले बताए । प्रसस्त वर्षात नभएकले करिब एक दशक देखि अन्नबाली उब्जाउमा कमि आएपछि शहर बजारबाट बेसाहा बोकेर घरपरिवार चलाउँदै आएको स्थानीय दलबहादुर भुजेलले बताए ।
केही खानेपानी योजनाका धाराहरु गाउँमा भएपनि मुहान सुकेकाले पानी आउदैन । पानीट्याङ्कीमा कमिल...








