रौता र आसपासको सम्भावना चिया र कफिखेती
उदयपुर, पुस १५ गते ।
उदयपुरको पहाडि भूभागमा कफि तथा चियाखेती उपयुक्त देखिएको छ । नेपाल सरकार, राष्टिय चिया तथा कफि बोर्ड, क्षेत्रीय कार्यालय पोखराको स्थलगत अध्यायन तथा केहीवर्ष यता गरिएको नमुनाखेतीबाट चिया तथा कफिको व्यवसायिकखेतीमा राम्रो सम्भावना देखिएको हो ।
उच्च गुणस्तरको प्राङ्गारिक कफी तथा चिया उत्पादन गर्न सकिने राष्ट्रिय चिया तथा कफि विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराको निर्देशक लक्ष्मण पोखरेलले बताउनुभयो । निर्देशक पोखरेलका अनुसार अन्तराष्ट्रिय बजारमा कफिको माग अत्याधिक रहेकाले जति ठूलो मात्रामा उत्पान भएपनि बजारको अभाव छैन ।
समुन्द्रसतहदेखि सातसय मिटरभन्दा उच्च भागमा हुने कफि र चियाखेतीका लागि रौतामाई गाउँपालिकाको अधिकांश भूभाग र त्रियुगा नगरपालिकाको पहाडीवडाहरु उपयुक्त छन् । केहीवर्ष यता स्थानीयको सक्रियतामा चिया तथा कफि खेतीको अध्ययन तथा नमूनाखेतीसमेत गरिएको र...







