दुई जिल्ला जोड्ने सडकको शिलान्यास
उदयपुर, वैशाख ३ गते ।
उदयपुरको चौदण्डिगढी र खोटाङको बाराहा जोड्ने सडकको शिलान्यास गरिएको छ ।
चौदण्डीगढी नगरपालिका ९ को अमिलिखर्क देखि खोटाङको बाराहा गाउँपालिका जोडिने सडकको मंगलबार प्रदेश सांसद विमल कार्कीले सिलान्यास गरेको हो ।
प्रदेश सरकारको वहुबर्षिय योजना अन्तरगत पहिलो बर्षको काम सुरु गरिएको हो । ७ मिटर चौडाई र ४२ किलोमिटर लामो उक्त सडकको पहिलो बर्ष चालु आर्थिक बर्षमा करिव ५ किलोमिटर काम सम्पन्न गरिने पुर्वाधार विकास कार्यालयका प्रमुख (डिई) जितेन्द्रकुमार कर्णले बताए ।
पहिलो वर्षमा ५ किलोमिटर काम भएका सडकको बाँकी काम तीन बर्ष भित्र सम्पन्न गर्ने गरी काम गर्ने डिई कर्णले बताए । प्रदेशको नयाँ संरचना, अख्तियारीमा ढिलाई, केहि काममै अवरोधका कारणेले ढिला भएकाले अवको दिनमा सहजता ल्याउनु पर्ने डिई कर्णले बताए ।
दुई सरकार विचको विवादले गर्दा थोरै समय भएकाले यस बर्ष ९१ लाख ७५...









