रक्तमाला बन समुहद्वारा ग्याँस वितरण, बृद्धबृद्धा र एकल महिला बढि लाभान्वित
उदयपुर, पुस २४ गते ।
उदयपुरको एक सामुदायिक वनले दाउरा काट्न नसक्ने बृद्धबृद्धा र दाउरा संकलन गर्न नभ्याउने एकल महिलाहरुलाई लक्षित गरी ग्याँस वितरण गरेको छ । बढ्दो जनघनत्वसंगै आप्mनो बन क्षेत्रमा दाउराको अभावसमेतलाई मध्येनजर गर्दै त्रियुगा नगरपालिका वडा नं. १६ स्थित रक्तमाला सामुदायिक वन उपभोक्ता समुहले ग्याँस वितरण गरेको समुहका अध्यक्ष भरतबहादुर कार्कीले बताए ।
वडाध्यक्ष मानबहादुर राईको विशेष उपस्थितिमा मंगलबार समुहले बृद्धबृद्धा १० घरधुरी र ६ घरधुरीका एकल महिलाहरुलाई ग्याँस वितरण गरेको हो । आम उपभोक्ताको माग र आवश्यतालाई मध्येनजर गर्दै अन्य ५७ घरधुरी उपभोक्तासमेतलाई ग्याँस वितरण गरिएको हो । एक समारोहकाबीच वडाध्यक्ष राई र सब डिभिजन बन कार्यालय खाँबुका इन्चार्ज रमानन्द यादवले उपभोक्ताहरुलाई ग्याँस सिलिण्डर वितरण गरेका थिए ।
बृद्धबृद्धाका लागि सजिलै तातोपानी बनाउन, चिया पकाउन ...









