Tuesday, July 7News That Matters

समाचार

उदयपुर, साक्षर जिल्ला घोषणा हुदै

उदयपुर, साक्षर जिल्ला घोषणा हुदै

समाचार
उदयपुर, मंसीर २७ गते । उदयपुर जिल्लालाई आगामी पुस १३ गते एक भब्य कार्यक्रमकाबीच साक्षर जिल्ला घोषणा गर्ने भएको छ । अनौपचारिक जिल्ला शिक्षा समितिको मुख्य आयोजनामा जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न लागिएको हो । समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारका अनुसार साक्षर अभियान अन्तर्गत जिल्लामा सबै मापदण्ड पुरा गरेर घोषणा गर्न लागिएको हो । उक्त दिन गाईघाटको भवगती मन्दीर परिसरमा निर्माण गरिएको साक्षर जिल्ला स्तम्भको उद्घाटनसहित १५ हजार बढिको बृहद र्यालीका साथ साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रम रहेको अध्यक्ष परियारले बताए । बिहिबार साक्षर जिल्ला घोषणा सम्बन्धी भएको समितिको बैंठकले कार्यक्रमको तयारी र ब्यापक प्रचार प्रसारमा लाग्ने निर्णय गरेको छ । प्रचार प्रसार समितिमा सरोकारवाला सबै क्षेत्रका एकहजार बढि सदस्य रहेको जनाईएको छ । बैंठकमा प्रमुख जिल्ला अ...
हात्तीको आक्रमणबाट एकको मृत्यु

हात्तीको आक्रमणबाट एकको मृत्यु

समाचार
उदयपुर, मंसिर २७ गते । उदयपुरको बेलका नगरपालिका ३ मा जङ्गली हात्तीले एक ब्यक्तिको ज्यान लिएको छ । चार वटा हात्तिको समुहले स्थानीय ५५ बर्षिय बुद्धिमान मगरको गएराती ज्यान लिएको हो । खर काट्न गएका मगर राती नफर्किए पछि खोजी गर्नेक्रममा आज बिहान प्रस्ताबिक पौरखी सामुदायिक बनको जङ्गलमा मृत भेटिएका हुन् । घटनास्थलको प्रकृतिले मगरलाइ एक किलोमिटरसम्म घसारेर मारि फालेको पाइएको स्थानीयले बताए । मृतकको शव पोस्टमार्टमका लागि िजल्ला अस्पताल उदयपुर लैजाने तयारी भैरहेको इलाका प्रहरी रामपुरका ईन्स्पेक्टर नबिनकुमार सिङले बताए ।...
लोप हुदै फापर

लोप हुदै फापर

आर्थिक, समाचार
उदयपुर, मंसिर २७ गते । हिमाली तथा माथिल्लो पहाडी भेगमा प्रसस्त मात्रामा छरिने फापर आज भोली लोप उन्मुख बालिको अवस्थामा पुगेको छ । फापर मानव स्वास्थ्यको लागि अति उपयुक्त, लाभ दायक, स्वास्थ्य वर्धक भएपनि अन्य बालि लगाएर नभ्याएको छेउछाउमा र बाँदर लाग्ने ठाउँहरुमा मात्र फापर छर्नाले फापर लोप हुने अवस्थामा पुगेको हो । जस्तो सुकै विरामीले पनि खान मिल्ने र ब्लड प्रेसर, सुगर लगायत विभिन्न खालको रोगीहरुले पनि सेवन गर्न मिल्ने फापर आज भोलि गाउँघरमा पनि पाउन मुस्किल भईसकेको छ । पहिला पहिला हिमाली तथा पहाडी भेगका गाउँघरमा प्रसस्त छरिने फापर आजभोलि कहि कतै कसै कसैले मात्र छर्ने गर्दछ । फापर विभिन्न प्रजातिको भएपनि विशेष गरि हिमालि तथा पहाडी गाउँघरमा दुई प्रजातीको फापर मात्र छर्ने गरेको स्थानिय बासिहरुले बताएका छन् । गाउँघरमा मिठे र तिते फापर भनेर दुई वटा नामले चिनिने फापर लोप हुदै गएको उ...
आधारभुत पत्रकारीता तालिम समापन

आधारभुत पत्रकारीता तालिम समापन

समाचार
उदयपुर, मंसिर २६ गते । उदयपुरमा आधारभुत पत्रकारीता तालिम समापन भएको छ । त्रियुगा मिडिया ग्रुपको आयोजनामा ५ दिने आधारभुत पत्रकारीता तालिम बुधबार समापन भएको हो । नयाँ तथा दक्ष पत्रकार उत्पादन गर्नको निम्ती समाचार लेख तथा रेडियो पत्रकारीता सम्बन्धि ५ दिने तालिमको आयोजना गरेको त्रियुगा मिडिया ग्रुपका अध्यक्ष विश्वराज तामाङ्गले बताए । तालिमको प्रशिक्षण नेपाल पत्रकार महासंघ उदयपुर शाखाको उपाध्यक्ष तथा पूर्णपुष्टि मिडिया संचालक भोटराज राईले गरेको तामाङ्गले बताए । मंसिर २१ गतेबाट संचालन भएको तालिम बुधबार एक कार्यक्रम गरि समापन गरिएको थियो । कार्यक्रममा त्रियुगा उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष रमेश विश्वकर्मा, त्रियुुगा जनता बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख रमेश चन्द्र रोक्का लगायतको अतिथिहरुको उपस्थितिमा सहभागिहरुलाई प्रमाण पत्र वितरण गरि तालिमको समापन गरिएको तामाङ्गले बताए ...
मंसिर २८ र २९ मा प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगीता

मंसिर २८ र २९ मा प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगीता

खेलकुद, समाचार
उदयपुर, मंसिर २६ गते । उदयपुरको गाईघाटमा १ नं प्रदेश स्तरिय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । उदयपुर जिल्ला व्याडमिन्टन संघको आयोजनामा दोस्रो १ नं प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगतीता मंसिर २८ र २९ गते हुने भएको हो । बुधबार पत्रकार सम्मेलन गर्दै मंसिर २८ र २९ गते साविक पूर्वाञ्चलमा भएका १६ वटा जिल्लाको व्याडमिन्टन खेलाडीहरुको प्रतिस्प्रधा रहने उदयपुर जिल्ला व्याडमिन्टन संघका अध्यक्ष राजेश कार्कीले बताए । संघिय संचना पछिको दोस्रो प्रदेश स्तरिय खेलको आयोजना गरिएको सम्मलेनमा कार्कीले बताए । यस अघि ५ पटक पूर्वाञ्चल स्तरीय व्याडमिन्टन प्रतियोगीता गराईएको कार्कीले बताए । भने प्रदेश स्तरिय दोस्रो प्रतियोगीताको आयोजना गरेको कार्कीले बताए । २०६१ सालमा स्थापना भएको संघले पूर्वाञ्चलपछि प्रदेश स्तरिय खेलको आयोजना गर्दै आएको छ । खेलमा मेन्स डबल्स खुल्ला, भेट्रान्स् डबल्स (४५...
ट्रकको ठक्करबाट एकको मृत्यु

ट्रकको ठक्करबाट एकको मृत्यु

समाचार
उदयपुर, मंसिर २५ गते । उदयपुरको घुर्मीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कटारी नगरापलिका वडा नं १४ घुर्मीमा मानसिक सन्तुलन गुमेका एक युवाको ट्रकको ठक्करबाट मृत्यु भएको हो । ओखलढुङ्गा बाट काठमाण्डौ तर्फ जादै गरेको बा ३ ख ५६१५ नम्बरको ट्रकले मानसिक सन्तुलन गुमेका अन्दाजी ४५ वर्षीय युवालाई ठक्कर दिएको थियो । गम्भिर घाईते युवाको उपचारको लागि काठमाण्डौ लाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीेल जनाएको छ । अपरिचित घाईते युवालाई स्थानिय स्पतालमा सामान्य उपचार गरि गम्भिर अवस्था भएकोले थप उपचारको लागि काठमाण्डौ लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक युवाको शव पोष्टमार्टमको लागि कटारी अस्पताल उदयपुर ल्याईएको ईलाका प्रहरी कार्यालयले जनाएको छ । भने फरार चालकको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।...
जवाफी कारवाहीमा एकको मृत्यु

जवाफी कारवाहीमा एकको मृत्यु

समाचार
सुनसरी, मंसिर २४ गते । सुनसरीको सीमावर्ती क्षेत्र मुसहरीमा प्रहरीको जवाफी कार्वाहीमा एक अज्ञात हतियारधारीको मृत्यु भएको छ । कोशी गाउँपालिका वडा नं ७ मुसहरी टोलमा आईतबार राती प्रहरीको जवाफी कार्वाहीमा अज्ञात समुहका एक जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरी तथा सीमा प्रहरी चौकी भाण्टाबारीको संयुक्त गस्ती टोलीमाथि अज्ञात समुहले गोली हानेपछि जवाफी फायरमा अज्ञात समुहको अन्दाजी ३५ वर्षीय युवाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । राती ४÷५ जनाको अज्ञात समुह भारतबाट नेपाल छिर्ने क्रममा प्रहरीले रोक्न खोज्दा उक्त समूहले प्रहरीलाई गोली हानेपछि आत्मरक्षाको लागि जवाफी फायर गर्दा अज्ञात एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट लोड गरिएको २ थान कटुवा पेस्तोल र मृतकको साथबाट ५ वटा गोली समेत बरामद गरेको प्रहरीले जनाएको छ...
सेवा प्रर्वाह विषयक छलफल सम्पन्न

सेवा प्रर्वाह विषयक छलफल सम्पन्न

समाचार
उदयपुर, मंसिर २४ गते । नयाँ संरचना पछिको सरकारी सेवा प्रर्वाहको स्थितिको बारेमा उदयपुरमा छलफल कार्यक्रम भएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरको आयोजनामा वदलिएको संगठन संरचना र सेवा प्रर्वाहको स्थिति विषयक एक दिने छलफल कार्यक्रम भएको हो । कार्यक्रममा जिल्लाको सरकारी कार्यालय र स्थानीय तहका पालिकाहरुका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको थियो । राज्य संघीय शासन प्रणालीमा गई नयाँ संरचनामा रुपान्तरण भएपछि सरकारी सेवा प्रर्वाह कस्तो ढाँचाबाट प्रदान भईरहेको छ भन्ने विषयमा छलफल गरिएको हो । जिल्लाको विभिन्न कार्यालयहरु विभाजन भई स्थानीय तहमा गएको भएपनि जनताले के कस्तो सेवा पाएको छ, कसरी प्रदान गरिएको छ भन्ने बारेम विशेष छलफल गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले बताए ।...
पुर्वछानेको मूल समिति गठन

पुर्वछानेको मूल समिति गठन

समाचार
काठमाण्डौमा बसेको बैठकले पूर्वछाने समाजको केन्द्रिय तदर्थ मुल समिति गठन गरेको छ । भृकुटी माण्डपमा भएको बैठकले पूर्वछाने समाजको केन्द्रिय तदर्थ मुल समितिको गठन गरेको हो । बैठकले केन्द्रिय प्रतिनिधि, संयोजक र मूल समितिकोे गठन गरेको थियो । २० जिल्लाबाट आएको पूर्वछानेहरुको भेलाले केन्द्रिय संयोजकमा डि.एम. पुर्वछाने र सह–संयोजकमा जयराम पुर्वछानेलाई चयन गरेको थियो । पुर्वछानेले मगरहरुको सस्कार, सस्कृति भाष, धर्म, रितिरिवाज, रहनसहन लगायत विभिन्न परम्परागत कुराहरुको संरक्षण र प्रवद्र्धन गर्न समाजलाई क्रियाशिल बनाउने संयोजक डि.एम. पुर्वछानेले बताए । ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने लक्ष्य लिएर अघि बढेको पूर्वछानेले बताए । सवै पूर्वछानेहरु भनेको एउटै गोत्रो भएकालेले साझा संस्थाको रुपमा स्थापना गर्ने पूर्वछानेले बताए । भने माघ १० गते सिन्धुलिमा बृहत भेला गरि समितिलाई पुर्णता दिने उन...
भद्रगोलले तताय महोत्सव

भद्रगोलले तताय महोत्सव

समाचार
उदयपुर, मंसिर २२ गते प्रद्रेश स्तरीय दोस्रो घरेलु महोत्सवको तेस्रो दिन भद्रगोलको टिमले महोत्सवकोे रौनक बढाएको छ । उदयपुरमा विहिबार देखि संचालन भएको १ नं प्रदेशको प्रदेश स्तरिय दोस्रो घ महोत्सवमा भद्रगोलका पाडे, जिग्र, माकुरी र बाहुन डनले महोत्सवको रौनक बढाएको हो । नेपाल घरेलु साना उद्योग महासंघ उदयपुरको आयोजनामा “मेहनत श्रृजना उत्पान र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं, उठाऔैं नेपाल” भन्ने मुल नाराका साथ घरेलु औधोगिक महोत्सव–२०७५ संचालन भई रहेको छ । महोत्सवलाई भब्य र सब्य बनाउनको निम्ती विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्नि गर्दै आएको आयोजकले बताएको छ । महोत्सवको तेस्रो दिन हाँस्य टेलि सिरियल भद्रगोलका ४ जना कलाकारहरुको बेजोड प्रस्तुतीले दर्शकहरुले भरपुर मनोरञ्जन लिएको नेपाल घरेलु साना उद्योग महासंघ उदयपुरको अध्यक्ष मधुकर थापाले बताए । टिलि सिरियलमा झै कलाक...