शान्तिलाई उपचार खर्च सहयोग जुट्न सुरु
उदयपुर, माघ २० गते ।
उदयपुरका त्रियुगा बोक्से नयाँबस्तीकी बोनम्यारो पिडित शान्ति राईलाई विष्णुकुमार राईको पहलमा केहि सहयोग जुटेको छ ।
त्रियुगा नगरपालिका १० बोक्से नयाँबस्ती निबासी २१ वर्षीय पिडित शान्तिको उपचार खर्चका लागि केहि सहयोग जुटेको हो ।
विष्णुकुमार राईको विशेष पहलमा उठेको रकम पिडित शान्तिकै घरमा पुगी शान्ति राई बचाउ अभियान समितिको अध्यक्ष ज्ञान बहादुर राई, कोषाध्यक्ष प्रेम कुमार राई, नेपाल पत्रकार महासंघ उदयपुर शाखा उपाध्यक्ष भोटराज राई, युवा समाजसेवी विष्णुकुमार राईले संयुक्त रुपमा ५५ हजार २ सय ५ रुपैया रकम हस्तान्तरण गरेको थियो ।
चिने जानेका साथी भाईहरुलाई शान्तिको लागि सहयोगको अनुरोध गर्दा विदेशबाट पहल गरि सहयोग गर्नेहरुमा नवराज राई त्रिनपा १४ निबासी हाल दुवाई २३ हजार ९ साय १७ रुपैया, दिनेश मगर त्रिनपा १४ निबासी हाल कोरीया १२ हजार, खिलराज राई रौतामाइ गाउपालिका वड...









