उदयपुरमा लैंगिक हिंसा नियन्त्रणका लागि समिति गठन
उदयपुर, पुस १६ गते ।
समाजमा हुने लैंगिक हिंसा नियन्त्रणका लागि उदयपुरमा जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन भएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक चन्द्रदेव राईको संयोजकत्वमा १९ सदस्यीय समिति गठन भएको हो । प्रहरी सहायक निरिक्षक उमा गुरुङ सदस्य सचिव रहेको समितिको सदस्यहरुमा गैससको तर्फबाट सृजना दनुवार, नागरिक समाजको तर्फबाट कौशल चेम्जोङ, माया भण्डारी, सञ्चार क्षेत्रबाट भोटराज राई, मानव अधिकारको क्षेत्रबाट भरत खड्का, बार एशोसिएसनबाट शिवकुमार कार्की, उद्योग वाणिज्यको तर्फबाट गजेन्द्र भगत रहेका छन् । त्यस्तै ओरेकको तर्फबाट सरस्वती दनुवार, महिला अधिकारकर्मीको तर्फबाट रामवती चौधरी, शिक्षा क्षेत्रबाट देवि पराजुली, जंगबहादुर खड्का, न्यायिक महिलाको तर्फबाट विना पाण्डे, त्रियुगा नगरपालिकाबाट सर्मिला देवकोटा, बाल क्लवको तर्फबाट सरोज खत्री रहेका छन् । बाल कल्याण समितिब...







