बालिकाको हत्याको आशंकामा पाँच युवा पक्राउ
उदयपुर/कात्तिक २७ गते ।
उदयपुरको रौतामाई गाउँपालिका वडा नं ३ लाफागाउँकी १३ वर्षीया एल्जिना खड्काको हत्याको आशंकामा प्रहरीले पाँच जना युवा पक्राउ गरेको छ ।
बालिकाको हत्यामा संलग्न रहेको आशंकामा स्थानिय युवाहरुलाई सोध पुच्छको लागि सोमबार प्रहरीले पक्राउ गरेको हो ।
घटनाको अनुसनधानमा जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी नायव उपरिक्षक (डिएसपी) अर्जुन रानाभट्टको नेतृत्वमा गएको प्रहरी टोलीले घटनामा संलग्न भएको आशंकामा सोधपुच्छको लागि पाँच युवा नियन्त्रणमा लिएको जिप्रका उदयपुरको प्रमुख प्रहरी उरिक्षक (एसपी) चन्द्रदेव राईले बताए ।
घटनाको प्रारम्भिक अनुसनधान पछि तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले शव देखि केहि मिटर पर खोल्सामा घटना घटेको हुन सक्ने अनुमान गरेको छ भने बालिकाको चप्पल फेला परेको प्रहरीले जनाएको छ ।
ईकाई प्रहरी कार्यालय धरानबाट तालिम प्राप्त कुकुर सहितको प्रहर...







