यलेदुङको स्वागतमा जिप प्रज्वलन
उदयपुर, पुस ३० गते ।
विश्व भरका किराँत राईहरुले यलेदुङ ५०७८ लाई विदाई र नयाँ वर्षको स्वागत उदयपुरमा पनि जिप प्रज्वलन गरी गरेको छ ।
विश्वभर छरिएर रहेका किराँत समुदायका राईहरुले यलेदुङ ५०७९ को स्वागत गर्न वर्षको अन्तिम साँझ सोमबार दिप प्रज्वलन गरि रहेको हो ।
किराँत राई यायोक्खा जिल्ला समितिले यलेदुङ ५०७८ लाई विदाई र ५०७९ नयाँ वर्षको स्वागत गर्न दिप प्रज्वलन गरेको किराँत राई यायोक्खा जिल्ला समितिले जनाएको छ । नेपालमा धेरै जनजातीहरुको महान चाड नै पर्ने माघ १ गते किराँत समुदायको भने नयाँ वर्षको पर्ने गरेको किराँत राई यायोक्खा जिल्ला समितिको अध्यक्ष विमल किरातीले बताए ।
यलम्बर राजाको शासनकाल देखि नयाँ यले सम्बत मनाउन र गन्न आएको थियो । त्यसैले विशेष रुपमा माघ १ गतेलाई नयाँ वर्ष मनाउदै आएको राईले बताए । विभिन्न जात जाती र धर्मलम्बिहरुले आ–आफ्नो विशेषता अनुसार माघ १ गतेलाई मनाउने भएप...









