निको भए शिक्षिका बनेर देशको सेवा गर्ने : बोनम्यारो पिडित शान्ति
उदयपुर, माघ २० गते ।
उदयपुरको त्रियुगा नगरपालिका १० बोक्से नयाँबस्तीकी शान्ति राई बिमारीले थलिएको धेरै भयो । भविष्यमा राम्रो शिक्षिका बनेर सेवा गर्ने लक्ष बोकेकी शान्ति, गरीबीका कारण उपचार गराउन नसकेपछि पिडा खपेर घरमै बसिरहेकी हुन् ।
उनी विमारका कारण धापिएर काम गर्न र धेरै हिड्डुल गर्न नसक्ने विरामी शान्ति राईले बताईन् । शान्तिको अझै पनि शिक्षिका बनेर देशको सेवा गर्ने धोको मरेको छैन । निको भए भने एक असल शिक्षिका बनेर देशको सेवा गर्ने विरामी राईले बताईन् ।
कक्षा १२ मा पढ्दै गरेकी २१ बर्षिया शान्तिलाई गएको असारमा ज्वरोले थल्यायो । जिल्लादेखि काठमाडौंका ठूला अस्पतालहरुमा चेकजाँच गर्दा रक्त अल्पता भई बोनम्यारो नै फेर्नुपर्ने समस्या पत्ता लागेको छ । काठमाडौंको टिचिङ हस्पिटलले उनको रोग पत्ता लगाएको हो । सो अस्पतालका हेमोटोलोजिष्ट डाक्टर अन्जन श्रेष्ठले उक्त रोग पत्ता लगाएका थिए ।
...









