Tuesday, July 7News That Matters

समाचार

फैसलापछि कार्यन्वयनमा समस्या

फैसलापछि कार्यन्वयनमा समस्या

समाचार
उदयपुर, मंसिर १४ गते । लैगिक हिंसा विरुद्धको अभियानको क्रममा पैmसलापछिको कार्यन्वयनमा भएको समस्याका विषयमा एक कार्यक्रम भएको छ । कार्यक्रममा सम्बन्धित निकायाको डाटाहरुमा अदालतबाट फैसाल भई कार्यन्वयनमा आएको समस्याहरु ज्टिल देखिएको तथ्याङ्कले देखाएको हो । उक्त कार्यक्रममा सम्बन्धित निकाय सँग भएको घटनाको फैसला र कार्यन्वयनको विवरण प्रस्तुत समेत भएको थियो । प्रहरीको विवरणमा २०७३/०७४मा एक सय ५३ घटनाको मुद्दा दर्ता भएको देखिएको छ । उक्त मुद्दामा शारिरीक ५८ मानसिक ८० र आर्थिक १५ मध्ये ५३ , ६८ र १२ घटनाको मिलापत्र गरेको छ । तर अझै पनि ५, १२ र ३ मुघा बाँकि रहेको छ । जबरजस्ति बलात्कार सम्बन्धि १७ मुद्दामा १४ फैसला भई तीन वटा मुद्दा बाँकि देखिन्छ । जबरजस्ती बलात्कारको उद्योगमा १० मुद्दा मध्ये ८ फैसला भई २ मात्र बाँकि रहेको छ । मानव बेचविखन तथा ओसार पसारमा ३, बहुविवाह ४, विष सेवन ६ र...
त्रिनपा १२ लाई बालविवाह, बालश्रम र लागू औषधमुक्त  पारिने

त्रिनपा १२ लाई बालविवाह, बालश्रम र लागू औषधमुक्त पारिने

समाचार
उदयपुर, मंसीर १३ गते । त्रियुगा नगरपालिका वडा नं. १२ लाई तीन महिनाभित्र बाल विवाह, बाल श्रम र लागु औषध दूब्र्यसनमुक्त पारिने उद्घोष गरिएको छ । “बाल अधिकार–हामी सबैको सरोकार” भन्ने मुल नाराका साथ बिहिबार गाईघाटमा आयोजित बृहद अन्तक्रियामा सरोकारवालाहरुकोबीचमा यस्तो उद्घोष गरिएको हो । त्रियुगा नगरपालिका वडा नं. १२ को सहयोग तथा जनप्रेमी युवा समुह गाईघाटको आयोजनामा भएको कार्यक्रममा सरोकारवाला क्षेत्रका सहभागि प्रतिनिधिहरुले अधिकांश बाल अधिकार हनन्का घटनाहरु गरिब तथा अशिक्षाको कारण भएको पाईएकाले त्यसतर्फ सम्बन्धीत निकायको ध्यान तान्दै समाजमा डढेलो झै फैलदो आगु औषध दूब्र्यसनी अन्त्यका लागि अभियान सन्चालन गरिएको जनाइएको छ । प्रदेश सांसद सुनिता चौधरीले समाज भौतिक संरचनालाई मात्र विकासको रुपमा बुभ्mने मात्र नभई जनचेतनामुलक कुराहरुमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताइन् । जिल्ला समन्वय समि...
मुलक ठीक बाटोबाट अगाडि बढिरहेको छ : महान्यायधिवक्ता खरेल

मुलक ठीक बाटोबाट अगाडि बढिरहेको छ : महान्यायधिवक्ता खरेल

समाचार
उदयपुर, मंसीर १३ गते । महान्यायधिवक्ता अग्नीप्रसाद खरेलले मुलुक ठिक बाटोबाट अगाडि बढिरहेको बताउनु भएको छ । बिहिबार जिल्ला सरकारी वकिल कार्यालय उदयपुरको नवनिर्मीत भवनको उद्घाटन गर्दै महान्यायधिवक्ता खरेलले संघ, प्रदेश र स्थानीय तहको कानूनहरु निर्माण तथा संविधान बनाए बमोजिम मुलुक अगाडी बढिरहेकाले गन्तब्य गलत दिशामा नरहेको बताउनु भयो । संविधान लागू भएको तीनवर्षबीचमा आशादित सबै कुरा पुरा नभएपनि मुलक गलत दिशामा नगएको र लोकतान्त्रिक पद्धतीलाई बलियो बनाउनेतर्फ रहेको प्रष्ट पार्नुभयो । कार्यक्रममा प्रदेश सांसद अम्बिका थापाले जनताका लागि न्याय प्रणाली सहज र सुलभ हुनुपर्ने जोड दिदै उच्च अदालत ओखलढुंगामा सारिएपछि उदयपुर र आसपासका जनताले न्यायका लागि धाउन कठिनता भोगिरहेको बताउनुभयो । जनताको यो कठिनतालाई मध्येनजर गर्दै बैकल्पिक सेवाको व्यवस्था मिलाउनका लागि न्यायधिवक्तासंग आग्रह गर्दै सरक...
पोखरीमा डुबेर बालकको मृत्यु

पोखरीमा डुबेर बालकको मृत्यु

समाचार
उदयपुर, मंसिर १२ उदयपुरको त्रियुगा नगरपालिकाका मिलन चोकको एक बालक पोखरीमा डुबेर मृत्यु भएको छ । स्थानिय केदार पाण्डेको ३ वर्षीय छोरा रोशन पाण्डे पोखरीमा डुबेर मृत्यु भएको हो । मंगलबार विहान घरबाट हराएको बालक नजिकैको पोखरीमा डुवि मृत फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
शिविरले स्थानिय लाभान्वित

शिविरले स्थानिय लाभान्वित

समाचार, स्वास्थ्य
उदयपुर, मंसिर ११ गते । उदयपुरका रौतामाईको पुँवारे भञ्ज्याङमा एक दिने निशुल्क स्वास्थ्य शिविर संचलन भएको छ । रौतामाई गाउँपालिकाको वडा नं ८ पुँवारे भञ्ज्याङमा एक दिने निशुल्क स्वास्थ्य शिविरमा गाउँलेहरुले स्वास्थ्य चेक जाच गराएको हो । विकट पहाडी भेगमा बसोबास गर्ने मानिसहरुलाई अन्धविश्वास र आर्थिक स्थिति नाजुक भएकोले स्थानिय सरकारले प्रत्येक वडामा निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गरि स्वास्थ्य समाज बनाउनु पर्ने प्रदेश नं १ का प्रदेश सांसद नारायण बुर्जामगरले बताए । गाउँपालिको ग्रामिण समुदायका आमाहरुमा हुने बच्चा दानीको समस्या देखि विभिन्न समस्या हटाउनु पर्ने मगरले बताए । शिविर संचालन गर्नाले जनचेता फैलाउने, दुखि गरिबले पनि उपचार पाउने भएकोले निःशुल्क शिविरको कार्यक्रम ल्याउनु पर्ने मगरले बताए । निशुल्क स्वास्थ्य शिविरमा विकट पहाडी गाउँघरबाट करिब एक सय ५० जनाले स्वास्थ्य...
टिपरको ठक्करबाट एकको मृत्यु

टिपरको ठक्करबाट एकको मृत्यु

समाचार
उदयपुर, मंसिर १० गते । उदयपुरका त्रियुगा नगरपालिकाको गुन्टेमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका वडा नं ७ जलजले–मुर्कुची सडक खण्ड स्थित गुन्टेमा चुन ढुंगा बोक्ने टिपरले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको हो । बेलुका ९ः३० बजे बा ३ ख ६११५ नम्बरको टिपरले स ५ प ३१२७ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिएको थियो । कसमस सिमेन्टको चुन ढुङ्गा बोक्ने टिपरले मोटरसाईकललाई ठकर दिदा मोटरसाईकलको पछाडी सवार त्रिनपा ७ निबासी १८ वर्षीय सोनाम राईको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मोटरसाईकल चालक त्रिनपा ७ निबासी भुपेन्द्र राई सामान्य घाईते भएको छ । कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टमको लागि शव जिल्ला अस्पताल उदयपुर ल्याईएको प्रहरीले जनाएको छ । गाडी र चालक नियन्त्रणमा लिई कार्वाही अघि बढाएको जिल्ला प्रहरी कार्याल...
निर्मला पन्तकाण्डका बरखास्त सुरक्षाअधिकारीलाई हिरासतमा राख्न सांसदको माग

निर्मला पन्तकाण्डका बरखास्त सुरक्षाअधिकारीलाई हिरासतमा राख्न सांसदको माग

समाचार
उदयपुर, मंसीर ९ गते । उदयपुरकी प्रदेश सांसद अम्बिका थापाले निर्मला पन्तको बलात्कार तथा हत्याका दोषी अझै पक्राउ नपर्नुमा सरकारको कमजोरी औल्याएकी छिन् । लैंगिक हिंसाविरुद्धको १६ दिवसीय अभियानको सुरुवाती स्वरुप आयोजित प्रभातफेरीपछिको कोणसभालाई सम्बोधन गर्दै सांसद थापाले पन्तकाण्डमा सरकारको कमजोरी औल्याएकी हुन् । लामो अनुसन्धान भईसकेको र अनुसन्धान अधिकृतहरु समेत कारवाहीमा परिसक्दा पनि दोषी पत्ता नलाग्नु सरकारको कमजोरी औल्याउदै उनले निर्मला पन्त बलात्कार हत्याकाण्डका प्रहरी प्रमुखलाई बरखास्त गरेर मात्र हैन, अन्य आरोपित सरह हिरासतमा राखेर अनुसन्धान गर्न माग गरिन् । अभियान सुरुवातस्वरुप उदयपुरको सदरमुकाम गाईघाटमा र्याली भएको हो । लोकतान्त्रिक चौकदेखि सुरु भएको र्यालीले गाईघाट बजार परिक्रमा गरेको थियो । हिँसाविरुद्धको विभिन्न नाराबाजी गर्दै भएको र्यालीमा अभियानकर्मी, कर्मचारी, नाग...
उद्योग दिवसमा उद्यमीहरुलाई पुरस्कार र सम्मान

उद्योग दिवसमा उद्यमीहरुलाई पुरस्कार र सम्मान

आर्थिक, समाचार
उदयपुर, मंसीर ९ गते । घरेलु तथा साना उद्योग विकास समिति उदयपुरले तेस्रो उद्यम दिवस भव्यरुपमा मनाउदै उद्यम क्षेत्रमा उदाहरणीय र विशेष योगदान रहेका उद्यमीहरुलाई आईतबार सम्मान गरिएको छ । सडकमा फालिएको प्लाष्टिकको डोरी संकलन गरेर विभिन्न सामग्री बनाउने गाईघाटका उद्यमी सूर्यबहादुर राई पुरस्कृत भएका छन् । फोहोरको थुप्रोमा फालिएको प्लाष्टिकको डोरीबाट विभिन्न सामग्री बनाई उत्कृष्ट सिप देखाउनुका साथै स्वच्छ वातावरणका लागि समेत टेवा पुर्याएको भन्ने खबर मिडियामा आएको थियो । सोही खबरको आधारमा राई पाँचसय नगद पुरस्कारसहित प्रमाण–पत्र र खादाले सम्मानित भएका हुन् । राईका साथै विभिन्न विद्याका अन्य ११ जना उद्यमी सम्मानीत भएका छन् । सम्मानित हुनेहरुमा कृष्ण वास्तोला, सृजना पौडेल, शोभा पौडेल, सिता दनुवार, दिनेश साह, कृष्ण शर्मा, प्रदिप गिरी, राजन कामी, जानुका कार्की बस्नेत, दुर्गादेवि शाही र तुनाई ...
लाफागाउँ बालिका बलात्कार हत्याकाण्ड सार्बजनिक : संंगै पढ्ने साथीद्वारा बलात्कार-हत्या

लाफागाउँ बालिका बलात्कार हत्याकाण्ड सार्बजनिक : संंगै पढ्ने साथीद्वारा बलात्कार-हत्या

समाचार
उदयपुर, कात्तिक २९ गते । उदयपुरको रौतामाई गाउँपालिका वडा नं ३ लाफागाउँकी १३ वर्षिय बालिका एल्जिना खड्काको बलात्कार गरी हत्यामा संलग्न दुईजनालाई प्रहरीले बिहिबार सार्बजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाको छ दिनपछि आज पत्रकार सम्मेलनको आयोजना गर्दै घटनामा संलग्न व्यक्तिहरुसहित घटनाको बारेमा सार्बजनिक गरेको हो । जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार घटनाको अनुसन्धान तथा लासको पोष्र्टमार्टमबाट बालिकाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको देखिएको छ । जघन्य घटना घटाउने गाउँकै १५ वर्षिय र १८ वर्षिय किशोर रहेको प्रहरीले जनाएको छ । बलात्कार हत्यामा संलग्न रहेकाहरु बालक रहेकाले प्रहरीले नाम भने सार्बजनिक गरेको छैन । हत्यामा संलग्न दुईमध्ये एकजना गाउँकै विद्यालयमा संगै पढ्ने साथी हुन् । अनुसन्धानबाट उनीहरुकै संलग्नता एकिन भएको र मृतकका बुवाले दुबैको नाममा ...
लाफागाउँ बलात्कार हत्याकाण्ड : एल्जिनाको अन्तिम दाहसंस्कार

लाफागाउँ बलात्कार हत्याकाण्ड : एल्जिनाको अन्तिम दाहसंस्कार

समाचार
उदयपुर, कात्तिक २९ गते । उदयपुरको रौतामाई गाउँपालिका वडा नं ३ लाफागाउँकी १३ वर्षिय बालिका एल्जिना खड्काको शब पोष्टमार्टमपछि अन्तिम दाहसंस्कार गरिएको छ । विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार पोष्टमार्टम गरि गाईघाट ल्याईएकोमा बुधबार परिवारले जिम्मा लिई अन्तिम दाहसंस्कार गरेको हो । हिन्दु सस्कार अनुसार बालिकाको अन्तिम दाहसस्कार गरिएको मृतकको बुवा दुर्गबहादुर खड्काले बताए । गत शनिबार बाख्रा चराउन गएर नफर्केकी रौतामाई गाउँपालिका– ३ लाफागाउँ अमला भञ्याङ्गकी एल्जिना खड्काको शव अर्धनग्न अवस्थामा भोलीपल्ट आइतबार फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको ठहर गर्दै प्रहरीले अनुसन्धान अपराधी नजिक पुगेको जनाएको छ । घट्नामा संलग्न भएको आशंका तथा सोधपुछका लागि प्रहरीले ६ जना युवालाई पक्राउ गरेका मध्ये चारजनालाई मंगलबार नै छाडिएको छ भने अनुसन्धानले घटनामा संलग्न देखाएक...