त्रियुगा-१५ छिट्टै पूर्णसरसफाई हुदै
विक्रम राई
पूर्णपष्टि/उदयपुर, असार २९
त्रियुगा नगरपालिका वडा नं १५ रानिवासका स्थानीयहरुलाई बाल्टिन वितरण गरिएको छ । मातृ तथा बालमैत्री स्वास्थ्य र पोषण परियोजना अन्तर्गत वल्र्ड भिजन ईन्टरनेशनलको सहयोग तथा हुरेण्डेकको साझेदारीमा बिहिबार बाल्टिन वितरण गरिएको हो ।
बालमैत्री शासन लागु गर्ने र पूर्णसरसफाई वडा घोषनणामा वडा नं १५ अन्तिम प्रयासमा रहेको भन्दै सामाग्रीहरु वितरण गरिएको छ । १ थान बाल्टिन, साबुन दानीसहित २ ओटा साबुन बितरण गरिएको छ ।
“नेपाली जुटौ बालबिबाह रोकौँ” भन्ने नाराका साथ यतिवेला देशैभर बालमैत्रि साशन लागु गर्ने र पूर्ण सरसफाई युक्त घोषणाको कार्यहरु देशको मुख्य सुचिमा रहेको छ । यसैलाई जोड गर्दै देशैभरी प्रथामिकता रहेको पूर्णसरसफाई अभियानमा सो वडा पनि अन्तिम चरणमा आईसकेको छ ।
वडाको रानिवास पछि खाँवु, डहर र छाम्लिङ गरी ८ सय ३९ घरधुरीलाई वितरण गरिने अनुगमन अधिकृत जितेन...









