Tuesday, July 7News That Matters

समाचार

गाईघाट २०५५ एसएलसी व्याजीले फुलपातीमा बृहद कार्यक्रम गर्ने

गाईघाट २०५५ एसएलसी व्याजीले फुलपातीमा बृहद कार्यक्रम गर्ने

शिक्षा, समाचार
पूर्णपुष्टि/उदयपुर, असोज १ गते । त्रियुगा माध्यामिक विद्यालय गाईघाट २०५५ एसएलसी ग्रुपले आगामी दशैंको उपलक्षमा विशेष बृहद भेटघाट कार्यक्रम गर्ने भएको छ । आगामी असोज ३० गते फुलपातीका दिन सबै एसएलसी व्याजी साथीहरुबीच भेटघाट कार्यक्रम राख्ने तयारी भएको व्याजी ग्रुप संयोजक राजेन्द्र अधिकारीले बताए ।एसएलसी व्याजी साथीहरु सबैलाई खबर गरी चाडबाडको मौकामा जम्मा हुने जमर्को गरिएको उनले बताए । विगत दुईवर्षदेखि व्याजी साथीहरु संगठित भई देउसीभैलो तथा सामाजिक कार्य गर्दै आएको छ । सोही क्रममा यसपटक फुलपातीमा विशेष भेटघाट कार्यक्रम गर्ने भएको हो । मानिसको जीवनमा अध्ययन कालको विद्यालयको अविष्मरणीय काललाई सदैव स्मरण गर्दै आउदो पुस्तालाई शिक्षामा प्रेरित गर्ने र शिक्षा तथा सामाजिक क्षेत्रमा सकेको योगदान गर्ने ग्रुपको उद्देश्य रहेको छ । विद्यालय शिक्षा सकेपछि अध्ययन तथा जागिर, अन्या व्यापार, व्य...
ईटहरी हिडेका श्रेष्ठ बेपत्ता

ईटहरी हिडेका श्रेष्ठ बेपत्ता

समाचार
पूर्णपुष्टि/उदयपुर भदौ ३१ गते । उदयपरमा एक बृद्धा हराएको भन्दै परिवारले जिल्ला प्रहरीमा हुलिया सहित निवेदन दिएको छ । त्रियुगा नगरपालिका ३ मोतिगडाका ६० वर्षीय यज्ञ बहादुर श्रेष्ठ दुई दिन देखि हराएको भन्दै श्रेष्ठका परिवारले जिल्ला प्रहरी कार्यालय उदयपुरमा निवेदन दिएको हो । भदौ ३० गते विहान ६ बजे इटहरी जानलाई हिडेको श्रेष्ठ सम्पर्कमा नआएपछि परिवारले चिने जाने सम्म खोज तला गर्दा नभेटेपछि श्रेष्ठका श्रीमति विन्दा माया श्रेष्ठले प्रहरीमा हुलिया सहित निवेदन दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ५ फिट तीन ईन्च उच्चाई भएको, गहुँ गोरो, दाह्री र केश फुलेको मोटो मोटो देखिने श्रेष्ठको हुलिया सहित जिल्ला प्रहरीमा निवेद दिएको प्रहरीले जनाएको छ ।...
लिम्चुङबुङमा सर्बोच्च शिखर सगरमाथा हेर्ने भ्यूटावर बन्दै

लिम्चुङबुङमा सर्बोच्च शिखर सगरमाथा हेर्ने भ्यूटावर बन्दै

पर्यटन, समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २५ गते । गाउँको समृद्धि पर्यटनसंग जोड्ने उद्देश्यका साथ अगाडी बढिरहेको उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले विश्वको सर्बोच्च शिखर सगरमाथा हेर्ने विशेष महत्वको एभरेष्ट भ्यूटावर निर्माणको काम अगाडि सारेको छ । यसै सिलसिलामा दोवाटे भ्यूटपमा आधुनिक लिम्चुङबुङ पार्कसंगै निर्माण हुन लागेको भ्यूटावरको डिपीआर सर्भेको थ्रीडी प्लान भिडियो क्लिप तयार भएको छ । पर्यटक भित्राउने र गाउँपालिकाको मौलिक पहिचान झल्काउने उद्देश्यले टावरको निर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख मेजरकुमार राईले बताए । सबै जातजाती, धर्म संस्कृति र प्राकृतिक एवम् मौलिक विषयवस्तुको प्रतिकको रुपमा निर्माण गरिने २७ फिट अग्लो भ्यूटावरबाट महालंगुर हिमश्रृङ्खलाहरुको अवलोकन गर्न सकिन्छ । विश्वको सर्बोच्च शिखर सगरमाथा, कन्चनजंगा, मकालु, जुगल, गौरीशंकर, चोयो, चारपाटे हिमाल, ल्होत्से लगायतका हिमालको अवलोकन गर...
नागरिक समुहद्वारा कार्यशैली र अभिव्यक्ति सुधारको माग, खबरदारीप्रति गाउँपालिका सकारात्मक

नागरिक समुहद्वारा कार्यशैली र अभिव्यक्ति सुधारको माग, खबरदारीप्रति गाउँपालिका सकारात्मक

समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २५ गते । नागरिक दवाव समूह लिम्चुङबुङले जनप्रतिनिधीको कार्यशैली र अभिव्यक्ति सुधारको माग गर्दै आइतबार गाईघाटमा पत्रकार सम्मेलन गरेको छ । नागरिक समाज, राजनीतिक दल, सरोकारवालाहरुसंग समन्वय नगर्ने, सल्लाह सुझाव नलिने र सूचना र अभिव्यक्ति दिने कुरामा गुनासो रहेको भन्दै पत्रकार सम्मेलनमार्फत सुधारको माग गरेका हुन् । सुधार नगरेमा आन्दोलन गर्नेसमेत जनाएको समूहले आफुहरुको आवाज गाउँपालिका, जनप्रतिनिधि र विकास विरोधी नभई कार्यशैली र केही आपत्तिजक अभिब्यक्तिको विरुद्धमा रहेको संयोजक टकमान राईले बताए । “हामी पारदर्शीता चाहन्छौं, नागरिक समाज, राजनीतिक दल र सरोरवालाको सल्लाह, सुझाव, समन्वय र सहकार्यबाट गाउँपालिकाको समग्र विकासका टेवा पुगोस् ।” संयोजक राईले भने “विरोधका लागि विरोध होइन, हामी पनि गाउँपालिकाको विकास र समृद्धिका लागि सहकार्य, समन्वय गर्न चाहेका हौं ।” खासगरी,...
एकवर्षमा गहकिलो शिक्षा मिलेको मेयर चौधरीको भनाई, साढे ९९ करोड बजेट सार्बजनिक

एकवर्षमा गहकिलो शिक्षा मिलेको मेयर चौधरीको भनाई, साढे ९९ करोड बजेट सार्बजनिक

समाचार
उदयपुर/पूर्णपुष्टि, भदौ २२ गते । त्रियुगा नगरपालिकका मेयर बलदेव चौधरीले एकवर्षको अनुभवले राम्रो काम गर्नुपर्छ, जनताका इच्छा आकाँक्षालाई सम्बोधन गर्नुपर्छ, नगरलाई समृद्ध बनाउनुपर्छ भन्ने गहकिलो शिक्षा मिलेको बताउनुभएको छ । आर्थिक वर्ष २०७४/०७५ को वार्षिक समिक्षा तथा आ.ब. २०७५/०७६ को बजेट सार्बजनिक कार्यक्रममा सुक्रबार बोल्दै मेयर चौधरीले नगरको सिंगो टिमले नगरपालिकाको पाँचवर्षे आवधिक योजना बनाएको बताउनुभयो । स्वास्थ्य, शिक्षित, उद्यमशील हाम्रो शहर - समुन्नत, समावेशी, समृद्ध त्रियुगा नगर भन्ने मुल नाराका साथ पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सामाजिक, गैरसरकारी क्षेत्रमा के कस्तो गर्ने भन्ने कुरा निर्दिष्ट गरिएको बताउनुभयो । कानून नहुनु, पर्याप्त स्रोत, साधन र जनशक्ति नहुनु जस्ता चुनौतीका बाबजुद नगरलाई सन्दर र समृद्ध बनाउने आधार तयार गरेको बताउनुभयो । अवको २५ वर्षसम्म, अब आउ...
घमानको शब्द संगितमा रहेको गित चर्चामा

घमानको शब्द संगितमा रहेको गित चर्चामा

मनोरञ्जन, समाचार
पूर्णपुष्टि/उदयपुर भदौ २२ शब्द तथा संगितकार घमान सिङ राई ( जिबि ) को शब्द संगितमा रहेको गित अहिले चर्चामा आएको छ । राईको आफ्नो शब्द र संगितमा रहेको ५ ओटा गित सार्वजानिक भए सँगै चर्चा कमाउन सफल भएको हो । बिषेश गरी पूर्वमा “तिमि काहाँ छौ” बोलको गितले यतिवेला चर्चा कमाईरहेको शब्द तथा संगितकार राईले बताए । उनले तिमि काहाँ छौ....., नरौऊ है ए आमा....., तिमि सधै......, ए मेरी आमा....., कान्छीको मुहार......लगाएतको गितहरु सार्वजानिक राईले बताए । बुढासुब्बा म्युजिक कम्पनी र सङस नेपालले गितको भिडियो सार्वजानिक गरेको छ । गितमा राम चन्द्र राई, सुन्दर दुमि राई ,युवराज राई, र पुजन लिम्वुले स्वर दिएको छ । सानै देखि संगितको क्षेत्रमा अब्बल रहेको राईले शब्द र संगितलाई निकै चासो र रुचिको रुपमा अगाडी बढाए । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १६ सिम्लेमा जन्मेका राईले भोगल भन्दा पनि संगितमा भ...
रमाईलो डाँडाका विजुलीको पोल जिर्ण बन्दै

रमाईलो डाँडाका विजुलीको पोल जिर्ण बन्दै

समाचार
एस् किराती/उदयपुर भदौ २२ उदयपुरको रमालो डाँडाका एक बस्तिमा स्थानिय तहले चासो नलिदा विजुलीको पोल जिर्ण बन्दै गएको छ । चौदण्डिगढी नगरपालिका वडा नं ३ रमाईलो डाँडाको बस्तिमा स्थानिय तहको ढिला सुस्तिले विजुलीको पोल जिर्ण अवस्थामा पुगेको हो । स्थानियबासीले काठको पोल फेर्नलाई सम्बिन्धित निकायमा पटक पटक जनकारी गराएपनि अटेर गरेर बसेको स्थानियबासी ईच्छ राईले बताए । गत वर्ष चौनपाको विभिन्न गाउँमा पक्कि पोल वितरण गरेपनि रमाईलो डाँडामा नदिएको राईले बताए । २०७३ सालमा ५ वटा पक्कि पोल पाएको रमाइलो डाँडामा बेला बेलामा पोलको कारणले विजुली अवरुद्ध हुने गरेको राईको भनाई छ । सामाजिक कार्य गर्न निर्देशन आउनु पर्ने भएकोले जिर्ण पोल फेर्न ढिला सुस्ति भएको टोल सुधार समाजको अध्यक्ष जंग बहादुर वि.क.ले बताए ।  ...
जबरजस्ती करणी, बढी जसो चिनजान कै बाट

जबरजस्ती करणी, बढी जसो चिनजान कै बाट

समाचार
पूर्णपुष्टि/उदयपुर भदौ २१ जबरजस्ती करणीका घटनाहरु अधिकांश चिनेजानेका आफन्तबाटै हुने गरेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय दउयपुरमा दर्ता भएका जबरजस्ती करणी सम्बन्धि मुद्दाहरुमा अधिकांश चिनजानका आफन्तबाटै घटना घटेको पाईएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजनामा ओरेक नेपाल र महिला मानव अधिकार रक्षकहरुको संजालको समन्यन भएको अन्तरक्रिया कार्यक्रमा तथ्याङ्क सार्वजनिक गरेको थियो । जबरजस्ति करणीमा ५ वर्ष मुनिका बालिका समेत परेको पाईएको छ । गत आर्थिक वर्ष २०७४/०७५ को जबरजस्ति करणी सम्बन्धि मुद्दा दर्ताको तथ्याङ्कलाई हेर्दा २९ मुद्दा मध्ये २ जना बाहेक सवै चिनजानका आफन्तबाटै घटना घटेको देखिएको छ । जबरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता आर्थीक वर्ष २०७३/०७४मा १७ वटा दर्ता भएकोमा सवै चिनजान र आफन्तबाट नै घटना घटेको तथ्याङ्कले देखाएको छ । चालु आर्थीक वर्षको श्रावण महिनामा जबरजस्...
शान्तिधाममा क्याम्पसको शिलान्यास

शान्तिधाममा क्याम्पसको शिलान्यास

शिक्षा, समाचार
पूर्णपुष्टि/उदयपुर भदौ २१ उदयपुरको बरुवा क्यम्पसलाई शैक्षिक क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यका साथ क्यम्पसको शिलान्यास विहिबार भएको छ । गाईघाट स्थित बरुवा क्यम्पसको शैक्षिक क्षेत्रको विकास गर्ने उद्देश्यका साथ  शिलान्यास गरेको हो । गाईघाटको शान्तिधाममा क्याम्पस भवनको शिलान्यास त्रियुगा नगरपालिका मेयर बलदेव चौधरीले गरेका हुन् । गुणस्तरीय शिक्षा प्रदान नगरे सम्म बैदेशीक रोजगारी क्रम नरोकीने भएकोले क्यम्पसले नयाँ रणनीति ल्याई प्राविधिक शिक्षा संचालन गर्ने मेयर चौधरीले बताए । प्रभावकारी शिक्षा प्रदन गर्न नसके क्याम्पसहरुको अवस्था मात्रै धरासय नबन्ने मुलुक नै संकटमा पर्ने मेयर चौधरीले बताए ।...
ऐनका प्रावधान संशोधनका मागसहित सिडियोलाई ज्ञापन-पत्र

ऐनका प्रावधान संशोधनका मागसहित सिडियोलाई ज्ञापन-पत्र

समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २० गते । यहि भदौ १ गतेदेखि लागू भएको मुलुकी फौजदारी संहिता ऐनको विभिन्न प्रावधानले सञ्चारमाध्यम र पत्रकारहरुमाथी लगाम लगाउन खोजको भन्दै नेपाल पत्रकार महासंघले संशोधनको जोडदार माग गरेको छ ।   यसै क्रममा नेपाल पत्रकार महासंघ शाखा उदयपुुरले जिल्ला प्रशासन कार्यालय उदयपुरमा प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्कीमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुधबार बुझाएको छ । महासंघ शाखा अध्यक्ष भरत खड्काकाको नेतृत्वमा गएको पत्रकार टोलीले प्रजिअलाई भेटी ज्ञापन पत्र बुझाएका थिए । प्रजिअ कार्कीले आजै प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र पठाईदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । https://youtu.be/9mr4oFvmXjE...