पूर्णपुष्टि प्रभाव : सहयोगदाताका कारण बालक सुमनको पहिलोचरणको अप्रेशन सम्भव
पूर्णपुष्टि/उदयपुर, भदौ २० गते
खोटेहाङ गाउँपालिका ४ थामखर्कका १४ वर्षिय बालक सुमन परियारको काठमाडौंमा पहिलोचरणको अप्रेशन हिजो सम्भव भएको छ ।
सहयोगी मनहरुको आर्थिक सहयोगबाट उनको अप्रेशन सम्भव भएको हो । उनको उपचारका लागि चित्रा नेम्वाङ, लक्ष्मी केम्बाङ र सोबिन सुब्बाको पहलमा बेलायतबासीबाट ३३ हजार ३०० र बेलायतमै रहनु भएकी रमा राईको पहलमा संकलीत ६ हजार ५०० गरी कुल ३९ हजार ८०० रुपैया सुमनलाई उपलब्ध गराइएको मानवीय सहयोगमा जुटिरहेकी खुसी राईले बताउनुभयो । एक क्यान्सर पिडित सुनील घले लागि संकलित उक्त रकम, घले वितेको र परिवार पनि सम्पर्कमा नआएपछि चरम गरिबीले उपचार नपाइरहेका बालक सुमन लगायत चार जनालाई प्रदान गरिएको राईले जानकारी दिईन् । त्यस्तै बालकको गाउँघरबाट पनि ३५ हजार रुपैया प्राप्त भएपछि उक्त सहयोग रकमले अप्रेशन सम्भव भएको दिदी सुमिता परियारले बताईन् । पूर्णपुष्टिले फलोअप खबर गर्दै जाने ...









