Tuesday, March 3News That Matters

समाचार

एमाले कार्यकर्ताको दुर्घटनामा मृत्यु

एमाले कार्यकर्ताको दुर्घटनामा मृत्यु

समाचार
पूर्णपुष्टि/गाईघाट, मंसीर २५ गते । चुनावको पछि लाग्ने क्रममा एक युवाको ज्यान भएको छ । प्रदेश तथा प्रतिनिधिसभाको निर्बाचनमा बामगठबन्धनको पक्षमा मत माग्न खटिएर मतपरिणामप्रति चासो राख्दै सदरमुकाम आउदै गरेका त्रियुगा नगरपालीका १६ जातेका २३ वर्षिय सुवास रानाको दुर्घटनामा परी ज्यान गएको हो । प्रहरीले दिएको जानकारी अनुसार शनिबार मोटरसाईकलमा आउदै गरेका राना त्रिनपा १० बोक्सेमा अटो ट्याम्पुसंग ठोक्किएर गम्भिर घाईते उनको उपचारको क्रममा आइतबार मृत्यु भएको हो । स ८ प ९५३८ नम्वरको मोटरसाईकल र गाईघाटबाट करमगाछि जादै गरेको स १ ह ३८२ नम्वरको अटो ट्याम्पु एक आपसमा ठक्कर खाएर दुर्घट्ना भएको थियो । उनी घरबाट सदरमुकाम गाईघाटमा मतगणनाबारे चासो राख्दै सुन्नका लागि हिडेको परिवारले जनाएको छ । नेकपा एमालेका युवा कार्यकर्ता उनलाई न्युरो हस्पिटल विराटनगरमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । अटो च...
सबैको भूमिकाले शान्तिपूर्ण निर्बाचन सम्भव

सबैको भूमिकाले शान्तिपूर्ण निर्बाचन सम्भव

समाचार
पूर्णपुष्टि/उदयपुर, मंसीर २५ गते । मुख्य निर्बाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले प्रत्यक्षतर्फको मतगणना शान्तिपूर्वक, विश्वसनीय र प्रभावकारीढंले सम्पन्न भएको प्रतिक्रिया दिनुभएको छ । मंसीर २२ गते बेलुकादेखि दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश सभाको निर्बाचनको मतगणना थालिएकोमा रातदिन गरेर सोमबार विहान सकिएको उहाँले बताउनुभयो । यसमा राजनीतिक दल, सुरक्षा निकाय र संचारजगतको प्रशंसनीय सहयोग रहेको मुख्य निर्बाचन अधिकृत शर्माले बताउनुभयो । मतदानदेखि मतपेटीका संकलन र गणनासम्मको अवधीमा कुनै पनि अप्रिय घटना र सुरक्षा चुनौती सामना गर्न नपरेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलले बताउनुभयो । उहाँले हिंसारहित निर्बाचन सम्पन्न भएको प्रतिक्रिया दिदै मतदाता, आम उदयपुरे नागरिक, राजनीतिक दल, उम्मेदवार तथा व्यवस्थापकीय भूमिकामा रहेको मुख्य निर्बाचन अधिकृतको कार्यालय, निर्बाचन अधिकृतको कार्यालय, ...
उदयपुरमा बामगठबन्धन ४, कांग्रेस २ / प्रतिनिधिसभातर्फ कांग्रेसका डा. खड्का, र माकेका राई विजयी

उदयपुरमा बामगठबन्धन ४, कांग्रेस २ / प्रतिनिधिसभातर्फ कांग्रेसका डा. खड्का, र माकेका राई विजयी

समाचार
पूर्णपुष्टि/उदयपुर, मंसीर २५ गते । निकै रोचक र चासोपूर्णढंगले हेरिएको उदयपुरको प्रतिनिधिसभा क्षेत्र नं. १ मा बामगठबन्धनको उम्मेदवार नेकपा एमालेकी मञ्जुकुमारी चौधरीलाई पछि पार्दै नेपाली कांग्रेसका उम्मदेवार डा. नारायण खड्का विजयी भएका छन् । सोमबार बिहान डा. खड्काले ५४८ मतले चौधरीलाई पछि पार्दै विजयी हुनुभएको हो । उहाँको मत ३३,१४२ हुदा चौधरीको ३२,५९४ मत प्राप्त गर्नुभयो । योसंगै २ प्रतिनिधिसभा र ४ प्रदेशसभा रहेको उदयपुरको प्रत्यक्षतर्फको १ लाख १७ हजार ४४० मतगणना सकिएको छ । अन्तिम मतपरिणामबाट बामगठबन्धनले एक महिलासहित ४ सिट र कांग्रेसले २ सिटमा विजय हाँसिल गरेको छ । प्रतिनिधिसभामा दुबैतर्फको १/१ सिटमा जीत हात परेको छ । प्रतिनिधिसभा २ तर्फ तीनै सिट बामगठबन्धनले जीतेको छ भने १ मा कांग्रेसले २ सीट र बामगठबन्धनले १ सिटमा चित्त बुझाउनु परेको छ । प्रतिनिधिसभा २ मा बामगठबन्धनतर्फका उम्मेदव...
उदयपुर २ मा तीनै स्थानमा बामगठबन्धन, १ (क) मा एमाले, (ख) मा कांग्रेस विजयी, प्रतिनिधिसभा १ को गणना रोचक र चासोपूर्ण

उदयपुर २ मा तीनै स्थानमा बामगठबन्धन, १ (क) मा एमाले, (ख) मा कांग्रेस विजयी, प्रतिनिधिसभा १ को गणना रोचक र चासोपूर्ण

समाचार
पूर्णपुष्टि/उदयपुर, मंसीर २४ गते । उदयपुरमा भईरहेको मतगणनाबाट एक महिलासहित पाँचजना उम्मेदवारले विजय हाँसिल गरेका छन् । जसमा एकप्रतिनिधिसभासहित चारसिट बाम गठबन्धनले जितेको छ भने एकसिट कांग्रेसले जितेको छ । उदयपुर निर्बाचन क्षेत्र २ तर्फ बाम गठबन्धनले एकलौटी जित हात पारेको छ । प्रदेशसभा १ (क) मा एमाले र १ (ख) मा कांग्रेसले जितेको हो । शुक्रबार बेलुकादेखि मतगणना सुरु भई आईतबार राती आठबजेसम्मको परिणामबाट पाँचसिटको अन्तिम मतपरिणाम आएको हो । प्रतिनिधिसभा २ बाट बामगठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका सुरेशकुमार राई (हिमाल) विजयी हुनु भएको हो भने २ (क) प्रदेशसभामा बामगठबन्धनको समर्थन पाएको स्वतन्त्र उम्मेदवार नारायणब बुर्जा मगर विजयी हुनुभएको छ भने २ (ख) मा एमालेकी कला घले विजयी हुनुभएको छ । त्यस्तै प्रदेशसभा १ (क) मा एमालेका विमल कार्कीले र (ख) मा कांग्रेसका हिमाल कार्कीले विजय ...
क्षेत्र नं. १ मा डा. खड्का र चौधरीको कडा प्रतिष्पर्धा, २ मा सुरेश राईको अग्रता, प्रदेशमा अग्रता कांग्रेस र एमालेको एकएक

क्षेत्र नं. १ मा डा. खड्का र चौधरीको कडा प्रतिष्पर्धा, २ मा सुरेश राईको अग्रता, प्रदेशमा अग्रता कांग्रेस र एमालेको एकएक

समाचार
पूर्णपुष्टि/उदयपुर, मंसीर २२ गते । उदयपुर प्रतिनिधिसभा १ मा कांग्रेसका उम्मेदवार डा. नारायण खड्का र बाम गठबन्धनतर्फकी एमालेकी उम्मेदवार मञ्जुकुमारी चौधरीबीचको प्रतिष्पर्धा कडा देखिएको छ । मतगणनाको क्रममा डा. खड्का र चौधरीले थोरै मतान्तरले अघिपछि हुदै गएका छन् । २० हजार मत गणनासम्मको अवस्थामा अग्रस्थानमा रहेका खड्कालाई त्यसपछिको अवस्थामा ४ मतको झिनो अन्तर हुदै चौधरीले ७७ मतले पछि पारेका थिए, त्यस लगत्तै खड्काले ५६ मतले पछि पारेका थिए भने त्यसपछि फेरी चौधरीले ८३ मतले पछि पारेका छन् । चौधरीको ११ हजार २ सय ६२ र डा. खड्काको ११ हजार १ सय ७९ रहेको छ । यो राती १० ः०० बजेसम्मको मतपरिणामले देखाएको विवरण हो । दुबै उम्मेदवारबीच अन्तिमसम्म नै कडा प्रतिष्पर्धाको मत देखिनसक्ने सर्बसाधारणको अनुमान छ । प्रतिष्पर्धा देखिएकाले सर्बसाधारणका लागि प्रतिनिधिसभा १ को मतपरिणाम निकै रोचक र चासोको विषय बनेको ...
बाम गठबन्धनका दुई साझा उम्मेदवारको जीत, प्रतिबद्धता पुरा गर्ने विजय उम्मेदवारको उद्घोष (भिडियोसहित)

बाम गठबन्धनका दुई साझा उम्मेदवारको जीत, प्रतिबद्धता पुरा गर्ने विजय उम्मेदवारको उद्घोष (भिडियोसहित)

समाचार
पूर्णपुष्टि/उदयपुर, मंसीर २२ गते । उदयपुरमा मतगणनाको अन्तिम परिणाम आउन थाल्ने क्रममा प्रदेशसभा २ (क) र (ख) मा बाम गठबन्धनका साझा उम्मेदवारहरुले विजय हाँसिल गरेका छन् । ९ हजार ८ सय ७० मतका साथ प्रेदशसभा २ (क) का गठबन्धनतर्फका उम्मेदवार स्वतन्त्रका नारायणबहादुर बुर्जा मगर विजयी भएको छ । भर्याङ चुनावचिन्हका बुर्जाले ३ हजार ९ सय ३४ मतको फराकिलो अन्तरले निकटतम् प्रतिद्वन्द्वि नेपाली कांग्रेसका भेषबहादुर थापा मगरलाई पराजित गर्नुभएको हो । कांग्रेसका मगरले ५ हजार ९ सय ३४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै १३ हजार ४ सय ५९ मतका साथ प्रदेशसभा २ (ख) मा गठबन्धनतर्फकी एमालेकी उम्मेदवार कला घलेले विजयी हासिल गर्नुभएको छ । निकटतम् प्रतिद्वन्द्वि कांग्रेसका रामकुमार खत्रीलाई ४ हजार ४ सय ८३ को भारीमतले पछि पार्दै घले विजयी हुनु भएको हो । कांग्रेसका खत्रीले ८ हजार ९ सय ७६ मत प्राप्त गर्नुभएको थियो । ...
खोटाङमा वाम गठबन्धनका भट्टराई भारी मतान्तरले विजयी

खोटाङमा वाम गठबन्धनका भट्टराई भारी मतान्तरले विजयी

समाचार
केदार मगर/खोटाङ, मंसिर २३ गते । प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका विशाल भट्टराई विजयी हुनुभएको छ । वाम गठबन्धनका साझा उम्मेदवार भट्टराईले लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका सरस्वति बजिमयलाई १३ हजार ७६५ मत अन्तरले पछी पार्दै भट्टराई विजयी हुनुभएको हो । भट्टराईले ३५ हजार ३७७ मत ल्याउनुभएको छ भने, बजिमयले २१ हजार ६१२ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कूल एक लाख २५ हजार मतदाता रहेको जिल्लामा गत मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा ७१ हजार १९१ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा खोटाङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद समेत रहनुभएका भट्टराई एमाले वैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा २०२५ साल चैत्र २२ गते जन्मनुभएका भट्टराईले २०३...
उदयपुरमा अपरान्ह ३ : ४० बजेदेखि मतगणना सुरु

उदयपुरमा अपरान्ह ३ : ४० बजेदेखि मतगणना सुरु

समाचार
पूर्णपुष्टि/उदयपुर, मंसीर २२ गते । उदयपुरको मतगणना शुक्रबार अबेर सुरु भएको छ । सबै मतपेटिका विहान ४ : ३० बजेभित्रै संकलन भईसकेपनि राजनीतिक दलहरुसंगको बैंठक लम्बिनुका साथै तयारीमा ढिलाई भएपछि अपरान्ह ३ : ४० बजेदेखि सुरु भएको हो । दलका प्रतिनिधिहरुको व्यवस्थापन के कसरी गर्ने भन्ने छलफलले बैंठक लम्ब्याएको थियो । एकैसाथ ६ वटा कोठामा निर्बाचन क्षेत्र नं. १ र २ कै मतगणना थालिएको र हरेक दुईवटा मतपेटिकाको मत गणना सकेपछि सोको नतिजा सार्बजनिक गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । गणनामा पनि ढिलाई भएका कारण पहिलो मत गणनाको परिणाम आउन पनि ढिलाई भएको हाम्रा सम्बाददाताले जनाएका छन् । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलले प्रतिनिधि तथा कर्मचारी व्यवस्थापन तथा कार्यतालिका मिलाउने विषयले ढिलाई भएको, कुनै विवादका कारण ढिलाई नभएको बताउनुभयो ।...
डुबेर बेपत्ता युवाको शब निकाल्न सशस्त्र सफल (फोटो फिचर/भिडियोसहित)

डुबेर बेपत्ता युवाको शब निकाल्न सशस्त्र सफल (फोटो फिचर/भिडियोसहित)

समाचार
पूर्णपुष्टि/उदयपुर, मंसीर २२ गते । बिहिबार पौडी खेल्न जाँदा डुबेर बेपत्ता भएका एक युवाको शब सशस्त्र प्रहरीले भोलीपल्ट निकालेको छ । उदयपुरको त्रियुगा नगरालिका ६ जलजलेका २२ बर्षिय डेविट राईको शब उदयपुर सिमेन्ट उद्योग नजिकैको रानीपोखरीको बीचभागमा दलदलमा गाडिएको अवस्थामा फेलापारी सशस्त्र प्रहरीको बिशेषटोलीले शुक्रबार निकालेको हो । दुई साथीहरु सागर खड्का र विनोद दनुवारसहित दिउसो करिब २ बजेको समयमा पौडी खेल्दा डुबेका युवालाई डुबेको खबर लगत्तै उद्धारको प्रयास गरिएपनि पोखरी फराकिलो र गहिरोका कारण स्थानीय असफल भएका थिए । खवर लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली शेनाको टोली पुगेर डुबेको स्थानमा खोजी गरेका थिए । जिल्लास्थित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायका प्रमुखहरुकै उपस्थितिमा खोजी भएको थियो । बत्ति बालेर रातीसमेत खोजी गरिएको थियो । तर फेला पार्न ...
मतगणना सिसि क्यामेराको निगरानीमा, गणना भोलीदेखि हुने

मतगणना सिसि क्यामेराको निगरानीमा, गणना भोलीदेखि हुने

समाचार
पूर्णपुष्टि/उदयपुर, मंसीर २१ गते । उदयपुरको मतगणना कार्य सिसि क्यामेराको निगरानीबाट हुने भएको छ । मत गणनास्थल सदरमुकाम गाईघाट स्थित त्रियुगा उच्च माध्यामिक विद्यालयको भवनका मतगणना प्रायोजनका लागि तयार गरिएको १० ओटा कोठामै सिसि क्यामेरा जडान गरिएको छ । ३ ओटा कोठा स्टोर, १ ओटा सिसि क्यामेरा कन्ट्रोल र बाँकी ६ ओटामा मतगणना हुने मूख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताउनुभयो । स्थानीय प्रशासन, मूख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्बाचन, सुरक्षा निकायहरुको समन्वयबाट मतगणनालाई छिटोछरितो, प्रभावकारी र विश्वसनीय बनाउन सिसि क्यामेरासमेत जडान गरिएको उहाँले बताउनुभयो । सिसि क्यामेराको मद्दतबाट सम्बन्धीत अधिकारीहरुले मतगणना कार्यको निगरानी, अनुगमन सहजरुपले गर्नसक्ने र कुनै वादविवाद वा समस्या आएमा सहजिकरण गर्न सजिलो हुने भएको छ । सिसि क्यामेराको भिडियोलाई सकेसम्म सर्बसाधाणका ल...