Monday, July 6News That Matters

समाचार

गजरकोटेको सृजनामा ‘बार लाउ है मायाले’

गजरकोटेको सृजनामा ‘बार लाउ है मायाले’

मनोरञ्जन, समाचार
पूर्णपुष्टि/सोलुखुम्बु, चैत २० गते खोटाङ खार्मीकी गायिका रेणुका राईले पुर्वेली जुहारी ‘बार लाउ है मायाले’ बजारमा सार्वजनिक गरेका छन् । गीतकार शिखर गजरकोटेको रचना, संगीतकार प्रियजन राईको भाका सृजनामा भर्सटायल गायक राजेशपायल राई र रेणुका राईको स्वरमा सजित पुर्वेली गीत पुर्वेली जुनतारा म्यूजिक मार्फत डिजिटल बजारमा सार्वजनिक गरिएको हो । मौलिक शब्दजालमा तयार पारिएको गीतको भिडियोलाई प्रियजन राईले निर्देशन गरेका छन् । जनकराज अधिकारीले क्यामरा चलाएको भिडियोमा ऋतु कोईराला, समिर राई र हरिचन्द्र राईले अभिनय गरेका छन् । भिडियोमा कलाकारले पहिरिएका मँैलिक भेषभुषाले अझ लोक प्रेमीको मनलाई लोभ्याएको छ । गीतमा समाबेश शब्दको पुरा अंश– बार लाउ है मायाले आँफैले शुरु गरेको प्रित पार लाउ है मायाले मुसलधारे पानी है परयो दुधकोशी सुसायो आँखाको भाका मनैले बुझ्यो पिरती टुसायो जिउडाल हेर्दा ...
लिम्चुङबुङका अध्यक्ष राई गापा महासंघको केन्द्रिय सदस्य

लिम्चुङबुङका अध्यक्ष राई गापा महासंघको केन्द्रिय सदस्य

समाचार
पूर्णपुष्टि, उदयपुर, चैत १९ गते उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई गाउँपालिका राष्ट्रिय महासंघको केन्द्रीय सदस्यमा निर्बाचित भएका छन् । महासंघको दोस्रो महाधिवेशनबाट सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठको अध्यक्षताको ३७ सदस्यीय नयाँ कार्यसमितिमा राई केन्द्रिय सदस्य निर्बाचित भएका हुन् । सपथ ग्रहण र समापन लगत्तै भोली आफ्नो गाउँपालिकाको गुरुयोजना निर्माणार्थ हुन लागेको विज्ञसहितको बृहद कार्यशालाका लागि बाटो लागेको राईले बताएका छन् । तीनदिनसम्म काठमाडौंको बबरमहलमा सन्चालन भएको महाधिवेशनको नयाँ कार्यसमिति घोषणा कार्यक्रम त्रिपुरेश्वरमा भएको थियो । महाधिवेशनले स्थानीय तहको विकास, समृद्धिसंगै सिंगो राष्ट्र विकासमा टेवा पुर्याउने कार्यक्रमहरु गर्ने प्रतिबद्धतासहितको घोषणापत्रसमेत जारी गरेको जनाएको छ ।...
२१ औं सताब्दीकै ठूलो बुद्धमुर्ती र रामचन्द्र पण्डितको मुर्तीकथा (भिडियोवार्तासहित)

२१ औं सताब्दीकै ठूलो बुद्धमुर्ती र रामचन्द्र पण्डितको मुर्तीकथा (भिडियोवार्तासहित)

समाचार
भोटराज राई/उदयपुर, चैत १७ गते -नेपाली इतिहासको पानामा मुर्तीकृतिका चर्चित कलाकार अरनीको स्वर्णअक्षरमा नाम अंकित छ । त्यसपछिका समयहरुमा त्यस्ता नामहरु त्यतिधेरै नसुनिए पनि यतिबेला उदयपुरका एक युवाको काम चर्चा गर्न लायक छ । यतिबेला २१ सौं सताब्दीकै सबैभन्दा ठूलो बुद्धको मुर्ती अन्य तीन नेपाली कलाकारहरुका साथ जापानको एक पहरामा खोप्दै गरेका त्रियुगा नगरपालिका ६ का ३४ वर्षिय रामचन्द्र पण्डीतको मुर्तीकथा घतलाग्दो छ । डेडबर्ष अघिदेखि ६५ फिट अग्लो र २ सय फराकिलो, बुद्धमुर्ती निर्माण गर्दै गरेका यी कलाकारहरुको कला, काम र साधना भोलीका दिनमा इतिहासमा अंकित लायक छ । माटोको भाडाकुडा बनाउने, भगवानका मुर्तीहरु निर्माण गर्ने पुर्खौली पेशा भएको कुम्भकार पण्डित परिवारमा जन्मिएका पण्डित, सानैदेखि माटोमै रमाउने गर्दथे । सानैदेखि पढाईमा भन्दा मुर्तीकृति र चित्रकला, हस्तकलामा धेरै चासो दिनुहुन्थ्यो । “व्य...
सिडियोको आगमन (भिडियोसहित)

सिडियोको आगमन (भिडियोसहित)

समाचार
पूर्णपुष्टि उदयपुर, चैत १८ गते उदयपुरका नयाँ प्रमुख जिल्ला अधिकारीको आगमन भएको छ । गत सोमबारदेखि प्रजिअ विष्णुकुमार कार्की कार्यालयमा हाजिर हुनु भएको हो । आइतबार आयोजित पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा प्रजिअ कार्कीले जिल्लालाई शात, सुन्दर र सम्मानित बनाउन लागी पर्ने बताउनुभयो । उहाँले सबैको सल्लाह र सुझावको आधारमा अगाडी बढ्ने बताउनुभयो ।उहाँले मर्यादीत पत्रकारिताले मात्र विकास सम्भव रहेको भन्दै सूचनाको पहुँचमा कमी हुन नदिने बताउनुभयो । जिल्लाको समस्याहरुबारे जानकारी लिदै समाधानका लागि स्थानीय सरकारसंग समन्वय तथा पहल कदमी बढाउने र त्यसका लागि सबैको सहयोगको अपेक्षा गरिएको पनि उहाँले बताउनुभयो । त्यसमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । भोजपुर घर भएका प्रजिअ कार्कीले उदयपुर बसिन्जेल उदयपुरलाई नै आप्mनो घर ठानेर काम गर्ने बताउनुभयो । विभिन्न जिल्लामा प्रजिअको कार्...
स्व. डा. राईको स्मरण गरियो (भिडियोसहित)

स्व. डा. राईको स्मरण गरियो (भिडियोसहित)

समाचार
पूर्णपुष्टि उदयपुर, चैत १८ गते -उदयपुरको सदरमुकाम गाईघाटको बजारको स्वरुप बनाउने र स्वास्थ्य, शिक्षा र समाजसेवामा विशेष योगदान पुर्याएका एक ऐतिहासिक व्यक्तित्वलाई आईतबार सम्झने काम भएको छ । स्व. डा. रणसेर राई स्मृति अक्षयकोषको आयोजनामा स्मारिका वितरण समारोह कार्यक्रममार्फत स्व. राईलाई सम्झिने काम भएको हो ।कार्यक्रमका सहभागिहरुले स्व. राईको योगदानको चर्चा गर्दै उहाँलाई सदा सम्झने र उहाँको योगदानको कदर हुने किसिमको काम हुनुपर्नेमा जोड दिए । स्व. राई समाजसेवी, शिक्षाप्रेमी, विकासप्रेमी, शाहसी, जीवनभर सक्रिय, इमान्दार, सहयोगी र परोपकारी रहेको कुरा उल्लेख गर्दै विशेषगरी स्वस्थ्य उपचारबाट धेरैको सेवा पुर्याएको उनीहरुले बताए । खोटाङमा जम्मिएका स्व. राई ब्रिटिस लाउरेमा चिकित्सा पढेर बीचमै देश फर्केका थिए । खोटाङ र उदयपुरमा सेवा पुर्याएका स्व. राईले दुबै जिल्लाबासीले सदा सम्झने योगदान गर...
महासंघको स्थापना दिवसमा कैदीबन्दीलाई पत्रपत्रिका वितरण

महासंघको स्थापना दिवसमा कैदीबन्दीलाई पत्रपत्रिका वितरण

समाचार
पूर्णपुष्टि/उदयपुर, चैत १६ गते -नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवसको अवसरमा शाखा उदयपुरले जिल्ला कारागारभित्रको अवस्थाबारे बुभ्mनुका साथै पत्रपत्रिका प्रदान गरेको छ । कारागारलाई राज्यले सुधार गृहको रुपमा लिएको अवस्थामा कारागारभित्रको अवस्था बुभ्mन शाखाले कैदीबन्दीहरुसंग भेटघाट तथा पत्रपत्रिका वितरण कार्यक्रम गरेको हो । कारागार प्रमुख मुकुन्द ढकाल, सुरक्षा इन्चार्ज असई धनकुमार श्रेष्ठसंगको समन्वयमा भएको कार्यक्रममा पत्रकार महासंघको तर्फबाट पत्रपत्रिका प्रदान गरिएको थियो । महासंघ शाखा अध्यक्ष भरत खड्काले पत्रपत्रिका प्रदान गर्नुभयो । महासंघको पहलमा कैदीबन्दीहरुका लागि दैनिक तथा साप्ताहिक पत्रपत्रिका पढ्ने व्यवस्था मिलाइएको छ । ५० जना क्षमता रहेको कारागारमा हाल ९ महिलासहित १२३ जना कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढि रहेपनि खान, बस्नका लागि राम्रै व्यवस्था रहेको उनीहरुले ब...
लिम्चुङबुङ गापालाई समृद्ध र नमुना बनाउन कार्यशाला हुने, सहभागिताका लागि सबैलाई अनुरोध

लिम्चुङबुङ गापालाई समृद्ध र नमुना बनाउन कार्यशाला हुने, सहभागिताका लागि सबैलाई अनुरोध

समाचार
पूर्णपुष्टि/उदयपुर, चैत १५ गते https://www.youtube.com/watch?v=P4b3WIG1YIg -लिम्चुङबुङ गाउपालिकाले आप्mनो ठाउँमा जन्मिहुर्की विभिन्न कामको सिलसिलमा देश, परदेश वा बाहिर रहेका सबैलाई गाउँपालिकाको चिन्तन, मनन्का लागि उपस्थितिको लागि अनुरोध गरेको छ । सबैको सपना, सोच, विचार र योजना समेतलाई समेटेर गाउँपालिकाको गुरुयोजना बनाउने लक्षका साथ आगामी चैत २० गते सहभागि भईदिन अनुरोध गरेको हो । कार्यशालाको माध्यमबाट सम्भावनाहरुको उजागर गरी गाउँपालिकालाई समृद्धिको बाटोमा अग्रसर पार्न विविध क्षेत्र र विज्ञहरुको सहभागितामा कार्यक्रम गर्न लागिएको गाउपालिका अध्यक्ष मेजरकुमार राईले बताउनुभयो । गाउँपालिकालाई कसरी समृद्ध र नमुना पार्न सकिन्छ भन्ने मुख्य ध्येयका साथ कार्यशालामा व्यापक छलफल, विचार गोष्टि र लिखित प्रतिबद्धता नै गरिने उहाँले बताउनुभयो । सबैको भावना, सोच, विचार र योजनालाईसमेत समेटेर बनाइएको...
दुई गाउँघर क्लिनिक भवन हस्तान्तरण

दुई गाउँघर क्लिनिक भवन हस्तान्तरण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, चैत १५ गते वल्र्डभिजन इन्टरनेश्नलको सहयोग, हुरेण्डेक उदयपुरको साझेदारी र जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा छुट्टाछुट्टै दुई ठाउँमा निर्मित गाउँघर क्लिनिक भवन समुदायलाई हस्तान्तरण भएको छ । ११ लाख ४४ हजार ९ सयको लागतमा रौतामाई गाउँपालिका वडा नं. ४ नचनेमा निर्मित भवन र त्यतिकै लगानीमा त्रियुगा नगरपालिका १५ छामलिङमा निर्मित भवन समुदायलाई हस्तान्तरण भएको हो । नचनेको भवन मंगलबार र छामलिङको भवन सोमबार उद्घाटनसंगै समुदायलाई हस्तान्तरण भएको आयोजक हुरेण्डेक उदयपुरले जनाएको छ । नचनेको भवनको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियार र रौतामाई गाउँपालिकाकी कार्यवाहक अध्यक्ष कुमारी राना ज्यू ठकुरीले संयुुक्तरुपमा गर्नुभयो । साथै उहाँहरुले वडाध्यक्ष र क्लिनिक व्यवस्थापन समिति अध्यक्षलाई हस्तान्तरण प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्द...
सेक्टर वनमा सांसदहरु अपमानित भएको सरोकारवालाको भनाई

सेक्टर वनमा सांसदहरु अपमानित भएको सरोकारवालाको भनाई

समाचार
समितिसंग कुरा नमिलेपछि सडकमा अवरोध गरेको खुलासा पूर्णपुष्टि उदयपुर, चैत १४ गते -उदयपुरको कटारीमा चैत्र १० गते भएको एक घटनामा वन कर्मचारीमाथि दूब्र्यवहार भन्दा पनि निर्बाचित जनप्रतिनिधि र सांसदहरुको अपमान भएको स्थानीय सरोकारवालाहरुले बताएका छन् । सेक्टर वन कार्यालय कटारीका वरिष्ठ वन अधिकृत उपसचिव नारायण श्रेष्ठ र जनप्रतिनिधिहरुबीच भएको सामान्य कुरालाई अतिरन्जित गर्न खोजिएको भन्दै बरु जनप्रतिनिधिहरु र सांसदहरु अपमानित हुनु परेको उनीहरुले बताएका हुन् । घटनाका प्रत्यक्षदर्शी हिमाली यातायात व्यवसायी संघका उपमहासचिव शत्रुधन कार्कीका अनुसार छलफलका लागि कार्यालय पुगेका प्रतिनिधिसभा २ का सांसद शुरेसकुमार राईलाई तपाई कुन वन समुह अध्यक्ष हो ? भनेर उपसचिब श्रेष्ठले ठाडो प्रश्न गरेका थिए भने सोही क्षेत्रका प्रदेश ‘ख’ का सांसद कला घलेलाई वन समुहको सदस्य कला राई हैन् ? भनेर उत्तेजकढंगले प्रश्न गरे...
त्रियुगा नगरपालिकाले आफ्नै ‘नगर गान र लोगो’ बनाउने

त्रियुगा नगरपालिकाले आफ्नै ‘नगर गान र लोगो’ बनाउने

समाचार
पूर्णपुष्टि/गाईघाट, चैत १४ गते -राष्ट्रिय गान देशभर गाइए जस्तै उदयपुरको त्रियुगा नगरपालिकाले आप्mनो क्षेत्रमा ‘नगर गान’ र ‘नगर लोगो’ (म्युनिसिपल एन्थेम एण्ड म्युनिसिपल लोगो) सिर्जना गरेर लागू गर्ने भएको छ । सदरमुकाम तथा उदयपुरको जेठो र क्षेत्रफलको हिसावले सबभन्दा ठूलो नगरपालिका त्रियुगाले आउँदो नगर सभा अधिवेशनबाट पारित गरेर लागू गर्ने गरी नगर गान र नगर लोगो सिर्जना गर्न सर्जकहरुलाई खुल्ला आव्हानसमेत गरिसकेको जनाएको छ । नगरपालिकाका प्रमुख बलदेव चौधरीले त्रियुगा नगरबासीको छुट्टै पहिचान देखाउन र नगरपालिकाको साँस्कृतिक, प्राकृतिक, सामाजिक, ऐतिहासिक, भौगोलिक तथा बहु पहिचान झल्को दिनेगरी नगर गान र नगर लोगो बनाउन सूचना जारी गरेको बताउनुभयो । गत फागुन २५ गते सम्पन्न दोस्रो नगरसभा अधिवेशनले नगरपालिकाको पहिचान स्थापित गर्न नगर गान सिर्जना गरी सभा समारोह आदिमा गाउने÷बजाउने प्रारम्भिक खाका ...