परीक्षाको कापी पुनः परिक्षणको माग
पूर्णपुष्टि/गाईघाट, फागुन २९ गते
-भर्खरै सञ्चालनमा आएको जिल्ला बसोबास व्यवस्थापन समिति उदयपुरमा कम्प्युटर अपरेटरका लागि भएको लिखित परीक्षाको नतिजा चित्त बुझ्दो नभएको भन्दै केही परिक्षार्थीहरुले पुनः परिक्षणको माग गरेका छन् ।
समितिले सोमबार (फागुन २८ गते) परीक्षा दिइ, सोही दिनको साँझ परीक्षा नजिता सार्बजनिक गरेकोमा नजिता शंकास्पद र चित्त बुझ्दो नरहेकाले पुनः कापी परीक्षणको माग गरेका हुन् । उनीहरुले पुनः कापी परिक्षणको माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय उदयपुरमा निवेदन दिएका छन् ।
उनीहरुका अनुसार ८ जना परीक्षामा सामेल रहेकोमा सुनियोजित ढंगले एकजनाको नाममात्र उतीर्ण भनी नाम निकालेको उनीहरुले बताएका छन् । योग्य र सक्षम भन्दा पनि समितिभित्र मिलेमतो गरी सुनियोजितरुपबाटै एकजनाको मात्र नाम निकालिएको आरोप उनीहरुको छ ।
सोही पदका लागि यसअघि गत फागुन ८ गते समितिले परीक्षा सञ्चालन गर...








