उदयपुरमा घरेलु औद्योगिक महोत्सव सुरु (प्रदर्शनीका आकर्षणका भिडियोसहित)
पूर्णपुष्टि/उदयपुर, पुस २२ गते ।
उद्योग गरौं, उद्यमी बनौं – स्वदेशी बस्तुको प्रयोग गरौं” भन्ने मुल नाराका साथ उदयपुरको सदरमुकाम गाईघाटमा शुक्रबारदेखि १ नम्बर प्रदेशस्तरीय प्रथम घरेलु औद्योगिक महोत्सव ०७४ सुरु भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा उदयपुरको आयोजना र जिल्लाका आठ वटै स्थानीय तहको सहप्रायोजनमा भएको महोत्सवमा घरेलु उत्पादनका विशेष प्रदर्शनी हुने शाखा अध्यक्ष मधुकर थापाले बताउनुभयो ।
विभिन्न जातीय भेषभुषा र जातीय झाँकीसहितको विशेष र्यालीले गाईघाटबजार परिक्रमा गरी सुरु भएको महोत्सवको एक विशेषसमारोहकाबीच महासंघका केन्द्रिय अध्यक्ष श्यामप्रसाद गिरीले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गिरीले यस्ता प्रदर्शनीले साना घरेलु उद्यमीहरुलाई उद्यम गर्न र उद्यमी बन्न प्रोत्साहित गर्ने बताउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग विकास समिति केन्द्रि...









