त्रियुगा नगरपालिकाले आफ्नै ‘नगर गान र लोगो’ बनाउने
पूर्णपुष्टि/गाईघाट, चैत १४ गते
-राष्ट्रिय गान देशभर गाइए जस्तै उदयपुरको त्रियुगा नगरपालिकाले आप्mनो क्षेत्रमा ‘नगर गान’ र ‘नगर लोगो’ (म्युनिसिपल एन्थेम एण्ड म्युनिसिपल लोगो) सिर्जना गरेर लागू गर्ने भएको छ ।
सदरमुकाम तथा उदयपुरको जेठो र क्षेत्रफलको हिसावले सबभन्दा ठूलो नगरपालिका त्रियुगाले आउँदो नगर सभा अधिवेशनबाट पारित गरेर लागू गर्ने गरी नगर गान र नगर लोगो सिर्जना गर्न सर्जकहरुलाई खुल्ला आव्हानसमेत गरिसकेको जनाएको छ ।
नगरपालिकाका प्रमुख बलदेव चौधरीले त्रियुगा नगरबासीको छुट्टै पहिचान देखाउन र नगरपालिकाको साँस्कृतिक, प्राकृतिक, सामाजिक, ऐतिहासिक, भौगोलिक तथा बहु पहिचान झल्को दिनेगरी नगर गान र नगर लोगो बनाउन सूचना जारी गरेको बताउनुभयो । गत फागुन २५ गते सम्पन्न दोस्रो नगरसभा अधिवेशनले नगरपालिकाको पहिचान स्थापित गर्न नगर गान सिर्जना गरी सभा समारोह आदिमा गाउने÷बजाउने प्रारम्भिक खाका ...









