Sunday, July 5News That Matters

समाचार

उदयपुरको सदरमुकाममा दुई स्थानमा बम विष्फोट

उदयपुरको सदरमुकाममा दुई स्थानमा बम विष्फोट

समाचार
पूर्णपुष्टि/मंसीर १२ गते । उदयपुर–जिल्लाको सदरमुकाममा मंगलबार उम्मेदवारलाई लक्षीत गरी दुईस्थानमा बम विष्फोट भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार अपरान्ह करिब ४ बजेतिर उदयपुर प्रतिनिधि सभा क्षेत्र नं. १ का नेपाली कांग्रेस उम्मेदवार डा. नारायण खड्कालाई लक्षित गरी कुकर बम विष्फोट भएको हो भने सोही दिन विहान ३ बजे कांग्रेस प्रदेश सभा उम्मदेवार हिमाल कार्कीको घरसंगैको गोठमा बम विष्फोट भएको हो । त्रियुगा नगरपालिकाको वडा नं. १० बाबरी गाउँमा चुनाव प्रचारप्रसारको क्रममा कार्यकर्तासहित मत माग्दै हिड्का डा. खड्कालाई लक्षित गरी कार्यक्रम स्थल भन्दा केही पर जंगलमा बम विष्फोट भएको थियो । बम विष्फोटबाट केही पनि क्षती नभएको प्रहरीले जनाएको छ । उता प्रदेशसभा उम्मेदवार कार्कीको त्रिनपा ८ चुहाडे स्थित घरसंगैको गोठमा बम विष्फोट हुदा भने एक गाई र एक भैसी घाइते भएको प्रहरीले जना...
वडाध्याक्षको प्रसंशनीय काम, सदरमुकामसम्म लगेर अपाङहरुलाई दिलाए परिचयपत्र

वडाध्याक्षको प्रसंशनीय काम, सदरमुकामसम्म लगेर अपाङहरुलाई दिलाए परिचयपत्र

समाचार
विक्रम राई (पूर्णपुष्टि)/मंसीर ७ गते । उदयपुर–प्राय/जसो जनप्रतिनिधिहरु यतिबेला भोट माग्न हिड्दैमा ठिक्क छन्, तर यहाँका एक वडाध्यक्षले भने जनताको कामलाई प्राथमिकता दिइ प्रसंशनीय काम गरिरहेका छन् । धेरैजसो जनप्रतिनिधिहरु आफ्नो पार्टी र उम्मेदवारलाई जिताउन जनताको काम छाडी भोट माग्न हिडिरहेको बेला कटारी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कमल श्रेष्ठ भने, अपङगता भएकाहरुको सेवामा जुटिरहेका छन् । उनी आप्mना वडाका अपाङ्गता भएकाहरुको परिचयपत्र दिलाई सरकारी सुविधा दिलाउने अभियानमा जुटेका हुन् । नगरपालिका युवा जनप्रतिनिधिको रुपमा चिनिने श्रेष्ठले बिहिबार सदरमुकाम गाईघाटसम्म नै साथमा लिएर सात जना अतिअशक्त अपङगता व्यक्तिहरुको परिचय पत्र बनाइदिएका छन् । सदरमुकामसम्म पुगेर परिचयपत्र बनाउन नसकेर सेवा सुविधाबाट बञ्चित भइ रहेका उनीहरुलाई गाडी रिजर्ब गरेर जिल्ला स्थित महिला तथा वालवालिका कार्यालयमा परि...
हातपात गरेकोे भन्दै वडा कांग्रेसको आपत्ति

हातपात गरेकोे भन्दै वडा कांग्रेसको आपत्ति

समाचार
पूर्णपुष्टि/मंसीर ७ गते । उदयपुर–नेपाली कांग्रेस, त्रियुगा नगरपालिका १० वडाले आप्mनो कार्यकर्तामाथि हातपात भएको भन्दै बिहिबार एक प्रेस विज्ञप्ती जारी आपत्ति प्रकट गरेको छ । एकदिन अघि बाम गठबन्धन संबद्ध हेम मगर र ससी राईले कांग्रेस कार्यकर्ता गोपाल विसंखेलाई हातपात गरेको भन्दै खेद प्रकट गरेको विज्ञप्तीमा उल्लेख छ । वडा सभापति फिरन खड्डाद्वारा हस्ताक्षरित विज्ञप्तीमा दोषीलाई कारवाहीको माग गर्दै गल्ती नदोहोर्याउन अपिलसमेत गरिएको छ । यस विषयमा ससी राइले मादक पदार्थले मातिएको अवस्थामा भेटिएका विसंखेसंग सामान्य भनाभन मात्र भएको हातपात नभएको बताउनुभयो ।...
मदिरा निषेधित उदयपुर : सुरक्षा समितिको निर्णय

मदिरा निषेधित उदयपुर : सुरक्षा समितिको निर्णय

समाचार
पूर्णपुष्टि/मंसीर ७ गते । उदयपुर–आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । मंसीर ३ गतेको सुरक्षा समितिको बैंठकले आगामी १८ गतेदेखि २४ गतेसम्म पूर्णरुपमा मदिरा निषेधित क्षेत्र जिल्ला घोषणा गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत कुमार खड्काले बताउनुभयो । साथै मंसीर ४ गतेदेखि लागु हुने गरी जिल्लाका सबै होटल तथा मदिरा पसलहरुमा साँझ ७ बजेपछि मदिरा विक्री वितरणमा रोक लगाउने निर्णय पनि भएको छ । प्रशासनको निर्णयपछि नेपाल प्रहरी, म्यादी प्रहरी र सशस्त्र प्रहरीले बजारमा साँझ सातै बजे पसल बन्द गराउनेमा कडाई गरेका छन् । साँझ ७ बजेभन्दा पछाडि होटल र मदिरामा मादकपदार्थ विक्री वितरणमा रोक लगाईएको प्रहरीले जन...
खानतलासीमा बन्दुक फेला

खानतलासीमा बन्दुक फेला

समाचार
पूर्णपुष्टि/मंसीर ७ गते । उदयपुर–आगामी प्रतिनिधि/प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गराउने उद्देश्यले स्थानीय प्रशासनले स्थानीयसंग रहेको हातहतियार प्रहरीलाई बुझाउन अनुरोध गरेको अवस्थामा लुकाइछिपाइ राखेको एक भरुवा बन्दुक फेला परेको छ । गोप्य सुचनाको आधारमा जिल्लाको ताप्ली गाउँपालिका वडा नं. ४ का ४५ बर्षिय हस्तबहादुर तामाङको घरमा बुधबार प्रहरीले खानतलासी गर्दा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरी चौकी रुपाटारबाट प्रहरी सहायक निरिक्षक नारायणकुमार बस्नेतको कमाण्डमा खटिएको टोलीले खानतलासी गर्दा फेला परेको एकनाल बन्दुक चौकीमा नै राखिएको जनाइएको छ । जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले हतियार लुकाइछिपाइ राख्नुको सट्टा सर्बसाधारणले हतियार बुझाउन आएमा बुझेर राखिने बताउनुभयो । स्थानीय प्रशासनले निर्बाचनलाई लक्ष्ति गर्दै यसअघि कात्तिक मसान्तसम्मम...
नियोकले जिल्लामा निर्वाचन पर्यवेक्षण गर्ने

नियोकले जिल्लामा निर्वाचन पर्यवेक्षण गर्ने

समाचार
पूर्णपुष्टि/मंसिर ५ गते । उदयपुर–आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको पर्यवेक्षणका लागि राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति(नियोक) ले जिल्लाभरी निर्वाचन पर्यवेक्षण गर्ने भएको छ । नियोकले मंसिर २१ गते हुने निर्वाचनका लागि जिल्लाको दुवै निर्वाचन क्षेत्रका चार वटा गाउँपालिका र चार वटा नगरपालिका क्षेत्रमा पर्यवेक्षण गर्ने तयारी गरेको हो । जिल्लामा रहने करिब दुई सय मतदान केन्द्रलाईनै समेट्नेगरी पर्यवेक्षणको कार्य अगाडी बढाएको नियोकका जिल्ला सभापति युवराज पराजुलीले बताए । उनले निर्वाचनलाई शान्तिपूर्ण, सहज र आचारसंहिताको परिधिमा रही सम्पन्न गर्न नियोकले पर्यवेक्षण गर्ने र निर्वाचनको विश्वसनियतालाई अझ सफल बनाउन पर्यवेक्षण प्रभावकारी बनाउन पहल गर्ने बताए । नियोकले क्षेत्र नं.१ र २ गरी जम्मा २३ जना स्थानिय पर्यवेक्षकहरु परिचालन गर्ने तयारी गरेको जनाएकोछ । यसैक्रममा नियोक उदयप...
कृषि क्षेत्र र किसानको सवाललाई प्राथमिकता दिन माग

कृषि क्षेत्र र किसानको सवाललाई प्राथमिकता दिन माग

समाचार
पूर्णपुष्टि/मंसीर ५ गते । उदयपुर-उदयपुरको कटारी नगरपालिकाका कृषकहरुले कृषि क्षेत्र र किसानहरुको सवाललाई प्राथमिकता दिन आग्रह गरेका छन् । नगर उपप्रमुख भीमकुमारी राउत कृषकहरुको सामुहिक हस्ताक्षरसहितको ज्ञापन पत्र बुझाउदै कृषकहरुले यस्तो आग्रह गरेका हुन् । राष्ट्रिय कृषक समुह महासंघ, नेपाल नगर कार्य समिति कटारीका अध्यक्ष भुवनराज गिरीको अगुवाईमा बुझाइएको ज्ञापनपत्रमा कृषि क्षेत्रमा नगरपाल्किामा प्राप्त भएको कृषि बजेट कृषि र किसानका लागि नै विनियोजन तथा कार्यान्वयन गर्न, प्रत्येक वडा स्तरमा कृषि भवन निर्माण गरी कृषि तथा पशु प्राविधिकबाट किसानहरुलाई प्राविधिक सेवा प्रदान गर्न, नगरपालिका क्षेत्रमा रहेको कृषि उपज संकलन केन्द्र पुनः संञ्चालनमा ल्याई कृषि बजारको रुपमा संञ्चालन गर्न माग गरिएको छ । त्यस्तै, नगर क्षेत्रमा संञ्चालन भई रकेको नेपाल सरकारको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियमेजना...
माओवादी मजदुरपार्टीका केन्द्रिय अध्यक्ष र विप्लब कार्यकर्ता पक्राउ

माओवादी मजदुरपार्टीका केन्द्रिय अध्यक्ष र विप्लब कार्यकर्ता पक्राउ

समाचार
पूर्णपुष्टि/मंसीर ५ गते । उदयपुर-माओवादी मजदुर पार्टीका केन्द्रिय जिल्ला अध्यक्ष हिमालसिंह राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । निर्बाचन बिरोधी गतिविधिमा संलग्न हुनसक्ने आशंकामा पक्राउ गरिएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सुनकोशी गाउँपालिका ५ घर भई त्रियुगा नगरपालिका ११ गाईघाट डेरागरी बस्ने ५० बर्षिय अध्यक्ष राईलाई डेराबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको डेरामा खानतलासीको क्रममा विभिन्न निर्बाचन विरोधी पम्प्लेट, लेटरप्याड, पुस्तक, डायरी लगायत बरामद भएको पनि प्रहरीले जनाएको छ । त्यसैगरी मंगलबारनै प्रहरीले एक बिप्लप कार्यकर्ता पक्राउ गरेको छ । नेपाल कम्यूनिष्ट पार्टी (विप्लप समुह) को जिल्ला सदस्य ३० बर्षिया जानुकामाया तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । त्रियुगा नगरपालिका ३ मोतिगडाकी तामाङलाई आप्mनै घरबाट विहान अनुसन्धानका लागि ...
निबन्धमा शिव प्रथम, निता दोस्रो, विनय तेस्रो

निबन्धमा शिव प्रथम, निता दोस्रो, विनय तेस्रो

समाचार
पूर्णपुष्टि/मंसीर ४ गते । गाईघाट–अन्तराष्ट्रिय बाल दिवसको अवसरमा सोमबार उदयपुरमा एक कार्यक्रमको आयोजना गरी निबन्ध प्रतियोगिताको पुरस्कार वितरण गरिएको छ । बालबालिकाहरुको उचित मुल्याङकन हौसाला र क्षमता बृद्धि विकासका निम्ति आयोजना गरेको निवन्ध प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो । बालमैत्रि शासन, बाल अधिकारको सम्मान भन्ने शिर्षकको निबन्ध प्रतियोगितामा बिभिन्न बिद्यालयका ३२ जना बिधार्थीहरुले भाग लिएका थिए । जसमा कालिखोला मावि कटारीका शिव पराजुली प्रथम, सो माविकै निता राई दोस्रो र त्रियुगा माविका बिनय थापा तेस्रो भएका थिए । पहिलो दोस्रो र तेस्रो सबैलाई नगद र प्रमाण पत्रको पुरस्कार बितरण गरिएको छ । बालअधिकार र उनीहरुको सम्मानका महत्वपुर्ण चार बिद्यालाई बिषेश सुचिमा राखि बालबालिकाहरुलाई आवश्यक रहेका क्षेत्रहरु बाँच्न पाउने अधिकार, ...
मोटरसाईकल दुर्घटनामा मृत्यु

मोटरसाईकल दुर्घटनामा मृत्यु

समाचार
पूर्णपुष्टि/मंसीर ४ गते । गाईघाट–समगरमाथा राजमार्ग अन्तर्गत जलजले–गाईघाट सडकखण्डको बगाहामा सवारी दुर्घटना हुँदा एकयुवाको मृत्यु भएको छ । उदयपुरको जलजलेबाट गाईघाटतर्फ आउदै गरेको स ७ प ७२४० नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको स १ ह १४८५ नम्बरको टेम्पो त्रियुगा नगरपालिका ४ बगाहामा एकआपसमा ठक्कर खाँदा मोटरसाईकल चालक त्रियुगा नगरपालिका १० अस्पतालचौकका २७ बर्षिय सुमन मगरको मृत्यु भएको हो । दुर्घटनामा सख्त घाइते मगरको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।...