उदयपुरमा छठ पूजाको तयारी पुरा, भब्य सांस्कृतिक तथा प्रवचण कार्यक्रम पनि हुने
पूर्णपुष्टि, कात्तिक ९ गते
गाईघाट-मधेसी समुदायले विशेषरुपले मनाउने छठपर्वलाई उत्कृष्ठ ढंगले सम्पन्न गर्ने उद्देश्यका साथ त्रियुगा छठपूजा समिति, गाईघाटले तयारी पुरा गरेको छ । गाईघाट बजार नजिकैको त्रियुगा पुलको पश्चिमतर्पmको घाटमा समितिले छठपूजाका लागि विशेष व्यवस्थापनको तयारी गरेको छ । उक्त स्थानमा व्यवस्थितरुपले पूजाआजा तथा ब्रत बस्नका लागि पालकटेज निर्माण गरिएका छन् । हरेकबर्ष उक्त स्थानमा नै छठपूजाको लागि व्यवस्था मिलाएको छ ।
त्रियुगा छठपूजा समितिका अध्यक्ष खेमनारायण यादव “राहुल” का अनुसार छठपूजाको अन्तिम रात (९ गतेराती) ब्रतालुहरु रातभर जाग्राम बस्नुपर्ने भएकोले उनीहरुलाई सित र सिरेटोले असर नपुग्ने गरी व्यवस्थित पूजास्थान र बसाई व्यवस्थापन मिलाइएको छ । साथै समितिको अफिसियल कोठा, ब्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम मञ्च, चर्पी आदिको छुट्टाछुट्टै व्यवस्था गर्नुका साथै स्वयमसेवक...









