माओवादी केन्द्र उदयपुरले उम्मेदवार सिफारिस गर्यो, राम कार्की र सुरेश कु. राई पहिलो सूचीमा
गाईघाट-माओवादी केन्द्र उदयपुरले आगामी मंसिर २१ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि उम्मेद्वारको सिफारिस गरेको छ । माओवादी केन्द्रको बिहिबार र शुक्रबार बसेको सचिवालयको बैठकले केन्द्र र प्रदेशका लागि उम्मेदवारका नाम सिफारिस गरेको हो ।
एक पदमा तीन/तीन जनाको नाम सिफारिस गरेको जनाएको छ । माओवादी स्रोतका अनुसार माओवादीका बरिष्ठ नेता राम कार्की संघ (केन्द्र) को उदयपुरको क्षेत्र नम्बर २ बाट चुनाव उठ्ने भएका छन । क्षेत्र नं. २ मा कार्कीको साथै मोहनबहादुर खत्री, केपी बरालकोसमेत नाम सिफारिस भएको छ । भने एक नम्बर क्षेत्रबाट सुरेशकुमार राई, मिनबहादुर ठकुरी र पुष्प बस्नेत सिफारिस भएका छन् ।
संघको प्रतिनिधि सभा निर्वाचनमा सिफारिस हुने राम कार्की पूर्व संचारमन्त्री हुन् । जिल्ला ईन्चार्जसमेत रहेका खत्री पहिलो संविधान सभामा उदयपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित र २०७० को चुनावमा पराजित बनेका थिए ।...




