जड्याहा हाँकिमको कारण सेवाग्राही मार्कामा
पूर्णपुष्टि/कात्तिक २३ गते ।
गाईघाट-एक जड्याहा कार्यालय प्रमुखका कारण उदयपुरका सेवाग्राहीहरुले दुःख पाइरहेको जनगुनासो आएको छ । यातायात व्यवस्था सेवा कार्यालय उदयपुरका निमित्त प्रमुख शिव तिम्सिनाले कार्यालय समयमै मादकपदार्थसेवन गरेर कार्यालयमा अनुपस्थित हुने, उपस्थित भएपनि काम नै नगरेपछि सेवाग्राहीहरुले दुःख पाइरहको गुनासो व्यापकरुपमा आएको हो ।
विहिबार पनि मादक पदार्थसेवन गरेर सेवाग्राहीकै अगाडी ठसठसी गनाउदै र खुट्टा लरखराउदै कार्यालय छिरेका निमित्त प्रमुख तिम्सिनाको कार्यकक्ष रहेको र कार्यकक्षमै मोवाईल छाडेका उनी कार्यालयको रेस्टरुपमा मस्त निदाइरहेको भेटिएको सेवाग्राहीहरुले बताए । विहान १० बजेनै विभिन्न काम लिएर गएका सेवाग्राहीहरु लामो समयसम्म नआएपछि कतिपय पर्किए भने कतिपय कुरेर बस्न बाध्य भएको सेवाग्राही रुवेन राईले बताए ।
कर्मचारी ऐन, नियम र आचारसंहिताकै खिल्ली उडाउदै पटक पटक ग...









