Sunday, July 5News That Matters

समाचार

घरले किचेर मृत्यु

घरले किचेर मृत्यु

समाचार
पूर्णपुष्टि, असोज १४ गते । उदयपुरको त्रियुगा नगरपालिका १२ पुरानो गाईघाटमा घरको पिलरले किचेर शुक्रबार एक बालकको ज्यान भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार स्थानीय कोपिला खड्काका ६ बर्षिय छोरा सन्देश खड्काको ज्यान गएको हो । छिमेकीको निर्माणाधिन घरको पिलर लडेर खेल्दै गरेको बालकलाई किचेको थियो । किच्दा घाइते भएका बालकलाई उपचारार्थ जिल्ला अस्पताल उदयपुर लैजादा लैजादै बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।...
तासको खालमा छापा, ७ पक्राउ

तासको खालमा छापा, ७ पक्राउ

समाचार
पूर्णपुष्टि, असोज १४ गते । गाईघाट–उदयपुरको सदरमुकाम गाईघाट बजारबाट शुक्रबार प्रहरीले छापामारी तास खेलिरहेका सात जनालाई पक्राउ गरेकोमा एकपटकका लागी माफी दिएको भन्दै प्रहरीले छाडेको छ । त्रियुगा नगरपालिका वडा नंं ११ स्थित एक होटलबाट शुक्रबार राती पक्राउ परेका विष्णुकुमार श्रेष्ठ, दुर्गाबहादुर श्रेष्ठ, शुरेश पराजुली, राजु तुलाधर, अरबिन खत्री, हिराकाजी राई र प्रमोद पोखरेललाई पक्राउ गरी छाडेको हो । प्रहरीले ५२ पत्ती तास र १ लाख ५६ हजार ४ सय ८५ नगदसमेत बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख नवराज भट्टका अनुसार उनीहरु पेशेवर नदेखिएको र दशैंको बेला भएकोले एकपटकका लागि माफी दिई छाडिएको थियो ।...
हर्षोल्लास र शान्तिमय दशैं

हर्षोल्लास र शान्तिमय दशैं

समाचार
पूर्णपुष्टि, असोज १४ गते । उदयपुर – बडादशैँको दशमीका दिन आज मान्यजनबाट टिका थापेर सदाझै उदयपुरमा हर्षोउल्लासका साथ दशै मनाईदैछ । मान्यजनबाट टीका, जमराका साथ आशिर्वाद थालेर आजको पर्वलाई सार्थक बनाईराखिएको छ । विहानदेखिकै दर्शै उत्सव आजको शुभसाईत ११ः५५ देखि टिका–जमराका साथ सजिएको छ । उदयपुरको सदमुकाम गाईघाट, मूख्य व्यापारिक केन्द्रहरु कटारी, बेल्टा, मुर्कुची, रामपुर ठोक्शिला लगायतका शहरी क्षेत्रमा टिका लाउन जाने आउनेको व्यस्तता देखिन्छ भने गाउँघरतिर आप्mनै व्यस्तता छ । दशैंमा टिका थाप्नकै निम्ति शहरी क्षेत्रबाट गाउँमा जानेको संख्या धेरै छ । त्यसैले शहर, बजार करिब करिब सुनसान छ । सधै सवारी साधनमा व्यस्त हुने यातायात व्यवसायीहरु पनि आज घरघरमै दशै मनाइरहदा सवारीसाधन पातलीएको अवस्था छ । जिल्लामा शान्तिमयढंगबाट दशैं उत्सव चलिरहेको प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले बताए । द...
आज दशैंको टिका, मेयरहरुद्वारा शुभकामना व्यक्त (आ–आफ्नै आवाजमा)

आज दशैंको टिका, मेयरहरुद्वारा शुभकामना व्यक्त (आ–आफ्नै आवाजमा)

समाचार
पूर्णपष्टि, असोज १४ गते । आज दशैंको टिका । हर्षोउल्लासका साथ मान्यजनको हातबाट आशिर्बादसहित टिका थापिने दिन । यसबर्षको टिकाको शुभसाईत ११ - ५५ मिनेटमा रहेको छ । विहानदेखि साईतको पर्खामा बस्दै विभिन्न तयारी भईरहेको छ । साईत लगत्तै टिका लाउने र लगाउने विशेष रुपले हुन्छ । राम्रो लाउने र मिठो खाने दिनको रुपमा पनि लिइन्छ दशैं । नौ दिनसम्म पूजाअर्चना गरेको जमरा अनि दहि, चामलको टिकाले निधार सजाइन्छ । हिन्दु धर्मावलम्बीको विशेष पर्व दशैंमा नेपाली हुनुको नाताले सबै धर्मावम्बीहरुले मनाउने गर्दछन् । केही आदिबासी जनजाति समुदायले भने रातोको सट्टा सेतो टिका लगाउने चलन छ । आजको विशेष पर्वको दिन उदयपुरका जनप्रतिनिधि प्रमुखहरुले जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुको सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परिवारले जिल्ला समन्वय स...
राजबास व्याड्मिन्टनमा संजय र बालकुमारको जोडी प्रथम

राजबास व्याड्मिन्टनमा संजय र बालकुमारको जोडी प्रथम

खेलकुद, समाचार
पूर्णपुष्टि, असोज १३ गते । राजाबास ब्याड्मिन्टन समुहको आयोजना र त्रियुगा नगरपालिका वडा नं. ९ को सहयोगमा राजाबास, दिपुटोलमा भएको व्याड्मिन्टन प्रतियोगितामा संजय बस्नेत र बालकुमार बुढाथोकीको जोडीले प्रथाम स्थान हाँसिल गरेको छ । आयोजक समुहका अध्यक्ष राजकुमार दनुवारका अनुसार बिहिबार भएको फाईनल खेलमा ओमराज बुढाथोकी र ज्ञानेन्द्र दनुवारको जोडीलाई पछि पार्दै उक्त जोडीले प्रथम स्थान हाँसिल गरेको हो । ओमराज र ज्ञानेन्द्रले दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो । तेस्रो स्थानमा पूर्णराज श्रेष्ठ र पुष्पराज श्रेष्ठको जोडी र जिवनकुमार दनुवार र लक्ष्मण दनुवारको जोडी सफल भए । वडादशै, दिपावली र छठपर्व २०७४ को अवसरमा आयोजित मेन्स डबल्स प्रतियोगिताका विजयी प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः ७ हजार, ५ हजार, २ हजारका दरले नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । उत्कृष्ठ खेलाडी पूर्णराज श्रेष्ठ, ...
त्रिमावि व्याच नं. ०५५ ले स्मरणीय काम गर्ने

त्रिमावि व्याच नं. ०५५ ले स्मरणीय काम गर्ने

शिक्षा, समाचार
पूर्णपुष्टि, असोज १३ गते । त्रियुगा माध्यमिक विद्यालय, गाईघाटको २०५५ एसएलसी ब्याचका विद्यार्थीहरुले विद्यालयका केही स्मरणीय काम गर्ने भएका छन् । एसएलसीपछि अध्ययन, जागिर र विभिन्न पेशा, व्यवसायको सिलसिलामा छरपष्ट भएका ०५५ ब्याचका सो विद्यालयका पूर्व विद्यार्थीहरुले शुक्रबार ढिम्की मन्दिरमा भेटघाट कार्यक्रम गरी यस्तो निर्णय गरेको हो । सो व्याचका झण्डै डेडसय बिद्यार्थी साथीहरुलाई समेटेर आप्mनो व्याचको स्मरण रहिरहने केही ठोस काम विद्यालयमा गर्ने निर्णय गरिएको भेला संयोजक एबम् त्रियुगा मावि व्याच नं. ०५५ ग्रुपका संयोजक सुनिल पोखरेलले बताए । दशैंमा घर आएको मौकामा संग पढेका साथीहरुबीच भेटघाट कार्यक्रम राखिएको उनले बताए । समुहका सदस्य सचिव राजेन्द्र अधिकारीका अनुसार भेलाले सम्पर्कमा आउन बाँकी साथीहरुलाई सम्पर्क गरेर समुहमा आवद्ध गराउने, सदस्यहरुको प्रोफाईल तयार गर्ने र एकआपसमा सम्बन्...
ध्वनी प्रदुषणमुक्त सहर बनाउदै ट्राफिक, अटेर गर्नेलाई कडा कारवाही हुने (भिडियोसहित)

ध्वनी प्रदुषणमुक्त सहर बनाउदै ट्राफिक, अटेर गर्नेलाई कडा कारवाही हुने (भिडियोसहित)

समाचार
विक्रम राई, असोज ११ गते । उदयपुर - ध्वनीप्रदुषणमुक्त क्षेत्र बनाइ सहरलाई शान्त र स्वच्छ बनाउन ट्राफिक प्रहरीले उदयपुरमा अभियान सञ्चालन गरेको छ । अभियानकै क्रममा सदरमुकाम स्थित त्रियुगा नगरपालिका गाईघाटको मूख्यचौकमा “हर्न निषेधित क्षेत्र” लेखिएको ठूलो होर्डिङबोर्ड बिहिबार राखिएको छ । राजधानी लगायत देशको विभिन्न जिल्लामा यो अभियानले व्यापकता पाएसंगै प्रदेश नं. १ लाई असोज १ गतेदेखि हर्न निषेधित प्रदेश घोषणा गरिएको छ । सोही अनुरुप जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले आफ्नो क्षेत्रमा अभियान सञ्चालन गरिरहेको जिल्ला ट्राफिक इन्चार्ज शैलेन्द्र गच्छदारले बताए । विशेषगरी सवारी चालकहरुलाई सचेत गराई हर्न बजाउने कार्यलाई बन्द गर्ने र सहरलाई ध्वनी प्रदुर्षणमुक्त बनाउने अभियानको उद्देश्य रहेको छ । विगतमा अत्याधिकमात्रामा हर्न बनाई ध्वनी प्रदुर्षण हुने गरेको थियो । एकाविहानैदेखि दिनभर, रात...
विधिवतरुपमा फुलपाती भित्र्याईयो (फोटो फिचरसहित)

विधिवतरुपमा फुलपाती भित्र्याईयो (फोटो फिचरसहित)

समाचार
पूर्णपुष्टि, असोज ११ । गाईघाट–आजदेखि हिन्दु धर्मावलम्बी नेपालीहरुको घरघरमा फुलपाती भित्रिएको छ । सप्तमीको दिन देशको सबै ठाउँमा बढाईका साथ फुलपाती भित्र्याएसंगै उदयपुरमा पनि भित्र्याईयो । सदरमुकाम गाईघाट स्थित भगवती मन्दिरमा विधिवतरुपमा बुधबार विहानै फुलपाती भित्र्याईएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितको टोलीले बोक्से बरपिपलचौकदेखी फुलपाती ल्याई भगवती मन्दीरमा भित्र्याएको हो । मन्दीरमा भित्र्याएसंगै सेना, प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीयहरुले आआप्mना घरमा फुलपाती भित्र्याएका थिए । तस्बिर - पर्शुराम थापा/भोटराज राई प्रकाशित मिति ः २०७४ असोज ११ गते ।...
दशैंमा इन्धन अभाव नहुने

दशैंमा इन्धन अभाव नहुने

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज ११ । गाईघाट–दशैंको अवधिमा इन्धन अभाव नहुने भन्दै नेपाल आयल निगमले प्रतिबद्धता जनाएको छ । निगमका अनुसार पर्याप्त भण्डारण रहेको र आपूर्ति सहज भएकाले आपूर्ति सहज हुने भएको हो । निगमका हरेक डिपोमा पूर्ण क्षमताको उपयोग गरेर पर्याप्त मौज्दात राखिएको निगमले जनाएको छ । निगमको देशभर विभिन्न १५ वटा पेट्रोलियम डिपोमा क्षमताअनुसार सञ्चित गरिएको जनाएको छ । विराटनगर, चारआली, भद्रपुर, जनकपुर, अमलेखगञ्ज, वीरगञ्ज र काठमाडौंमा निगमका डिपो छन् । यस्तै, मन्थली, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत, धनगढी, दिपायलमा पनि डिपो रहेको निगमले जनाएको छ । खाना पकाउने ग्यासमा पनि कुनै समस्या नहुने निगमले जनाएको छ ।...
चालक उपर कारवाही सुरु

चालक उपर कारवाही सुरु

समाचार
पूर्णपुष्टि, असोज ११ उदयपुर–जिल्ला प्रहरी कार्यालय उदयपुरले बालिकालाई ठक्कर दिई फरार मोटरसाईकल चालकलाई पक्राउ कारवाही थालेको छ । पक्राउ पर्नेमा कालिका कन्स्ट्रक्सन कार्यरत इन्जिनियर गौरब पौडेल रहेका छन् । उनलाई चितवनबाट ठक्कर दिने ना ४५ प ३८०८ नम्बरको बुलेट मोटरसाईकलसहित प्रहरीले पक्राउ गरेको जनाइएको छ । उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाइएको छ । सोमबार उदयपुरको बेलाका नगरपालिका ५ की ७ बर्षिया बालिका आरती सदालाई ठक्कर दिँदा बालिकाको मृत्यु भएको थियो । उनीमाथि कारवाही अगाडी बढिसकेको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए ।...