Friday, September 11News That Matters

समाचार

मरेको हात्ती भेटियो, दाँत र पुच्छर गायब

मरेको हात्ती भेटियो, दाँत र पुच्छर गायब

समाचार
युवराज राई । गाईघाट उदयपुरमा शुक्रबार साँझ मृत अवस्थाको एउटा जंगल हात्ती फेला परेको छ । उदयपुरको पूर्वि क्षेत्र बेलका नगरपालिका–८ मा पर्ने माछापुछे« सामुदायीक वन क्षेत्रमा मृत अवस्थाको जंगली हात्ती फेला परेको छ । स्थानीयवासीले देखेपछि सुरक्षा निकायलाई खबर गरेका थिए । हात्तीको पुच्छर र दारा भने काटिएको अवस्थामा रहेकोले तस्करले गायव पारेको अनुमान गरिएको छ । हात्तीको दारा र पुच्छरकै लागि चोरी सिकारीले मारेको हात्ती मारेको हुनसक्ने अनुमान गरिएको छ । हाती के कसरी मरेको भन्ने पत्ता लगाउन प्रहरी र वन कर्मचारीहरु खटिरहेको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए । घटना बारे अनुसन्धान गर्न सेक्टर वन कार्यालय सुन्दरपुर र सेक्टर वन कार्यालय चक्रघटी सुनसरीको टोलीसमेत खटिएको जिल्ला वन अधिकृत विष्णुप्रसाद बरालले बताए । मृत हात्तीको पोष्टमार्टमका लागि कोशी वन्यजन्तु आरक्षणको पशु चिकित्सकको ...
खोटाङ–उदयपुर जोड्ने पक्की पुल सिलान्यास

खोटाङ–उदयपुर जोड्ने पक्की पुल सिलान्यास

समाचार
गाईघाट –प्रधानमन्त्री शेरबहादुर देउवाले खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङस्थित सुनकोसीमा मोटरेवल पक्की पुल शिलान्यास गर्नुभएको छ । उदयपुर र खोटाङको दक्षिणी क्षेत्र र तराई जोड्ने साउने–धाप्लाङ–सुनकोसी पुल भदौ ३१ गते शिलान्यास गर्दै प्रधानमन्त्री देउवाले धाप्लाङघाटको पुल निर्माण भएपछि खोटाङको आर्थिक र भौतिक बिकासले गति लिने वताउनुभयो । पुल निर्माणसँगै जिल्लाको भाग्य र भविष्य निर्माण हुने उहाँले बताउनुभयो । समयमा पुल निर्माणका लागि आफु लागी पर्ने र सवैले खवरदारी गर्नु पर्ने उहाँले बताउनुभएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री बीरवहादुर वलायर, कांग्रेस नेता डा. नारायण खड्का लगायत पनि शिलान्यास कार्यक्रममा सहभागि थिए । धाप्लाङघाटमा २२ करोड ५ लाखको लागतमा २ सय मिटर लम्बाई र साँढे १० मिटर चौंडाईको पक्की पुल निर्माण गर्न लागि...
भ्रष्टचारविरुद्ध हस्ताक्षर

भ्रष्टचारविरुद्ध हस्ताक्षर

समाचार
काेपिला पुलामी मगर । गाईघाट मौलाउँदै गएको भ्रष्टचारको विरुद्धमा हस्ताक्षर अभियान भएको छ । भ्रष्टचार न्युनिकरणको उद्देश्यका साथ उदयपुरमा अधिकारबादी संस्थाहरुले हस्ताक्षर अभियान सञ्चालन गरेका हुन् । ‘म सबै खाले भ्रष्टाचारको विरोध गर्दै सदाचारप्रति प्रतिवद्ध रहनेछु’ भन्ने मुलनाराका साथ इन्सेक उदयपुर र मानव अधिकार निगरानी समुहद्वारा भदौ २३ गते हस्ताक्षर संकलन गरिएको हो । भ्रष्टचारविरुद्ध शुन्य सहनशिलता कायम राखौँ भन्दै सर्बसाधारणहरुले हस्ताक्षर गरेका थिए । भ्रष्टचारले मुलुक अगाडी बढ्न नसकेको र विकास निर्माणका कामहरु अवरुद्ध भएको भन्दै न्युनिकरणका लागि अभियान गरिएको निगरानी समुहका अध्यक्ष हिमाल खड्काले बताउनुभयो । अभियानकै क्रममा जिल्लाको सबैभन्दा ठूलो त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसमेत हस्ताक्षर गराई, हस्ताक्षर संकलित व्यानर पनि बुझाइएको अध्यक्ष खड्काले बताउनुभयो । हस्ताक्षर...