लिम्चुङबुङमा सुक्खाले जनजीवन अस्तब्यस्त
उदयपुर, असार २१ गते
उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा अहिलेसम्मकै सबै भन्दा ठूलो सुक्खा परेको छ । पालिकामा असार महिना सकिन लाग्दासम्म पनि एक थोप वर्षात भएको छैन ।
पालिकाको पाँचै वडामा सुक्खा लागेको हो । मुख्यगरी मकै बाली नष्ट भएको छ । ५ नं. वडाको माथिल्लो भेगमा मकै बाली केही हरियोपन देखिएपनि तल्लोभेग र बाँकी सबै वडाका मकै बाली मर्न थालेको लिम्चुङ्बुङ गाउँपालिका – १ का वडाध्यक्ष भिमबहादुर राईले बताए ।
सुक्खाकै कारण मकैको बोट बढ्न नपाई सुकेपछि फल लाग्ने आशापनि हराएको छ । बनपाखाको बोटविरुवापनि सुक्न थालेका छन् । खेत बारीका बाँसका भ्mयाङ र डाले घाँसका बोटहरु पनि सुक्न थालेको राईले बताए ।
गाउँ नजिकका खोला खोल्सीका पानी पनि सबै सुकेका छन् । घण्टौं धाएर पानीको जोहो गर्नु पर्ने बाध्यात आएको स्थानियहरुले बताएका छन् ।
पानीका स्रोतहरु नै सुक्न थालेपछि पानी र हरियो घाँसको अभावले पशु...








