लिम्चुङ्बुङमा १ सय ३७ घरलाई राहत वितरण
उदयपुर, साउन १६ गते ।
उदयपुरको क्षेतीग्रस्त क्षेत्र पालिकामा खडेरी र बाढी पहिरो पिडितलाई राहत वितरण गरेको छ । लिम्चुङ्बुङ गाउँपालिकाका १ सय ३७ घर खडेरी र बाढी पहिरो पितिलाई विहिबार राहत वितरण गरिएको हो ।
लामो खडेरी पछि परेको अविरल वर्षाले जिल्लाकै कर्णाली भनेर चिनिने गाउँपालिकासम्म पुग्ने सडक र गाउँघरमा पूर्ण रुपमा क्षती पु¥याएपछि संघिय गृह मन्त्रालयद्धारा नेपाली सेनाको हेलिक्पटरबाट प्रदेश सरकारले उपलब्ध गराएको राहत पालिकासम्म पु¥याईएको थियो ।
खडेरी र बाढी पहिरोले पूर्ण क्षती गरेको एक सय ३७ घर परिवारलाई ३७ केजी चामल, डेढ केजी दाल, एक केजी नुन र आधा लिटर तेल वितरण गरेको लिम्चुङ्बुङ गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत भक्तबहादुर राईले बताए ।
खडेरी र बाढी पहिरोबाट ग्रसित विपन्न र खाद्य संकटमा परेका उक्त घर पिरवारलाई एक महिनाको लागि पुग्ने राहत खाद्यन्न वितरण गरिएको प्रमुख प्रशासक...









