Friday, June 26News That Matters

आर्थिक

बजेट विहिन २६ स्थानीय तह

बजेट विहिन २६ स्थानीय तह

आर्थिक, लिम्चुङबुङ डायरी, समाचार
भदौ ४ गते । स्थानीय तहमा असार १० भित्र नै चालु आर्थिक वर्षको बजेट ल्याउनु पर्ने कानुनी व्यावस्था भएपनि २६ वटा स्थानीय तह बजेट विहिन भएको छ । बजेटविहिन भएका नगर र गाउँपालिकाको सभामा अझै बजेट पेश गरेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा १ तथा अन्तरसरकार वित्त व्यवस्था ऐन, २०७४ को दफा २१ को उपदफा ३ ले गाउँ कार्यपालिका र नगर कार्यपालिकाले चालु आवको लागि असार १० गतेभित्र राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ र नगर सभामा पेश गरी स्वीकृत भएपछि मात्रै खर्च गर्नु पर्ने काकनुनी व्यावस्था छ । तर २६ वटा स्थानीय तहले कानुन विपरितका कार्य गर्दै आएको पाईएको छ । प्रदेश नं १ र कर्णाली प्रदेशका सबै स्थानीय तहले बजेट ल्याईसकेको छ । दुई वटा प्रदेश भन्दा बाँकी प्रदेशका केही स्थानीय तहहरुले अझै बजेट ल्यान नसकेका हुन् । यो समाचार कारोबार दैनिकमा छापिएको छ ।...
श्री एयरलाइन्सको नयाँ जहाज काठमाण्डौँमा

श्री एयरलाइन्सको नयाँ जहाज काठमाण्डौँमा

आर्थिक, समाचार
भदौ २ गते । श्री एयरलाईन्स कम्पिनीले टर्बोजेट क्यू ४०० सिरिजको नयाँ जहाज ल्याएको छ । जनिजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनीले क्यानेडियन जहाज निर्माता कम्पनी बम्मार्डियरको ८० सिट क्षमताको जहाज ल्याएको हो । ओमन हुँदै भारतको अहमदाबादबाट आइतबार काठमाण्डौँ ल्याईएको हो । नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा आन्तरिक उडानलाई थप विस्तार गर्ने लक्ष्यका साथ नयाँ जहाज थपेको कम्पनीले जनाएको छ । उक्त नयाँ जहाजसँग श्री एयरलाईन्सको ५ वटा जहाज भएको छ । यसअघि आन्तरिक उडानमा ५० सीट क्षमताका सीआरजे २०० जहाज दुई थान, ७० सीट क्षमताका सीआरजे ७०० जहाज दुई थान थिए । यस जहाजले पोखरा, सिमरा र जनकपुर उडान गर्ने एयरलाइन्सको योजना रहेको जनाईएको छ ।...
रासायनीक मलको अनुदान बजेट कटौती

रासायनीक मलको अनुदान बजेट कटौती

आर्थिक, समाचार
साउन ३२ गते ।  कृषकहरुलाई रसायनिक मलको लागि छुट्याईएको आर्थिक वर्ष २०७६÷७७ को अनुदान रकम कटौती भएको छ । चालू आर्थिक वर्षका लागि ९ अर्व रुपैया बजेट अर्थ मन्त्रालयले छुट्टाएपनि वैज्ञानिक व्यवस्था नभएकाले मलमा अनुदान कटौती गर्नुपरेको मन्त्रालयले जनाएको छ । मुलुकमा आवश्यक रासायनिक मल मध्ये ७ लाख मेट्रिक टनको लागि मात्र बजेट छुट्याएको थियो । यस वर्ष ३ लाख २७ हजार मेट्रिक टन मल आयात भइसकेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । डिएपी र युरिया मलका लागि १ अर्व ५० करोड रकम कटौती भएको कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले बताए । चालू आवका लागि मन्त्रालयले जम्मा ७ अर्ब ५० करोड खर्च गर्न पाउनेछ । विनियोजन भएको बजेटको खर्च गर्न पाउने अनुदानको २१.०५ प्रतिशत मात्र हो । चालू आवको लागि सरकारले कृषि तथा पशुपालन क्षेत्रको समग्र विकासका लागि ३४ अर्ब ८० करोड रकम विनियोजन गरेको...
सुन भन्दा महंगो अल्पकाको उन

सुन भन्दा महंगो अल्पकाको उन

आर्थिक, समाचार
साउन, ३२ गते ।  अनौठो लाग्ने जनावर अल्पकाको उन सुन भन्दा पनि महंगो हुन्छ । खुट्टा बाख्राका जस्तो, अनुहार कान खरायो जस्तो, घाँटी उँटको जस्तो, पुच्छर र शरिर घोडा जस्तो देखिने अल्पकाको उन प्रति केजी ७० हजारमा विक्रि हुने गर्दछ । दक्षिण अमेरीका र अफ्रिकी मुलुकमा पाईने अल्पका नेपालको मकवानपुर जिल्लाको विसिंखेलमा पालिएको छ । एक अनौठो जनावर हो । तर ईमान्दारी र सहनशिला हुन्छ । पेटको एक नम्बर उन प्रतिकिलो ७० हजारमा बिक्री हुन्छ । घाँटी, खुट्टा, पिठ्यु र छातीको उन ४० हजार प्रतिकिलोमा बिक्री हुने गर्दछ । एक वर्षमा एक पटक मात्र निकालिने उन एउटा अल्पकाको दुई किलो हुन्छ । यसको उनबाट धेरै कुरा बनेपनि पश्मिनाको राम्रो मानिन्छ । यो एक घर पालुवा जनावर भएकाले नेपालमा पहिलो पटक जर्मन नागरिक हार्टमुट बाउन्डरले ल्याएको थिए । उनले पेरुबाट दुईवटा भाले र दुईवटा पोथी ल्याएर वि.सं. २०५० सालमा दोलखाको जिर...
उखु कृषकले पाएन भुक्तानी

उखु कृषकले पाएन भुक्तानी

आर्थिक, समाचार
साउन २९ गते । नवलपरासीका उखु किषकहरुले चिनी उद्योगलाई उधारो दिएको रमक अझै पाएको छैन । चिनी उद्योगहरुले गत वर्ष करीब ७० करोड रुपैयाँ र २०६९ सालमा उखु दिएको उखुको बाँकी रकममधये करीब ४ करोड रुपैयाँ अझै नदिएको उखु उत्पादक कृषक समितिले जनाएको छ । लुम्बिनी चिनी उद्योग, बागमती चिनी उद्योग, इन्दिरा सुगर मिल्स र मोहिनी चिनी उद्योग गरी चार ठूला उद्योग रहेकामा मोहिनी चिनी उद्योग सञ्चालनमा नआएका कारण किसानलाई रकम तिर्न बाँकी छैन भने अरू सबै चिनी उद्योगले किसानलाई करोडौँको रकम भुक्तानी गर्न बाँकी छ । इन्दिरा सुगर मिल्सले २०७० सालमा करीब १६ करोड रुपैयाँ र अघिल्लो वर्षको करीब ४ करोड रुपैयाँ गरी २० करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ । त्यसैगरी लुम्बिनी चिनी उद्योगको करीब १४ देखि १५ करोड रुपैयाँ र बागमती चिनी उद्योगले करीब ३५ करोड रुपैयाँ किसानलाई तिर्न बाँकी रहेको जन...
सरकारको सूत्र अझै स्थानिय तहमा लागु भएन

सरकारको सूत्र अझै स्थानिय तहमा लागु भएन

आर्थिक, समाचार
साउन २९ गते ।  सरकारले चालु आर्थिक वर्ष २०७६/७७ मा अनिवार्य गरेको सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) सवै स्थानिय तहले कार्यन्वयन गरेको छैन । बजेट विनियोजनसँगै अनिवार्य सूत्र प्रणली लागु गर्न अर्थ मन्त्रालयले सवै स्थानिय तहलाई निर्देशन दिएपनि १ सय ३८ स्थानीय तहले अझै कार्यान्वयन नगरेको पाइएको हो । २०७४ मंसिर ३ मा स्वीकृत भएको उक्त प्रणाली आर्थिक वर्ष २०७५/७६ बाट ७ सय ५३ वटै स्थानीय तह र ७ वटै प्रदेशमा लागु गर्ने लक्ष्य लिएको थियो । तर लक्ष्य पुरा हुन नसकेपछि आर्थिक वर्ष २०७६/७७ को बजेट अनिवार्य सूत्र प्रणालीबाट बनाउने गरी सबै स्थानीय तहलाई निर्देशन दिएको थियो । मन्त्रालयको तथ्यांकअनुसार यस वर्षसम्म ६ सय १५  स्थानीय तहले सूत्र प्रणालीबाट बजेट ल्याएका छन् । प्रदेश र स्थानीय तहको आर्थिक कार्यप्रणाली र प्रशासनिक काम कारबाहीमा एकरुपता ल्याउन तथा पारदर्शी लेखा राख्ने उद्देश्यले सरकारल...
कर्मचारीको नयाँ तलब सार्वजनिक

कर्मचारीको नयाँ तलब सार्वजनिक

आर्थिक, समाचार
साउन २० गते ।  सरकारले कर्मचारीको तलब बृद्धि भएको सुचि सर्वाजनिक गरेको छ । कर्मचारीको तलब बृद्धि गर्ने घोषणा गरेको भएपनि तत्काल सार्वजनिक गरेको थिएन । जिहो बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारी र शिक्षकको नयाँ तलबमान निर्धारण गरेको हो । जसअनुसार मुख्यसचिवको तलब ६९ हजार ४८२ रुपैयाँ भएको छ भने प्रदेश र स्थानीय तहतर्फ अधिकृत एकारौंको तलब बृद्धि भएर ५९ हजार २५ सम्म पुगेको छ ।   तलब बृद्धि सुची  तल राखिएको छ ।  Salary 2076_201908040126252320369125343133595  ...
नेपालका नयाँ सिचाई गूरुयोजना

नेपालका नयाँ सिचाई गूरुयोजना

आर्थिक, समाचार
साउन १९ गते ।  २९ वर्षे पुरानो सिंचाई गूरुयोजनालाई विस्थापित गर्दै सरकारले नयाँ सिंचाई गूरुयोजना जारी गर्ने भएको छ । सन् १९९० सालमा लागु भएको सिंचाई गुरुयोजनालाई विस्थापित गर्दै कृषि प्रदान देशमा कृषिका लागि उचित पानीको प्रयोग गर्ने उद्देश्यले नयाँ सिंचाइ गुरुयोजना जारी गर्ने तयारी गरेको हो । नेपाल सरकारको करिब २८ करोड र एसियाली विकास बैंकको १.१ करोड डलर (करिब १ अर्व १० करोड) अनुदान सहयोगबाट सन् २०१६ दसुरु भएको परियोजना अन्तर्गत गुरुयोजनाको तर्जुमा तयार पारेको हो । धेरै अध्ययनपछिको उपलब्धि गुरुयोजना मानिएको भूमि स्रोत र जलस्रोतले अनुमान गरेको छ । सिंचाइ योजना र कार्यक्रमहरुको कार्यान्वयन स्थिति पुनरावलोकन र सूचना प्रणालीलाई अध्यावधिकसमेत गरिएको थियो । त्यस्तै सम्भावित योजनाहरुको पहिचान, प्रारम्भिक लागत अनुमान र प्राथमिकीकरण पनि गुरुयोजनाले गरेको छ । गुरुयोजनाले तराईमा जलपथान...
कपडा तथा सिलाई व्यवसायी संघको कार्यलय उद्घाटन

कपडा तथा सिलाई व्यवसायी संघको कार्यलय उद्घाटन

आर्थिक, समाचार
गाईघाट/असार, १८ नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुरको कार्यालय शनिवार गाईघाटमा उद्घाटन गरिएको छ । देशभर ५६ ओटा भन्दा बढी जिल्लाहरुमा स्थापना भईसकेका संघहरु मध्ये उदयपुरमा पनि ०७२ सालमा स्थापना भएको थियो । गाईघाटको जगत भवनमा रहेको कार्यालयलाई संघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठले रिबन काटेर उद्घाटन गरे । जिल्लामा रहेका व्यवसायीहरुलाई संगठित, व्यवस्थित र रोजगारको सिर्जना गर्दै आत्मानिर्भरका साथ पेशाको व्यवसायीकरणका निम्ति संघ स्थापना भएको   उदयपुर शाखा अध्यक्ष ज्ञानु प्रधानले बताईन् । प्रधानले सम्पुर्ण व्यवसायीहरुलाई एकजुट गरी  व्यवसायीकरण तथा व्यवसायलाई सफल र सरल बनाउदै व्यवसायीहरुका हकअधिकारमासमेत भुमिका खेल्न संस्था स्थापना भएको बताईन् । ११ जनाको कार्यसमिति रहेको संस्थाले २ सय जना भन्दा बढी संगठित गराईसकेको छ । संस्थाले तालिम पनि प्रदान गर्दै आईरहेको छ ।  आगा...
बुढीगण्डकीको ढाँचा नबन्दै ३६ अर्ब चैट

बुढीगण्डकीको ढाँचा नबन्दै ३६ अर्ब चैट

आर्थिक, समाचार
साउन १८ गते ।  बुढीगण्डकी जलविद्युत आयोजनाको कुन ढाँचामा काम अगाडी बढाउने भन्ने विषयमा निर्णय नभई नै ३६ अर्व २० करोड ३८ लाख खर्च भैसकेको छ । तत्कालीन प्रधानमन्त्रि डा.बाबुराम भट्टराईले आयोजना शुरु गर्नको लागि विकास समिति गठन गरेपछि अहिलेसम्म खर्च भएको हो । आयोजनाको काम स्वदेशी लगानीमा निर्माण गर्ने कि विदेशी भन्ने विषयमा निकै विवाद भएको थियो । तर पछिआएर चिनियाँ कम्पनीसँग आवश्यक परामर्शका लागि मन्त्रिपरिषद्ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई जिम्मा दिएपछि चिनियाँ कम्पनी गेजुवासँग तीन पटक छलफल गरेपनि निष्कर्ष निस्केको छैन । आयोजना प्रभावित क्षेत्रका बस्तिमा सरकारले निर्धारण गरेको मुआब्जा वितरण भईरहेको छ । आर्थिक वर्ष २०७५/७६ सम्ममा २६ अर्ब ५० करोड ३१ लाख २८ हजार ३ सय ३० रुयैया मुआब्जा वितरण भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । आयोजनालाई सरकारले राष्ट्रिय गौ...