आदिवासी नेतृत्वको बिचलन र जनजाति आन्दोलनको भविष्य
मोहन गोले तामाङ
नेपाली समाजमा एउटा चल्तीको उखान छ– माछा देख्दा कुरमा हात, सर्प देख्दा बाहिर हात । यो उखानले खासगरी अवसरवादीहरुलाई ब्यंग्य गर्दछ, जो प्राप्तीमा मात्रै अघि सर्छ । नेपालको आदिवासी आन्दोलनको नेतृत्व गरिरहेका नेताज्यूहरुको सन्दर्भले पनि पछिल्लोपटक यही उखानलाई चरितार्थ ग¥यो । जुनबेला जनजाति आन्दोलन उठेको थियो अर्थात उनीहरुले आन्दोलनमा माछा देखेका थिए, त्यतिबेला सबैले कुरमा हात लगाए । केहीले माछा समाते, पोलेर खाए । केही समयको लागि भुँडी भरे । आज भुँडी खोक्रा भएका छन् तर त्यहाँ गहुमन सर्प छ भन्ने एकाएक हल्ला चल्यो, प्रायोजित हल्ला चलाइयो । कुरमा माछा छैन भन्ने थाहा पाउनासाथ सबै नेतृत्व लाखापाखा लागे । कोही जोखिम मोल्न तयार भएनन् । सर्प मारियो भने फेरि कुरमा माछा आउँछ र स्थायी रुपले खान पाइन्छ भन्ने सत्य बिर्से । कुरमा सर्प पसेको हल्ला चल्न थालेदेखि हाम्रा जनजाति नेताहरु सर्प मार...


