खोटाङ आईडलमा २९ छानिए
पूर्णपुष्टि/खोटाङ, माघ ९ गते -
खोटाङमा जारी बृहत साँगीतिक रियालिटी शो खोटाङ आईडलको मल्टिराउण्ड अडिसनबाट २९ जना प्रतिस्पर्धीहरु लोक आधुनिक राउण्डमा पुगेका छन् । ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने उद्देश्यका साथमा आयोजित आईडलमा रहेका ७० जना प्रतिभाबाट निखारिएका २९ जना गायक तथा गायिका छनौटमा परेका हुन् ।
मल्टिराउण्ड पार गरेका उनीहरु हर कसरत आफुलाई अन्य सामु उभिन साहशिषक मेहेनत गर्नुपर्ने भएको छ । परिवर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीद्धारा आयोजित रियालिटी शोको मल्टिराउण्ड अडिसनबाट छानिएका प्रतिस्पर्धीहरु लोकदोहरी गायक अडिराम राई, अटल राई र भक्त विश्वकर्माको निर्णायबाट आईडलको यात्रामा अगाडि आएका हुन् ।
सोमबार राति सम्पन्न मल्टिराउण्ड अडिसन पार गरेका २९ जनालाई पुनः १५ जनामा झारिने कार्यक्रम संयोजक जीवनकुमार राईले बताउनुभयो । १५ जनामा झारिएसँगै भ...








