प्रवासमा पनि खोजिदै प्रतिभा: अक्टोबर २८ मा ‘एभरेष्ट आईडल युके’ को ग्राण्ड फिनाले
लन्डन -प्रवासमा पनि नयाँ गायन प्रतिभाको खोजी भईरहेको छ । बेलायतमा इ मिडिया हब युकेद्वारा आयोजित “भ्वाईस अफ नेपाली डायस्पोरा एभरेष्ट आइडल” कार्यक्रमबाट प्रवासी गायन प्रतिभाको खोजी भईरहेको हो ।
युकेको बहुप्रतिक्षित गायन प्रतियोगिता “एभरेष्ट आईडल युके २०१७” को ग्राण्ड फिनाले अल्डरसटको एम्पाएर हलमा आगामी २८ अक्टोबर साँझ आयोजना हुने भएको छ । “एभरेष्ट आइडल”ले बेलायतमा लोकप्रियता हाँसिल गर्दैगरेको छ ।
१६ सेप्टेम्बर (भदौ ३१ ) मा बेलायतको आस्फोर्डको नर्टोन नाचबुल स्कूलमा भएको सेमीफाईनल राउण्डबाट एभरेष्ट आइटलका लागि उत्कृष्ट १४ फाईनलिष्ट चुनिएका छन् । फाईनलिष्टहरुमा सोनाहाङ राई, मिरु चन्द, निमन तामाङ, दिपप्रकाश राई, किरन गुरुङ, प्रवेश राई, मार्गरेट लिम्बु, आइती गुरुङ, सुमी राई, लच्छु शेर्पा, काशी राई, सकुन सुनुवार, नन्दिका राई र मनोज गुरुङ रहेका छन् ।
आगामी २८ अक्टोबर (कार्तिक ११) मा फाईनल र...







