गुणस्तर प्राप्त क्याम्पस आर्थिक संकटमा
उदयपुर, असोज ८ गते ।
गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्राप्त गरेको उदयपुरको त्रियुगा जनता वहुमुखि क्याम्पस मोतिगडा आर्थिक संकटको चपेटमा परेको छ । सरकारले माध्यमिक तहका बिद्यालयलाई अनिवार्य १२ कक्षा संचालन गर्र्ने नीति अख्तियारी गर्दा र त्रिभुवन विश्वविद्यालयले हचुवाको भरमा गाउँघरमा क्याम्पस सञ्चालन गर्ने नीति अवलम्बन गर्दा क्याम्पसलाई आर्थिक संकट थोपरिएको हो ।
क्याम्पसको ११ औँ साधारणसभा तथा आ.ब. २०७६/७७ को नीति तथा कार्यक्रम र वजेट प्रस्तुतिकरण कार्यक्रममा क्याम्पस प्रमुख रमेश रोकाले चौतर्फी घेराबन्दिकाकारण अघिल्लो आर्थिक बर्षमा १९ लाख ११ हजार ७ सय ९ रुपैँया वजेट लक्ष्यभन्दा न्युन रहेको प्रतिवेदन प्रस्तुन गरे ।
प्रतिवेदनमा न्युन वजेट बढेर चालु आर्थिक बर्षमा २ करोड ३२ लाख १३ हजार ४ सय ९८ रुपैँया पुग्ने अनुमान गरिएको छ । क्याम्पसले अघिल्लो आ.व.मा विभिन्न १० श...









