बरुवा क्याम्पसको आफ्नै भवनमा अध्यापन सुरु
गाईघाट/माघ, ८
बरुवा क्याम्पसले औपचारिक रुपमा आफ्नै भवनबाट अध्यान सुरु गराएको छ । त्रियुगा नगरपालिका १२ शान्तिधाम स्थित क्याम्पसले आफ्नो भवन निर्माण गरेको छ । बरुवा क्याम्पसले आयोजना गरेको उद्घाटन कार्यक्रममा बुधबार नगर प्रमुख बलदेव चौधरीले भवनको उद्घाटन गर्नुभयो । २०७६ मंसिर ६ गते बाटै अनौपचारिक रुपमा अध्यान सुरु गराए पनि २०७६ माघ ८ गते बुधबार भवनको उद्घाटन गर्दै औपचारिक अध्यानको सुरु गरिएको हो ।
२०६६ सालदेखि त्रियुगा नमुना माविको भवनमा अध्यापन गराउँदै आएका बरुवा क्याम्पसले अहिले आफ्नै भवन तयार गरी अध्यान सुरु गराएको क्याम्पस प्रमुख भिम बहादुर खड्काले बताउनु भयो । खड्काले अहिले तत्काल व्यवस्थापन र शिक्षा गरी २ शंकायमा अध्यान सुरु गराईएको जनाउनु भयो । खड्काको अनुसार आवश्यकता अनुसार अन्य शंकायहरुलाई पनि थप गर्न सकिने बताउनु भयो । क्याम्पसमा स्नातक तहको पहिलो देखी चौथो सम्म अध्यान गराउ...








