Friday, May 22News That Matters

संसार

लेबनानका प्रधानमन्त्रीद्वारा राजीनामा

लेबनानका प्रधानमन्त्रीद्वारा राजीनामा

समाचार, संसार
पूर्णपुष्टि, असोज ११  लेबनानका प्रधानमन्त्री मुस्तफा अदीबले राजीनामा को घोषणा गर्नुभएको छ । नयाँ मन्त्रिमण्डलको गठन गर्ने जिम्मेवारीबाट पछि हट्दै उहाँले राजीनामा दिनुभएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । लेबनानमा पछिल्ला दशकहरुमा सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिएको छ । सुधारवादी सोचको नयाँ सरकार गठन गर्न प्रधानमन्त्री बनेका मुस्तफा अदीबले आफ्नो प्रयास विफल भएपछि राजीनामाको घोषणा गर्नुभएको सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्रि अदीबले टेलिभिजन सम्बोधनमा सरकार गठनको कामलाई निरन्तरता दिन नसकेकोमा माफी माग्न भएको छ । लेबनानको राजधानी बेरुत शहरको बन्दरगाहमा अगस्ट ४ मा भएको विशाल विस्फोटमा १ सय ९० जनाको मृत्यु भएको थियो । विस्फोटमा हजारौँ व्यक्ति घाइते भएका थिए । अगष्ट ३१ मा चयन भएदेखि नै मुस्तफा अदीबले अरबौं डलरको वैदेशिक सहायतालाई निरन्तरता दिन आवश्यक सुधारहरू गर्न न...
सैनिक विमान दुर्घटनामा २२ जनाको मृत्यु

सैनिक विमान दुर्घटनामा २२ जनाको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, असोज १० युक्रेनमा सैनिक विमान दुर्घटना भएको छ । विमान दुर्घटनामा करिब २२ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । वायु सेनाका प्रशिक्षार्थी लिएर उडेको एन्टोनोभ २६ विमान कारकिभको पूर्वी शहरमा दुर्घटना भएको जनाईएको छ । चालक दलका सदस्यसहित २७ जना रहेको विमानमा अहिलेसम्म २२ जनाको शव भेटिएको छ भने दुई जना घाइतेको उद्धार गरिएको जनाईएको छ । अझै पनि तीन जना हराइरहेका छन् । उनीहरुको खोजी भैरहेको छ । विमान दुर्घटनाको कारण भने खुली नसकेको जनाईएको छ ।...
खोपको प्रयोग हुनु अघि नै कोरोनाबाट करिब २० लाख मानिसको मृत्यु हुन सक्ने : डब्लूएचओ

खोपको प्रयोग हुनु अघि नै कोरोनाबाट करिब २० लाख मानिसको मृत्यु हुन सक्ने : डब्लूएचओ

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १० कोरोना भाईरस विरुद्धको खोपको व्यापक रुपमा प्रयोग हुनु अघि नै कोरोना सङ्क्रमणबाट करिब २० लाख मानिसको मृत्यु हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चेतावनी दिएको छ । अन्तर्राष्ट्रिय एकता बिना कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या सोचेभन्दा धेरै हुने डब्लूएचओका आपतकाल विभाग प्रमुख माइक राइनले बताउनुभयो । कोरोना सङ्क्रमणका कारण अहिलेसम्म झण्डै १० लाख मानिसको मृत्यु भईसकेको छ । उत्तरी गोलार्धमा जाडो महिना सुरु हुन थालेसँगै कोरोना भाइरसको दोस्रो लहर सुरु हुन थालेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । अहिलेसम्म अमेरिका, भारत र ब्राजिल गरी तीन देशमा मात्रै एक करोड ७८ लाखमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा ७२ लाख ३३ हजारमा कोरोना पुष्टि हुँदा २ लाख ८ हजारको मृत्यु भएको छ । त्यस्तै भारतमा ५९ लाखमा कोरोना पुष्टि हुदा ९३ हजारको मृत्यु ...
बलिवुडका चर्चित गायक एसपीको निधन

बलिवुडका चर्चित गायक एसपीको निधन

समाचार, संसार
पूर्णपुष्टि, असोज ९ भारतीय तथा हिन्दी चलचित्रका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । ७४ वर्षीय बालासुब्रमण्यमको चेन्नईको एक अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ८० को दशकदेखि लिएर नयाँ शताब्दीको सुरुवातसम्म बालासुब्रमण्यमले हिन्दी चलचित्रमा गीत गाइरहे । दक्षिण भारतमा पहिचान बनाइसकेका बालासुब्रमण्यमले सन् १९८१ मा आएको चलचित्र एक दूजे के लिए पहिलो हिन्दी चलचित्रमा कमल हसनको लागि गीत गाए र राष्ट्रिय पुरस्कार जितेका थिए । चार फरक–फरक भाषमा– हिन्दी, तमिल, तेलुगु र कन्नडमा बालासुब्रमण्यमले ६ पटक राष्ट्रिय पुरस्कार जितेका छन् । बालासुब्रमण्यमले एकैदिन २१ कन्नड भाषाको गीत गाएर कीर्तिमान बनाएका छन् ।...
कोरियाले इपिएस नियममा सुधार गर्ने

कोरियाले इपिएस नियममा सुधार गर्ने

समाचार, संसार
पूर्णपुष्टि, असोज ९ दक्षिण कोरियाले इपिएस कानूनमा सुधार गर्ने भएको छ । अहिलेको कानूनमा परिवर्तन गर्ने तयारी साथ नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ । कार्यस्थल परिवर्तन गरेका श्रमिक पनि ‘कमिटेड’ भई कोरियामा सहज तरिकाले पुनः रोजगारी प्राप्त गर्न सक्नेछन् । यसका लागि आफूले पहिला छाडेको कामकै क्षेत्रमा नयाँ काममा लाग्नु पर्ने, भाषा र कामको दक्षता आदि पूरा गरी श्रमिकले अर्को कम्पनीमा कम्तीमा एक वर्ष काम गरेको हुनुपर्ने छ । अहिलेसम्म कोरियामा कम्पनीको कारणबाहेक कार्यस्थल परिवर्तन गरेमा चार वर्ष १० महिना भिसा सकिएर स्वदेश फर्किएपछि पुनः ‘कमिटेड’ श्रमिकका रूपमा जान नपाउने नियम छ । त्यस्तै कम्पनीमा यौन दुव्र्यवहारमा परी कार्यस्थल परिवर्तन गरेका श्रमिकले अर्को कम्पनीमा एक वर्ष नपुगे पनि सम्बन्धित निकायको सिफारिसमा पुनः ‘कमिटेड’ श्रमिकका रूपमा...
किम जोङले दक्षिण कोरियासँग माफी मागे

किम जोङले दक्षिण कोरियासँग माफी मागे

समाचार, संसार
पूर्णपुष्टि, असोज ९  उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियाका एक अधिकारीको मृत्युलाई लिएर माफी मागेका छन् । किमले दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनसँग त्यो घटना नहुनुपर्ने बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएको छ । ४७ वर्षीय एक व्यक्ति कथित रुपमा उत्तर कोरियालाई दोष  लगाउन खोजिरहेका थियो । जब ती व्यक्ति उत्तर कोरियाको नदीमा पौडिरहेको अवस्थामा सैनिकहरुले भेटेका थिए । ती व्यक्तिमाथि गोली प्रहार गरि र शवलाई जलाएको दक्षिण कोरियाले जनाएको समाचारमा उल्लेख छ । उत्तर र दक्षिण कोरियाबीचको सीमामा निकै कडा किसिमको सुरक्षा हुने गर्दछ । कोरोना भाइरसको महामारीका कारण बाहिरी देशबाट आउनेलाई रोक्न देख्नेबित्तिकै गोली प्रहार गर्ने आदेश दिइएको जनाईएको छ । किम जोङ उनले राष्ट्रपति मुनलाई एक पत्र लेखेर माफी मागेको दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसले जनाएको छ । किमले...
कृषि विधेयकको विरोधमा भारतमा चक्काजाम

कृषि विधेयकको विरोधमा भारतमा चक्काजाम

समाचार, संसार
पूर्णपुष्टि, असोज ९  भारतका दुवै सदनबाट कृषि विधेयक पारित भएपछि भारतमा किसानहरुले विधेयको विरोध गर्दै चक्काजाम गरेका छन् । सरकारले कृषि विधेयकलाई किसानको हितैषी भनेको छ र यसबाट किसानहरुको आय बढ्ने दाबी गरेको छ । तर, किसान संगठनहरुले भने यो विधेयकले कृषि क्षेत्रलाई कर्पोरेटको हातमा सुम्पिने भन्दै विरोध जनाएका छन् । भारतभर भारतीय किसान आन्दोलन समन्वय समितिको अगुवाईमा किसानहरु आन्दोलनमा उत्रिएका हुन् । यो समितिमा किसानहरुका बिभिन्न १२ संगठन सामेल छन् र यी संगठनहरु कुनै पनि राजनीतिक दलसँग सम्बन्धित नरहेको बताइन्छ । उत्तर प्रदेश, मध्य प्रदेश, कर्नाटक, तमिलनाडु, पन्जाब र हरियाणामा किसान संगठनको प्रभाव धेरै छ । यो किसानहरुको आन्दोलनमा राजनीतिक दललेसमेत साथ दिएको जनाईएको छ । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) बाहेकका सबै राजनीतिक दलले किसानहरुको आन्दोलनमा समर्थन जनाएको अन्तराष्ट्रिय स...
जलवायु परिवर्तनको प्रकोपबाट ५ करोड भन्दाबढी मानिस प्रभावित

जलवायु परिवर्तनको प्रकोपबाट ५ करोड भन्दाबढी मानिस प्रभावित

समाचार, संसार
पूर्णपुष्टि, असोज ९ विश्वका पाँच करोड भन्दाबढी मानिस जलवायु परिवर्तनको प्रकोपबाट प्रभावित भएको एक प्रतिवेदनले देखाएको छ । जलवायु परिवर्तनसम्बन्धी प्रकोपहरु बाढी पहिरो, खडेरी आँधीबेहरीबाट विश्वका पाँच करोड १६ लाख मानिस प्रभावित हुन पुगेको इन्टरनेसनल फेडरेसन अफ रेडक्रस र रेड क्रिसेन्ट सोसाइटी (आईएफआरसी) को क्लाइमेट सेन्टरले प्रकाशन गरेको अनुसन्धान प्रतिवेदनले देखाएको हो । प्रतिवेदनमा मानव समुदाय एकपछि अर्को गर्दै जोखिममा पर्दै गएकोसमेत उल्लेख छ । उक्त मानिसहरूलाई बाढी, खडेरी वा आँधीबेहरी र कोरोनाबाट प्रत्यक्ष प्रभावित भएको तथ्याङ्क प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रकोपबाट सबैभन्दा धेरै प्रभाव भारत र बङ्गलादेशमा परेको छ । यी दुई देशको झण्डै ४ करोड व्यक्ति बाढी, आँधी र कोरोनाबाट प्रभावित भएका छन् । कोरोनाले पनि प्रत्यक्ष रुपमा विश्वका पाँच करोड १६ लाख व्यक्ति जलवायु परिवर्तनसम्बन्धी प्...
एक दिवसीय क्रिकेटमा अष्ट्रेलियाको जित

एक दिवसीय क्रिकेटमा अष्ट्रेलियाको जित

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, भदौ २७ इङ्ल्याण्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा अष्ट्रेलिया १९ रनले जित हात पारेको छ । २ सय ९५ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले ९ विकेट गुमाएर २ सय ७५ रन मात्र बनाउन सक्यो । साम विलिङ्सले शतकीय इनिङस् खेले पनि टिमलाई जिताउन सकेनन् । उनले  १ सय १८ रन बनाए । यस्तै, जानी बेयरस्टोले ८४ र कप्तान इयान मोर्गानले २३ रन बनाए । अरु खेलाडीले भने उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । यसअघि, अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९४ रन बनाएको थियो । खराब सुरुवात गरेको अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ७७ रनको योगदान दिँदै खेललाई उकासेका थिए । यस्तै मिचेल मार्शले ७३ रनको अर्धशतकीय इनिङस् खेले । छैठौं विकेटको लागि म्याक्सवेल र मार्शले १ सय २६ रनको साझेदारी गर्दै अष्ट्रेलियाको इनिङ्स उकासेका थिए । त्यस्तै मार्कुस स्टोनिसले ४३ रन जोड्दा मार्नुस लेबासचेन्नीले २१ रन बनाए । कप...
सम्बन्ध सुधारमा बहराईन र इजरायलबीच सहमति

सम्बन्ध सुधारमा बहराईन र इजरायलबीच सहमति

समाचार, संसार
पूर्णपुष्टि, भदौ २७ सम्बन्ध सुधारका लागी इजरायल र बहराइनबीच ऐतिहासिक सम्झौता गर्ने सहमति भएको  छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको एक महिनाभित्र दुई देशबीच शान्ति सम्झौता हुने दाबी गर्नु भएको छ । प्यालेस्टाइनसँगको विवादका कारण अरबका धेरैजसो देशले इजरायललाई बहिष्कार गर्दै आएका छन् । तर अब विवादलाई सुल्झाउँदै शान्ति  सम्झौता गर्ने सहमति भएको हो । इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहूले सम्बन्ध सुधारका लागि अर्को एउटा देशसँग सम्झौता भएको भन्दै उत्साहजनक प्रतिक्रिया दिएका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । यो सम्झौता एक नयाँ युग र शान्ति तथा अर्थव्यवस्थाका लागि सबैभन्दा महत्त्वपूर्ण भएको जनाईएको छ । यसअघि संयुक्त अरब इमिरेट्स यूएईले इजरायलसँग सम्बन्ध सुधारका लागि सहमति गरेको थियो ।...